November 29, 2020, Sunday

नयाँ नियुक्तिमा को–कहाँ थिए

काठमाडौ । सरकारबाट यसैसाता मात्र प्रदेश प्रमुखमा नियुक्त भएका सत्तारुढ नेकपाका नेताहरु पूर्वउपप्रधानमन्त्रीदेखि मेयरमा चुनाव हारेकासम्म परेका छन् । प्रदेश प्रमुख भएका व्यक्तिहरुमा सोमनाथ प्यासी अधिकारी राष्ट्रिय पञ्चायतका सदस्य हुन भने विष्णुप्रसाद प्रसाईं मेचीनगरको प्रमुखमा पराजित भएका हुन् ।

सिफारिसमा परेका अमिक शेरचन २०६२ सालमा भएको ऐतिहासिक १२ बुँदे समझदारीका हस्ताक्षरकर्ता र २०६३ सालको मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री सम्म भएका छन् । त्यस्तै सर्मिला त्रिपाठी शसस्त्र क्रान्तिमा लागेकी नेतृ हुन् । तिलक परियार भने हाल भूमिगत राजनीति गरिरहेको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको पार्टी परित्याग गरी शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेका हुन् ।

सोमनाथ प्यासी अधिकारी
पोखरा महानगरपालिकाका स्थायी वासिन्दा ७० वर्षिय अधिकारी २०२४ मा प्रगतिशिल विचार अध्ययन समुहको सदस्यता लिएर राजनीतिमा प्रवेश गरेका थिए । २०२७ सालमा पृथ्वीनारायण क्याम्पसमा प्रगतिशिल प्यानलको तर्फबाट स्ववियू सभापतिमा निर्वाचित अधिकारी २०३२ मा नख्खु जेलमा परेका थिए भने २०३६ सालमा अनेरास्वीयू कास्की जिल्ला कमिटीको अध्यक्ष भएका थिए ।

२०३६ मा तत्कालिन नेकपा मालेमा पार्टी एकीकरण गरेका अधिकारी २०३७ सालमा अनेरास्ववियुको पाँचौ सम्मेलनबाट उपाध्यक्षमा निर्वाचित भएर २०४३ मा जनपक्षीय उम्मेदवार भइ राष्ट्रिय पञ्चायत सदस्यमा कास्कीबाट निर्वाचित भएका थिए ।

२०४६ सालमा बाममोर्चा जिल्ला कमिटि कास्कीको सभापति र २०४७ सालमा नेकपा माले कास्कीको कार्यालय सचिव हुँदै २ पार्टीको पोखरा नगर कमिटिको सचिव बनेका थिए । २०४८ मा कास्की जिल्ला क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वा्चित अधिकारी एमाले संसदीय दलको सचिव, २०५१ नेकपा एमाले कास्कीको उपसचिव, २०५१ राष्ट्रिय खेलकुद परिषदको उपाध्यक्षमा मन्त्रीपरिषदबाट मनोनित भएका थिए ।

२०५२ देखि २०६० सालसम्म नेकपा एमाले कास्की जिल्ला कमिटिको सचिव भएका अधिकारी २०६८ मा एमाले केन्द्रिय निर्वाचन आयोगको अध्यक्षमा निर्वाचित भएका थिए । एमाले नवौं महाधिवेशन पछि केन्द्रिय कमिटीको आमन्त्रित स्थायी कमिटिको सदस्य भएका थिए ।

गोविन्दप्रसाद कलौनी
बैतडीमा जन्मिएका ६५ बर्षिय कलौनी २०३५ देखि अनेरास्ववियूको सदस्यबाट राजनीति शुरु गरेका थिए । २०३६ देखि २०४७ सालसम्म नेपाल राष्ट्रिय शिक्षक संगठन डडेल्धुराको जिल्ला सदस्य भएर २०३९ देखि २०४१ सम्म डडेल्धुरामा माक्र्सवादी अध्ययनदल (नेकपा माले) को प्रमुख बनेका थिए ।

