काठमाडौ । कांग्रेसका शीर्षष्थ नेताहरु यतिवेला देशका विभिन्न भागमा राजनीतिक कार्यक्रम लिएर देश दौडाहामा लागेका छन् । यसरी एक्ला एक्लै पार्टीको कार्यक्रम लिएर हिँड्ने नेतामध्ये केहीले आगामी १४ मंसिरमा हुने उपनिर्वाचनलाई लक्षित गरेका छन भने कतिपयले प्रभाव देखाउनकै लागि राजधानीवाहिर निस्किएका हुन् ।
वाहिर देखाउन उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारलाई जिताउन माहौल बनाउने उदेश्यले कार्यकर्ता भेटघाट र राजनीतिक गतिविधि बढाए पनि कांग्रेस नेताहरुको लक्ष्य भने आगामी १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारीको तयारी र आफ्नो पक्षमा कार्यकर्तालाई तान्ने उदेश्य रहेको देखिन्छ ।
कांग्रेसको १४ औंमहाधिवेशन आगामी एक वर्ष भित्र गर्नु पर्ने संवैधानिक बाध्यता छ । कांग्रेसले आगामी मंसिर १ गतेदेखि क्रियाशिल सदस्यता वितरणको विषयमा निर्णय गरी पार्टीको महाधिवेशनको मिति निर्धारण गर्ने निर्णय यसअघि नै गरिसकेको हो ।
राजधानी छाडेर विरलै वाहिरीने कांग्रेस सभापति देउवा विहीबार नै कैलाली पुगेर आज महेन्द्रनगरमा शिक्षक संघको कार्यक्रममा व्यस्त छन् । सभापति देउवा सुदूरपश्चिम प्रदेशमा व्यस्त हुँदा वरिष्ठ नेता रामचन्द्र पौडेल भने विहीबार प्रदेश नं –१ को झापा पुगेर शुक्रबार इलामको कार्यक्रममा व्यस्त छन् ।
सभापति देउवाले विहीबार प्रेस युनियनको कार्यक्रममा सहभागीता जनाएका थिए भने शुक्रबार नेपाल शिक्षक संघले महेन्द्रनगरमा आयोजित प्रदेशस्तरिय भेलालाई संवोधन गरेका छन् । शनिबार धनगढीमा नेपाल महिला संघको भेलालाई संवोधन गरी काठमाडौं फर्किएका सभापति देउवाको आगामी कात्तिक ६ र ७ गते पोखरामा आयोजना हुने चुनावी सभालाई संवोधन गर्ने भएका छन् ।
झापामा कांग्रेसका अगुवा कार्यकर्तासँग भेट गर्न केन्द्रीय सदस्य डा. शेखर कोइराला र धनराज गुरुङलाई साथै लिएर सभागी भए । पौडेल कात्तिक २६ गते हेटौडामा पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको प्रदेश नम्बर ३ स्तरिय प्रशिक्षण कार्यक्रममा सहभागि भएका थिए ।
कात्तिक २७ मा बाराको निजगढ र सिरहाको लाहानका कार्यक्रममा पार्टी कार्यकर्ताको भेलालाई संवोधन गरेका पौडेल इलामका अगुवा कार्यकर्ताको भेलामा सहभागी छन भने शनिबार पाँचथरको फाल्गुनन्द गाउँपालिकाको चुनावी सभालाई सम्वोधन गर्ने भएका छन् । पार्टीको ज्लिला कार्यसमिति ताप्लेजुङ्गले १ मंसिरमा आयोजना गर्ने वृहत कार्यकर्ता भेलालाई पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
महामन्त्री डा. शशांक कोइराला भने आइतबार आफ्नै निर्वाचन क्षेत्र रहेको पश्चिम नवलपरासीका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन् । आफ्ना मतदाता र कार्यकर्तासँग भेटघाट गरी उनी सोमबार धरान उपमहानगरपालिकाको चुनावी सभालाई संवोधन गर्ने भएका छन् । महामन्त्री कोइराला मंगलबार विराटनगर गएर अर्को साता राजधानी फर्कने र ७ मंसिरदेखि पोखरा, बाग्लुङ र दाङका चुनावी कार्यक्रम र सभामा सहभागी हुने भएका छन् ।
कांग्रेस नेता कृष्णप्रसाद सिटौला शुक्रबार नै पोखरामा अगुवा कार्यकर्ताको भेला र चुनावी ¥यालीमा समेत सहभागी भएका छन् । शनिबार पोखराकै चुनावी कार्यक्रममा सहभागी हुने सिटौला आइतबार बागलुङमा भएको प्रदेश सभा निर्वाचनमा कांग्रेसको तर्फबाट प्रदेश सभा सदस्यमा उम्मेदवार भएका जीत शेरचनको चुनावी सभामा सहभागी हुने भएका छन् ।
उपसभापति विजयकुमार गच्छदार वुधबार नै धरान उपमहानगरपालिकाको चुनावी कार्यक्रममा सहभागी थिए भने अर्का उपसभापति विमलेन्द्र निधि पोखरामा गत सातादेखि नै चुनावी सभा, कार्यक्रम र अनौपचारिक कार्यक्रममा सहभागी भएका छन् ।
आगामी महाधिवेशनमा सभापतिको दाबी गरिरहेका केन्द्रीय सदस्य डा. शेखर कोइराला भने एक सातादेखि नै देश दौडाहामा छन एक सातादेखि पूर्वी नेपालका सुनसरी मोरङ र झापाका विभिन्न कार्यक्रममा सहभागी भएका कोइराला यो महिनाभरी नै उपत्यकावाहिरका कार्यक्रममा सहभागी हुने उनका सहयोगी दिनेश थपलियाले जनाए ।
नयाँ बिकल्प,काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सत्तारुढ नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) ओली समूहले सन्ध्या तिवारी अध्यक्ष रहेको...
नयाँ बिकल्प, काठमाडौं – चन्द्रागिरी नगरपालिकास्थित विष्णुदेवी माध्यमिक विद्यालयको पुनर्निर्माण हुने भएको छ । भारत सरकारको ६करोड ४९ लाख रुपैयाँ...
नयाँ बिकल्प, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको स्थायी कमिटी सदस्य पम्फा भुसालले नेपाली सेना, सशस्त्र प्रहरी र...