November 24, 2020, Tuesday

कांग्रेस भ्रातृ संस्था तरुण दल स्वतः भङ्ग

काठमाडौ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको तेश्रो महाधिवेशनबाट आएको केन्द्रीय समितिको कार्यकाल मंसिर पहिलो साताबाट समाप्त भएसँगै स्वत ः भङ्ग भएको छ ।
तीन वर्ष अघि २७–३० कात्तिक २०७३ मा पोखरामा भएको तरुण दलको तेश्रो महाधिवेशनले ललितपुरका जीतजंग बस्नेतको नेतृत्वमा चार सदस्यीय केन्द्रीय समिति चयन भएको थियो ।

निर्धारित मितिमा महाधिवेशन नसकिएपछि २ मंसिर २०७३ मा बस्नेतको नेतृत्वमा तरुण दल केन्द्रीय समिति घोषणा गरिएको थियो । तरुण दलको विधानले संगठनको कार्यकाल तीन वर्ष हुने व्यवस्था गरेको छ भने मातृ पार्टी नेपाली कांग्रेसको विधानले कार्यकाल समाप्त भएका भ्रातृ संस्थाले निर्धारित समयमा महाधिवेशन गर्न नसके स्वत भङ्ग हुने व्यवस्था गरेको छ ।

तरुण दलको तीन वर्षे कार्यकालमा ९५ सदस्यीय केन्द्रीय कार्यसमिति हुनु पर्नेमा ९१ जना पदाधिकारी र सदस्यको चयन नगरी बस्नेत नेतृत्वको तरुण दलको कार्यकाल समाप्त भएको हो । चार सदस्यीय तरुण दल केन्द्रीय कार्यसमितिको उपाध्यक्षमा उत्तम चापागाईं, महासचिवमा भुपेन्द्रजंग शाही र कोषाध्यक्षमा विद्वान गुरुङ थिए ।

गत भदौमा पार्टीले संचालन गरेको राष्ट्रिय जागरण अभियानको कार्यक्रमलाई लिएर असन्तुष्टी व्यक्त गरेका महामसचिव भुपेन्द्रजंग शाही कारबाहीमा परेका थिए । तरुण दल अध्यक्ष बस्नेतद्वारा शाहीलाई संगठनको साधारण सदस्यबाट हटाएको एक घण्टा पनि नवित्दै शाहीले पनि अध्यक्ष बस्नेतलाई कारबाही गरेको जानकारी समाजिक सञ्जालमा सार्वजनिक गरेका थिए ।

तरुण दलका महासचिव शाहीले आफ्नो कार्यकालमा भ्रस्टाचारबिरुद्ध भ्रष्टाचार मुक्त नेपाल, १० हजार युबालाइ स्वरोजगार बनाउन उधमशीलता, एक घर एक तरुण अभियान प्रस्ताव गरेर पनि संचालन हुन नसकेकोको जनाएका छन् । तीन वर्षअघि ३ भदौ २०७३ सालमा भएको नेविसंघको ११ औं महाधिवेशनबाट निर्वाचन नैनसिंह महरले २८ माघ २०७५ मा राजिनामा दिए पनि कांग्रेसको भ्रातृ संस्था नेविसंघ पनि नेतृत्वविहिन छ ।

पार्टीका दुई प्रभावशाली संगठन नेपाल विद्यार्थी संघ र तरुण दल गठन गर्न नसक्दा नेतृत्वको सर्बत्र आलोचना र टिप्पणी हुन थालेको छ । नेपाल महिला संघको महाधिवेशन भएको तीन वर्ष भए पनि केन्द्रीय समितिको कार्यकाल वाँकी रहेको छ । आदिवासी÷जनजाति संघ, प्रजातन्त्र सेनानी संघ, किसान संघ लगायतका कांग्रेसका भ्रातृ संस्थाको महाधिवेशन नभएको १३ वर्षभन्दा बढी भइसकेको छ ।

सम्बन्धित समाचार

उत्तर अफगानिस्तानमा हवाई आक्रमणमा परी ६ जना तालिबानीको मृत्यु
उत्तर अफगानिस्तानमा हवाई आक्रमणमा परी ६ जना तालिबानीको मृत्यु
  • २०७६ मंसिर ९, ११: १०: २७

अफगानिस्तानको सेनाले उत्तरी बाल्ख प्रान्तको ग्रामीण इलाकामा गरेको कारबाहीमा कम्तीमा छ जना तालिबानी लडाकू मारिएको सेनाले जनाएको छ । अफगान...

बेलिजका प्रधानमन्त्री कोरोना भाइरसबाट सङ्क्रमित
बेलिजका प्रधानमन्त्री कोरोना भाइरसबाट सङ्क्रमित
  • २०७६ मंसिर ९, ११: १०: २७

मेक्सिको सिटी–बेलिजका प्रधानमन्त्री जोन ब्रिसेनोलाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रधानमन्त्रीको कार्यालयले सोमबार वक्तव्य जारी गर्दै उनी कोरोनाभाइरसबाट सङ्क्रमित...

शहरी विकासमन्त्रीद्वारा सुखानी शहीद स्मृति प्रतिष्ठानको निरीक्षण
शहरी विकासमन्त्रीद्वारा सुखानी शहीद स्मृति प्रतिष्ठानको निरीक्षण
  • २०७६ मंसिर ९, ११: १०: २७

झापा–शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले झापाको अर्जुनधारास्थित सुखानी शहीद स्मृति प्रतिष्ठानको निरीक्षण गरेका छन् । निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाको अनुगमनका लागि...

भर्खरै

TOP