२०४१ सालमा नेकपा (माले) डडेलधुराको सचिव भएका कलौनी २०४७ मा माध्यमिक विद्यालयको प्रधानाध्यापकबाट राजिनामा दिएर २०५० सम्म एमाले डडेलधुरा जिल्ला सचिव भएका कलौनी २०४८ मा शेरबहादुर देउवासँग चुनाव लडेर १९ हजार बढी मतान्तरमा पराजित भएका थिए ।

२०५२ सालमा बैतडी जिल्ला कमिटीमा सरुवा भई जिल्ला कमिटी सचिव भएका उनी २०५४ देखि २०५८ सम्म नेकपा माले केन्द्रिय कमिटी सदस्य (महाकाली ईञ्चार्ज) भएका थिए । २०५६ मा राष्ट्रिय सभा सदस्य भएका कलौनी २०५९ सालमा एमालेको केन्द्रीय लेखा परिक्षण कमिटी सदस्य बनेर २०६५ मा केन्द्रीय कमिटी सदस्य पदको उम्मेदवार बनेका थिए ।

पार्टीमा जिल्लादेखि केन्द्रीय कमिटीसम्मको जिम्मेवारी बहन गरिसकेका कलौनीले अहिलेसम्म संसदीय चुनाव भने जित्न सकेका छैनन् । ०४८ सालमा डडेलधुरा, ०५६ मा प्रतिनिधि सभा बैतडी र ०६४ मा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट कलौनी संबिधान सभा उम्मेदवार रहेपनि पराजित भएका थिए । ६५ वर्षीय कलौनीले एकपटक राष्ट्रिय सभाको चुनावमा पनि पराजय भोगेका थिए ।

अमिक शेरचन
नेकपा स्थायी समिति सदस्य समेत रहेका अमिक शेरचन तत्कालिन संयुक्त जनमोर्चा नेपालको अध्यक्षको हैसियतले २०६३ सासमा गठित गिरिजाप्रसाद कोइराला नेतृत्वको संयुक्त सरकारमा उपप्रधानमन्त्री थिए । केपी शर्मा ओली तत्कालिन मन्त्रिपरिषद्मा हुँदा शेरचन प्रधानमन्त्रीपछि मर्यादाक्रममा दोश्रो सदस्य थिए भने ओलीभन्दा अघि थिए ।

२०६२ सालमा तत्कालिन माओवादीसँग १२ बुँदे समझदारी हुँदा सात संसदबादी दलको तर्फबाट हस्ताक्षर गर्नेमध्येका शेरचन एक हुन । २०६३ सालमा पुनस्र्थापित प्रतिनिधिसभाका सदस्य भएका शेरचन २०६४ सालमा पहिलो संविधानसभामा सदस्य निर्वाचित भएका थिए ।

२०६४ सालमा संयुक्त जनमोर्चाको नेतृत्व गर्दै संविधानसभा निर्वाचनमा उत्रिएको सो पार्टी २०६५ सालमा तत्कालिन नेकपा माओवादीसँग एकीकरण गरेको थियो । माओवादीसँगको एकीकरणपछि भएको राष्ट्रपतिय निर्वाचनमा माओवादीले गरेको आधिकारिक निर्णयबिरुद्ध कांग्रेसले उठाएका रामवरण यादवको पक्षमा मतदान गरेपछि पार्टी कारबाहीमा परेका थिए ।

विष्णु प्रसाद प्रसाईं
झापाको मेचिनगरपालिकाको धुलाबारीका स्थायी वासिन्दा प्रसाईं २०२८ देखि वामपन्थी आन्दोलनमा सक्रिय भएका हुन् । लामो समय नेकपा एमाले झापाको जिल्लास्तरीय राजनीतिमा क्रियाशिल प्रसाईं २०५४ मा एमालेबाट अलग भएर माले गठन हुँदा संस्थापन पक्षमा लागेका थिए ।

२०५६ मा प्रतिनिधिसभा सदस्य र २०६४ को संविधानसभामा पराजित भएका प्रसाईंले २०७४ मा भएको स्थानीय तहका निर्वाचनमा मेचिनगरपालिकाको प्रमुखमा उम्मेदवार भएर पराजित भएका थिए । उनलाई कांग्रेसका विमल आचार्यले पराजित गरेका थिए ।

