June 23, 2021, Wednesday

कुटनैतिक तवरबाटै समाधान खोज्न सरकारलाई सुझाव

कालापानी विवाद

काठमाडौं । नेपाल र भारतको पश्चिम उत्तरी सीमामा रहेको कालापानी बिबादको समाधान खोज्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै नेतृत्व लिन सर्वदलीय सर्वपक्षीय बैठकले निर्णय गरेको छ ।

कालापानीको विवादस्पद सीमालाई समेटेर भारतले हालै नयाँ नक्सा सार्वजनिक गरेपछि यसको चौतर्फी विरोध नेपालमा हुँदै आएको छ । यसै बिषयको समाधान खोज्न प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बोलाइएको सर्वदलिय र सर्बपक्षिय बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

बैठकले विवादास्पद लिम्बियाधुराको कुटीयाङ्दी नदीसम्म नेपालको सीमा भएको निष्कर्ष निकालेको छ । कालापानी क्षेत्रको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भएकाले कुटनीतिक च्यानलमार्फत पहल गर्न सर्बदलिय सहमति भएको छ ।

भारतले सार्वजनिक गरेको नयाँ नक्साले विवाद उत्पन्न गरेपछि त्यस विषयमा साझा धारणा बनाउन प्रधानमन्त्री ओलीले शनिबार पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, राजनीतिक दलका प्रतिनिधिहरको सर्वपक्षीय बैठक बोलाएका हुन् ।

बैठकमा विपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कालापानी क्षेत्रसम्म नेपालको भूभाग भएकाले त्यसलाई फिर्ता लिन सरकारले तत्काल उच्चस्तरीय कूटनीतिक र राजनीतिक पहल गर्नुपर्नेमा जोड दिएका थिए । उनले यसका लगि सरकारलाई प्रतिपक्षी दलको हैसियतले पनि पूर्ण समर्थन रहेको बताएका थिए ।

बैठकमा सहभागीहरुले कालापानी क्षेत्रसम्म नेपाली भूभाग हो भन्नेमा कुनै विवाद नभएको र अहिलेसम्म सरकारले लिएको अडान सही भएको तर वक्तव्यमात्र जारी गरेर नपुग्ने भन्दै तत्काल भारतसँग सम्वाद गर्न सुझाव दिएका छन् ।

विवाद र छलफलमा रहेको विषयमा भारतले किन एकपक्षिय रुपमा नक्सा सार्वजनिक गर्यो भनेर नेपाल स्पस्ट हुनु पर्ने सुझाव दिएका थिए । बैठकमा प्रधानमन्त्री ओलीले महाकाली नदीको उद्गमस्थल कुटीयाङ्दी नदी नै नेपाल भारतको सीमा भएको पाप्त प्रमाणहरुले पुष्टि गर्ने भएकाले लिम्पियाधुरासम्म नेपाली भूभाग भएको अडान सरकारले लिने बताएका थिए ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सार्वभौमसत्ताको मामिलामा अभूतपूर्व राष्ट्रिय सहमति देखिएको भन्दै कालापानी क्षेत्रभित्र पर्ने कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि हो भन्ने विषय निर्विवाद रहेको सुझाव सबैतिर आएको बताए । उनले महाकाली नदीको उद्गम कुटियांदी नदी भएकाले नेपालको सीमा त्यहाँसम्म पर्ने कुरा धेरै तथ्य र प्रमाणले स्पस्ट पार्ने बताएका छन् ।

उनले सर्वदलीय बैठकमा व्यक्त भएको सुझावका आधारमा सरकारले तत्काल भारतसँग सम्वाद गर्ने बताएका छन् । मन्त्री ज्ञवालीकाअनुसार यसका लागि दुई देशबीच नेपाल भारत संयुक्त सीमा वार्ताका लागि कार्यदल, परराष्ट्र सचिवस्तरीय संयन्त्र र मन्त्रीस्तरको आयोग बन्ने बताए । तर सीमा कार्यदल कार्यदलले कालापानी लगायतका विषयमा सम्वाद गर्न सक्दैन ।

त्यसैले सरकारले अब कुन संयन्त्रमार्फत सम्वाद गर्ने भन्ने टुंगो लगाउन जरुरी छ । परराष्ट्रमन्त्री ज्ञवालीले आवश्यक परेमा प्रधानमन्त्री स्वयंमले आफ्नो समकक्षीसँग वार्ता गर्न सकिने जानकारी दिएका छन् । भारतले हालै सार्वजनिक गरेको नक्सालाई लिएर मुलुकका विभिन्न भागमा प्रदर्शन पनि भइहरेका छन् । कुटनीतिज्ञहरुले भने कुनै छिमेकी बिरुद्ध सार्वजनिक प्रदर्शनी हुनुभन्दा कुटनीतिक पहलमार्फत समाधान खोज्न सरकारलाई सुझाव दिएका छन् ।

सम्बन्धित समाचार

अख्तियारद्वारा आन्तरिक राजश्वका तत्कालिन महानिर्देशक शर्मासहित तीनबिरुद्ध एक अर्ब भ्रष्टाचारको दाबी
अख्तियारद्वारा आन्तरिक राजश्वका तत्कालिन महानिर्देशक शर्मासहित तीनबिरुद्ध एक अर्ब भ्रष्टाचारको दाबी
  • २०७६ कार्तिक २६, ०७: ०१: २१

नयाँ बिकल्प, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित तीन जनाविरुद्ध विशेष अदालत काठमाडौंमा...

कोरोनाका कारण मुलुकभर थप ८१ जनाको मृत्यु
कोरोनाका कारण मुलुकभर थप ८१ जनाको मृत्यु
  • २०७६ कार्तिक २६, ०७: ०१: २१

नयाँ बिकल्प, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ५२ जना र छुटेको २९ जना गरी कूल...

सुदूरपश्चिम प्रदेशसभा बैठक कांग्रेसद्वारा अबरूद्ध
सुदूरपश्चिम प्रदेशसभा बैठक कांग्रेसद्वारा अबरूद्ध
  • २०७६ कार्तिक २६, ०७: ०१: २१

नयाँ बिकल्प, धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बुधबारको बैठक प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अबरोध गरेको छ। प्रदेशसभाको अर्को बैठक...

भर्खरै

TOP