December 4, 2020, Friday

भारतीय अदालतको फैसलाको सर्वत्र प्रशंसा

काठमाडौं । भारतको सर्वोेच्च अदालतलले अयोध्याको राम जन्मभुमी भएको भन्दै सोहि स्थानमा मन्दिर बनाउन मिल्ने फैसला सुनाएको छ । ५ सय साल पुरानो विवाद तथा ७० बर्षदेखि अदालतमा चलिरहेको विवादलाई टुंगो लगाउँदै सवोच्च अदालतले २ दशमलव ७७ एकड जमिनमा राम मन्दिरलाई दिन आदेश दिएको हो ।

अयोध्यामा राम मन्दिर बनाउने कि बाबरी मस्जिद बनाउने भन्ने विषयलाई लिएर ३० वर्षअघि अयोध्यामा हिन्दु र मुश्लिमबीच दंगा र हिंसा भड्किँदा सयौं निर्दोश नागरिकको अनाहकमा ज्यान गएको थियो । हिन्दुहरुले रातारात बाबरी मस्जिद भत्काएपछि राम जन्मभूमि अयोध्यालाई प्रहरीले निषेधित क्षेत्र घोषणा गरी सुरक्षा प्रदान गर्दै आएको छ ।

अदालतले विवादास्पद जमिन मुस्लिम तथा निर्माेही अखडालाई नबाड्न समेत आदेश दिएको छ । यसअघी हिन्दु पक्षले तोडफोड गरेको बाबरी मस्दिजलाई अयोध्याभित्रै वैकल्पिक जमिन दिन आदेश दिइएको छ । भारतका प्रधानन्याधिश रञ्जन गोगोइ सहितको ५ सदस्यीय वेञ्चले सर्वसम्मत रुपमा आदेश सुनाउँदै मुस्लिम पक्षलाई मस्जिद बनाउन ५ एकड जमिन दिन पनि आदेश दिएको छ । अदालतले तीन महिना भित्र ट्रष्ट बनाएर मन्दिर बनाउने प्रक्रिया शुरु गर्न आदेश दिएको छ ।

अदालतले सर्वसम्मतिमै सिया वोर्डको दावीलाई खारेज गरेको छ । सिया समुदायले बनाएको मस्जिद सुन्नी समुदायलाई दिन नमिल्ने भन्दै दायर गरिएको रीट खारेज गरेको हो । अदालतले निर्माेही अखडाको रीट पनि खारेज गरेको छ । अखडाले गरेको दावीलाई खारेज गरि उसलाई कुनै पनि अधिकार दिइएन । यद्यपी अखडाको प्रतिनिधिलाई ट्रस्टमा समेटन भनिएको छ ।

अदालतले मस्जिद खाली जग्गामा नभइ मन्दिर भएको ठाउँमा रहेको भन्दै अयोध्यामा राम जन्मेको कुरालाई अदालतले विवादको रुपमा लिन अस्विकार गरेको छ । भारतीय पुरातत्व विभागले दिएको रिपोर्टलाई समेत अदालतले स्विकारेको छ । आस्था र विश्वास उपर कुनै विवाद नभएको पनि अदालतको आदेशमा उल्लेख छ ।

जमिनलाई उच्च अदालतको आदेशमा भनिएको तीन पक्षमा बाड्ने कुरालाई खारेज गर्दै सर्वाेच्च अदालतले यस मुद्धामा दुई पक्ष मात्र रहेको स्वीकारेको छ । सन् १८५६ भन्दा पहिले हिन्दुहरुले त्यहाँ पूजा गर्ने गरेको दाबीलाई अदालतले स्विकार गरेको छ । अदालतको फैसलापछि हिन्दु धार्मिक अगुवाहरुले धर्मको जीत भएको प्रतिक्रिया दिएका छन् ।

यद्यपी यो जीत हिन्दु मुस्लिम सबैको भएको उनीहको टिप्पणी छ । रामजन्मभुमीमा रामको मन्दिर बन्दै गर्दा अयोध्यामै अर्को मस्जिद बनाउन ५ एकड जमिन दिने आदेशले सबै धर्मको सम्मान समेत अदालतले गरेको धार्मिक अगुवाहरुले बताएका छन् । अदालतको आदेशले साम्प्रदायिक सद्भावलाई समेत सम्मान गरेको टिप्पणी भारतीय मिडियाहरुले गरेका छन् ।

आफ्नो कार्यकालको अन्तिम समयमा प्रधान्यायाधिश गोगोइ नेतृत्वको अदालतले दिएको एक हजार ४५ पृष्ठ लामो यो फैसलालाई भारतभर प्रशंसा गरिएको छ । फैसलालाई लिएर संसारभरका हिन्दुहरुले समेत खुसी व्यक्त गरेका छन् । रामजन्मभुमीमै पालमुनी राखिएको रामको मुर्तीलाई अब मन्दिर लैजाने बाटो पनि खुलेको छ । भारतीय सर्वोच्च अदालतको उक्त आदेशलाई लिएर नेपालको जनकपुरमा समेत खुसीयाली मनाइएको छ ।

सम्बन्धित समाचार

उत्तरगया-गोकर्णेश्वरको दर्शन नगरी धार्मिक यात्रा पुरा हुँदैन, हाइकिङ र साइक्लिङको रुट बन्दैछ
उत्तरगया-गोकर्णेश्वरको दर्शन नगरी धार्मिक यात्रा पुरा हुँदैन, हाइकिङ र साइक्लिङको रुट बन्दैछ
  • २०७६ कार्तिक २५, ०७: १९: ४०

तपाईं नगरप्रमुखमा निर्वाचित भएपछि नगरको विकास र नागरिकको सेवामा के चुनौति छन् ? समाधानका लागि के–के गर्दै हुनुहुन्छ ?म आउँदा...

सेयर बढेर के गर्नु ? दैनिक १० कराेड बढी रकम दलालकाे कब्जामा पुगेपछि…
सेयर बढेर के गर्नु ? दैनिक १० कराेड बढी रकम दलालकाे कब्जामा पुगेपछि…
  • २०७६ कार्तिक २५, ०७: १९: ४०

नयाँ विकल्पकाठमाडाैं- नेपालकाे पुजि बजार बढ्दै गएर दैनिक रेकर्ड ब्रेक गर्दै गइरहेकाे छ । काराेबार रकम इतिहारमै सबैभन्दा बढि भैइरहेका...

लुम्बिनी प्रदेशमा ४ महिनामा  ८ सय बढि घरेलु हिंसा
लुम्बिनी प्रदेशमा ४ महिनामा ८ सय बढि घरेलु हिंसा
  • २०७६ कार्तिक २५, ०७: १९: ४०

नयाँ विकल्प बुटबल- लुम्बिनी प्रदेशमा पहिलो चौमासिकमा ८२३ घरेलु हिंसा भएका छन् । प्रदेश प्रहरी कार्यालय दाङले प्रदेशका १२ जिल्लामा...

भर्खरै

TOP