December 4, 2020, Friday

प्रम ओली पेरी अमेरिका जाने !

काठमाडौं । १३ वर्षअघि मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको शनिवार तेश्रो पटक ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल टोखामा हेमोडायलासिस गरिएको छ । यसअघि २ पटक कात्तिक १२ र १३गते प्रधानमन्त्रीको मृगौलाकोे हेमोडायलाइसिस गरिएको थियो । यसअघि राखिएको स्टेन्ट निकालिएको अस्पतालले जनाएको छ । प्

रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था राम्रो रहेको दावी गर्दै अस्पतालकै विभागिय प्रमुख तथा नीजि चिकित्सक दिव्या सिंह शाह, ग्रान्डीका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे तथा अस्पतालकै युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका अध्यक्ष प्राडा प्रेमराज ज्ञवालीले विज्ञप्ति जारी गरेका थिए । मृगौलाकै कारण स्वास्थ्यमा समस्या देखिएपछि भदौमा सिंगापुरमा पुनः उपचार ओलीको त्यहाँ प्लाज्मा फेरोसिसको उपचार गराएको थियो ।

ओलीको नियमित डायलसिस गर्नुपर्ने चिकित्सकहरूले बताउँदै आएका छन्। चिकित्सक टोलीले प्रधानमन्त्रीको नियमित डायलासिस गर्ने कि पुनः प्रत्यारोपण गर्ने भन्ने विषयमा विशेषज्ञहरूसँग छलफल गरे पनि निर्णय गर्न सकेको छैन ।

शरिरका हरेक अंगहरुले राम्रोसँग काम नगरे पछि चिकित्सकहरुले ओलीलाई डायलसिस गर्नु नै उत्तम उपाय भनेर सुझाएका छन् । तर प्रधानमन्त्री ओलीको मृगौला पुन प्रत्यारोपण गर्न पाए हुने थियो भन्ने मनसाय रहेको बालुवाटार श्रोतले जनायो । केही चिकित्सकहरुले भने पुरानो मृगौलालाई ननकिकाली पुन अर्को मृगौला राख्न सकिने वारेमा छलफल चलाएका छन् ।

केहीले भने शरिर भित्रै उपकरण राखेर दैनिक जसो डायलसिस गर्न मिल्ने गरी उपायको वारेमा खोजि गरिरहेका छन् । उपचारको कुन उपाय उत्तम हुन्छ भन्ने विषयमा चिकित्सकको सल्लाह लिन ओली करिव दुई महिना बढी संयुक्त राज्य अमेरिका बस्नु पर्ने हुन सक्ने चिकित्सकहरुले अड्कल गरेका छन् । यसैसाता अमेरिका जाने विषयमा छलफल भइरहेको बालुवाटार श्रोतले जनायो ।

सम्बन्धित समाचार

उत्तरगया-गोकर्णेश्वरको दर्शन नगरी धार्मिक यात्रा पुरा हुँदैन, हाइकिङ र साइक्लिङको रुट बन्दैछ
उत्तरगया-गोकर्णेश्वरको दर्शन नगरी धार्मिक यात्रा पुरा हुँदैन, हाइकिङ र साइक्लिङको रुट बन्दैछ
  • २०७६ मंसिर २, ०६: १५: १८

तपाईं नगरप्रमुखमा निर्वाचित भएपछि नगरको विकास र नागरिकको सेवामा के चुनौति छन् ? समाधानका लागि के–के गर्दै हुनुहुन्छ ?म आउँदा...

सेयर बढेर के गर्नु ? दैनिक १० कराेड बढी रकम दलालकाे कब्जामा पुगेपछि…
सेयर बढेर के गर्नु ? दैनिक १० कराेड बढी रकम दलालकाे कब्जामा पुगेपछि…
  • २०७६ मंसिर २, ०६: १५: १८

नयाँ विकल्पकाठमाडाैं- नेपालकाे पुजि बजार बढ्दै गएर दैनिक रेकर्ड ब्रेक गर्दै गइरहेकाे छ । काराेबार रकम इतिहारमै सबैभन्दा बढि भैइरहेका...

लुम्बिनी प्रदेशमा ४ महिनामा  ८ सय बढि घरेलु हिंसा
लुम्बिनी प्रदेशमा ४ महिनामा ८ सय बढि घरेलु हिंसा
  • २०७६ मंसिर २, ०६: १५: १८

नयाँ विकल्प बुटबल- लुम्बिनी प्रदेशमा पहिलो चौमासिकमा ८२३ घरेलु हिंसा भएका छन् । प्रदेश प्रहरी कार्यालय दाङले प्रदेशका १२ जिल्लामा...

भर्खरै

TOP