तिलक परियार
२०५२ सालदेखि शुरु भएको माओवादीको शसस्त्र आन्दोलनमा होमिएका परियार बाँकेका स्थायी वासिन्दा हुन् । उनी तत्कालिन माओवादीका दलित नेताको रुपमा स्थापित नाम हो ।

माओवादीबाट मोहन बैद्यले विद्रोह गरेपछि परियारले बैद्यलाई साथ दिएका थिए । पूर्वमन्त्री समेत भएका परियार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीमा समेत संलग्न थिए ।

२०७४ सालको निर्वाचनअघि पुष्प कमल दाहाल प्रचण्ड नेतृत्वको माओवादीमा फर्किएका परियार कुनै सदनको सांसद बन्ने अवसर पाएका थिएनन् । नेकपाका अध्यक्ष दाहालको सिफारिसमा उनलाई प्रदेश प्रमुखमा नियुक्ति गरिएको हो ।

सर्मिला त्रिपाठी
नुवाकोट स्थायी घर भएको त्रिपाठी माओवादीको शसस्त्र आन्दोलनमा लागेकी महिला नेतृ हुन । श्रीमान ज्ञानेन्द्र त्रिपाठीलाई तत्कालिन राज्य पक्षबाट नियन्त्रणमा लिएर बेपत्ता बनाइएको थियो ।

बेपत्ता परिवार समाजको अध्यक्ष भइसकेकी त्रिपाठी द्वन्द्वको समयमा भएका घटनाका पीडितलाई न्याय दिने भन्दै निरन्तर संघर्ष गर्दै आएकी हुन् । नेकपा अध्यक्ष दाहालको सिफारिसमा उनलाई प्रदेश प्रमुख बनाउन सरकार तयार भएको हो ।

धर्मनाथ प्रसाद यादव
सिरहाका स्थायी वासिन्दा यादव लामो समयदेखि नेकपा एमालेको राजनीतिमा सक्रिय रहेका छन् । लो प्रोफाईलमा बसेर राजनीतिक गर्दै आएका यादव नेकपाको स्थायी समिति सदस्य पनि हुन् । तत्कालिन एमालेमा रामचन्द्र झा, लालबाबु पण्डितपछि सक्रिय वरिष्ठ नेताको रुपमा स्थापित यादव प्रधानमन्त्री ओलीा निकटका नेता हुन् ।

सम्बन्धित समाचार

चन्द्र ढकाल  : बाग्लुङको  अमलाचौरदेखि महासंघकाे  नेतृत्वसम्म
चन्द्र ढकाल : बाग्लुङको अमलाचौरदेखि महासंघकाे नेतृत्वसम्म
  • २०७६ कार्तिक २५, ०७: १८: ०९

काठमाडौँ- भनिन्छ, बिहानीले दिनको सङ्केत गर्छ । नेपाल प्रज्ञा प्रतिष्ठान नजिकैको घण्टाघरले बिहानको ४ः३० बजेको समय सूचक घण्टी बजायो र...

बैंकमा लगानीकर्ता झुमिदा ७५ अंकले बढ्यो नेप्से, कारोबार ९ अर्ब माथी
बैंकमा लगानीकर्ता झुमिदा ७५ अंकले बढ्यो नेप्से, कारोबार ९ अर्ब माथी
  • २०७६ कार्तिक २५, ०७: १८: ०९

नयाँ विकल्पकाठमाडाैं-साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से ७५ अंकले बढेको छ। यो अंकको वृद्धिसँगै नेप्सेले १९६८ अंकको नयाँ...

रोल्पामा अपरिचित दुई पुरुषका शव फेला
रोल्पामा अपरिचित दुई पुरुषका शव फेला
  • २०७६ कार्तिक २५, ०७: १८: ०९

नयाँ विकल्पकाठमाडाैं- रोल्पामा सडेको अवस्थामा दुइटा शव फेला परेका छन्। सुनिल स्मृति गाउँपालिका वडा नं. ४ जिया खोला किनारमा १२...

भर्खरै

TOP