November 26, 2020, Thursday

उपनिर्वाचनमा निर्वाचन आयोगको ध्यान केन्द्रीत हुन जरुरी

संविधान निर्माण पनि भएको आमनिर्वाचन पश्चात् केही स्थानहरुमा खाली भएको सिटहरुमा यही आउँदो १४ गते उपनिर्वाचन सम्पन्न हुँदैछ । अहिले स्थानीय तहदेखि संघीय संसद्सम्म मुलुकको ३७ वटा जिल्लाका ५२ स्थानमा निर्वाचन हुने भएकोले राजनीतिक दलहरुको ध्यान त्यतैतिर केन्द्रीत भएको देखिन्छ ।

सत्तासिन सरकारले गराउने यो उपनिर्वाचनको विश्वसनीयतामाथि प्रमुख प्रतिपक्षी दल काँग्रेस निकै आक्रामक हुँदै गएको छ । सरकारले गराउने निर्वाचनमाथि निष्पक्षताको प्रश्न चिन्ह खडा हुनु लोकतान्त्रिक व्यवस्थालाई सुहाउँदो कुरो होइन ।

तीव्र रुपमा प्रचारप्रसारमा लागि परेका राजनीतिक दलहरुबीच उम्मेदवारहरु किनबेच सम्मको बार्गेनिङ भइरहेको सुनिएको छ । यदि यस्तो हो भने दलहरुको निर्वाचनप्रति जनताको विश्वसनीयता घट्दै जाने सम्भावना हुन सक्छ । उम्मेदवारी भइसकेको स्थानहरुमा समेत उम्मेदवारी फिर्ता गराउने बहानामा देखिएको असोभनिय कार्यले वर्तमान राजनीतिक दलहरु बद्नाम भएका छन् ।

उम्मेदवारलाई खरिद गर्ने जस्तो नालायकीपन कुनै राजनीतिक दलले गर्छ भने त्यस्ता राजनीतिक दलहरुलाई नेपाली जनताले ठाडै अस्वीकार गरिदिनुपर्छ । यो उपनिर्वाचनमा सत्तासिन दल नेकपा र प्रमुख प्रतिपक्षी दल काँग्रेसको बिच नै प्रतिस्पर्धा हुने हो । तरपनि साना दलहरुको उम्मेदवारी भएको हुँदा उनीहरुलाई निर्वाध रुपमा प्रचारप्रसार गर्न दिनुपर्ने र प्रलोभनमा पार्ने काम कुनै राजनीतिक दलले गर्नु हुँदैन ।

साना दलहरुलाई पनि आफ्नो मत नाप्ने यन्त्र यही उपनिर्वाचन हो । तरपनि ठूला दलहरुले साना दलमाथि थिचोमिचो गर्ने, खरिद बिक्री गर्ने जस्ता गैर राजनीतिक क्रियाकलाप भइरहेको देखिन आएको छ । यस्तो क्रियाकलापले लोकतन्त्र सुदृढीकरण हुन सक्दैन ।

लोकतन्त्र सुदृढीकरण तथा संस्थागत गर्नका लागि निष्पक्ष निर्वाचनको अपरिहार्यतानै हो । यदि यसो हुन सकेन भने दिनप्रतिदिन दलहरु एकदलीय व्यवस्थातिर उन्मुख भएका ठहर्छ । लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष भनेकै आवधिक निर्वाचन, निर्वाचनको स्वतन्त्रता, निष्पक्षता अनिवार्य वस्तु हो ।

तर नेपालको ठूला राजनीतिक दलहरुले आफू मात्र सत्तामा बसिरहने र सानामाथि थिचोमिचो गर्ने क्रम जारी रहेको हुँदा निर्वाचन आयोग अत्यन्तै चनाखो हुन जरुरी छ । त्यसैले यो उपनिर्वाचनलाई सत्तासिन दलले सत्ताको दम्भ नदेखाउने र प्रमुख प्रतिपक्षी दलले निर्वाचनको निष्पक्षतामा मात्र ध्यान दिने हो भने यो उपनिर्वाचन निस्पक्ष बन्न सक्छ र निवर्माचन आयोगले पनि काम गर्न सक्छ ।

सम्बन्धित समाचार

प्रहरीको गोलीबाट घाइते न्यौपानेको मृत्युपछि बर्दिबास झन तनावग्रस्त
प्रहरीको गोलीबाट घाइते न्यौपानेको मृत्युपछि बर्दिबास झन तनावग्रस्त
  • २०७६ मंसिर ९, ११: ३०: ५१

नयाँ विकल्प,काठमाडौं – महोत्तरी जिल्लाको ब्यापरिक केन्द्र बर्दिवासमा प्रहरीको असावधानी र अत्यधिक बल प्रयोगका कारण झन तनावग्रस्त बनेको छ ।...

महासंघको नयाँ नेतृत्व चयनकालागि    साढे ११ सय मतदाता सहभागी हुँदै
महासंघको नयाँ नेतृत्व चयनकालागि साढे ११ सय मतदाता सहभागी हुँदै
  • २०७६ मंसिर ९, ११: ३०: ५१

नयाँ विकल्प काठमाडाै -नेपाल उद्योग वाणिज्य महासंघको ५४ औ वार्षिक साधारण सभा बिहीबारबाट शुरु हुँदै छ। प्रधानमन्त्री केपी शर्मा ओलीले...

तुलसीपुरमा हवाई ईन्धन डिपो निर्माण गरिने
तुलसीपुरमा हवाई ईन्धन डिपो निर्माण गरिने
  • २०७६ मंसिर ९, ११: ३०: ५१

नयाँ विकल्प, काठमाडौं – नेपाल आयल निगमले तुलसीपुर उपमहानगरपालिकास्थित दाङको टरीगाउँ विमानस्थलमा हवाई ईन्धन डिपो स्थापना गर्ने भएको छ ।...

भर्खरै

TOP