March 4, 2021, Thursday

चौध लायन्स क्लब र दुई लीयोले गर्यो संयुक्त ग्राण्ड इण्डक्शन तथा इन्स्टलेशन कार्यक्रम

काठमाडौं । यही मंसिर २० गते लायन्स क्लब अफ काठमाडौ फिलोशिपकी प्रेसिडेन्ट रिना पौडेल कोईरालाको सभापतित्व र प्रमुख अतिथि डिस्ट्रिक्ट गभर्नर लायन शोभा जोशी, अतिथिमा मल्टिपल जिएमटी एरिया लिडर लायन शम्भु घिमिरे, फस्ट भिडिजी लायन डा. शुशीला मल्ल, सेकेण्ड भीडिजी लायन केशब पाण्डे, पीएमसीसी लायन ई.कयामुद्दिन, पीडिजी लायन बीजु बज्राचार्य, पीडिजी लायन रुद्रहरी ज्ञावाली, राजनीतिकर्मी तथा समाजसेवी मीत्रलाल, केबिनेट सेक्रेट्री लायन दिनेश प्रसाद श्रेष्ठ र डिस्ट्रिक्ट ट्रेजरर लायन शम्भु थापा, मल्टिपल एडमिनिस्ट्रेटका लायन प्रधुम्न पोखरेल त्यस्तै एरिया कोआर्डिनेटर, ट्रेनर, रिजन, जोन, एरिया र विभिन्न क्लबहरुका प्रेसिडेण्ट, भाईस पे्रसिडेण्ट, सेक्रेट्री, ट्रेजरर र पदाधिकारी लगायत लायन्सका विभिन्न अग्रज लिडरहरुको उपस्थितिमा पदस्थापना तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

मुख्य अतिथी लायन शोभा जोशीले १४ वटा लायन्स क्लब र २ वटा लीयो क्लबको पदस्थापना तथा सपथ ग्रहण गराउनुभयो । कार्यक्रम तीनकुनेस्थित रोयल पार्टी प्यालेसमा सम्पन्न भएको थियो । पदस्थापनामा २०१९÷०२० का लागि लायन्स क्लब अफ काठमाडौं फिलोशिप, लायन्स क्लब अफ नेपाल जर्नालिष्ट, लायन्स क्लब अफ काठमाडौ ईम्पेरियल, लायन्स क्लब अफ काठमाडौ उदय, लायन्स क्लब अफ काठमाडौ मेरो नेपाल, लायन्स क्लब अफ काठमाडौ टु्रथ, लायन्स क्लब अफ काठमाडौ अभियान, लायन्स क्लब अफ काठमाडौ प्लानेट, लायन्स क्लब अफ काठमाडौ कागेश्वरी, लायन्स क्लब अफ काठमाडौ रिजेन्सी, लायन्स क्लब अफ काठमाडौ रेज, लायन्स क्लब अफ ओखल ढुङ्गा, लायन्स क्लब अफ नेपाल हेल्पीङ्ग हार्ट र लायन्स क्लब अफ नेपाल जागृति त्यस्तै लीयो क्लब अफ काठमाडौं ईम्पीरियल र लीयो क्लब अफ काठमाडौं सहभागी भएका थिए ।

जर्नालिष्ट क्लबबाट लायन दामोदर प्रसाद दवाडी, लायन प्रविण कुमार चौधरी, लायन देव राज पर्साई, लायन केशवारज अर्याल, लायन सिरु ढकाल, लायन एनी शाही र मनुजा शाहीले नया सदस्यका रुपमा पदस्थापना अफिसरबाट लायन्सको विधिविधान अनुरुप शपथ खानुभएको थियो । रिजन्सी आ–आप्mना क्लबबाट लायन वर्ष २०१९÷२० का लागि निर्वाचित हुनु भएका पदाधिकारीहरुलाई प्रमुख अतिथि ३२५ ए २ की गर्भनर लायन शोभा जोशीका साथै अग्रज लायन्स लिडरहरुले सुभकामना व्यक्त गरेका थिए ।

गभर्नर लायन शोभा जोशीले कार्यक्रमलाई सम्बोधन गर्दै ‘हामी प्राणीहरुमा मानव सर्वश्रेष्ठ प्राणीमा पर्छ, हामी सुखदुःख बुभ्mन सक्छौं, हामी बोल्न सक्छौ हामी सोच्न सक्छौ त्यसैलेत भनिन्छ मानव सोच्न सक्ने र बोल्न सक्ने प्राणी हो । सोच्न सक्ने बोल्न सक्ने भएका हुनाले हामीले संसारलाई माया गर्न सक्नुपर्छ, मायामा नै यो संसार टिकेको छ, माया गर्न सिकौं । त्यस्तै हामीले आमाको कोखबाट सबैकुरा सिकेर आएका हुदैनौ ।

जब यो संसारमा आउछौ तब हामी हरेक कुरा सिक्नुपर्ने हुन्छ । जीवनमा सिकेर कहीले सकिदैन । त्यसैले हामीले सिकौं र त्यसपछि नेतृत्व गरौ । समाज, दिनदुःखीहरुलाई र संसारलाई माया गरौ, त्यसपछि नेतृत्व गरौ तब असल नेतृत्व हुन्छ र सबैकोलागि राम्रो हुन्छ, असहाय दिनदुःखीकालागि सेवाभावले केहीगर्न सकिन्छ भन्ने संदेश दिने मेरो प्रयासलाई नै मैले राष्ट्रलाई प्रमुखतामा राख्दै नेपालको झण्डामा लभ, लर्न र लिड राखेर बताएको हुँ ।

यसको मतलब नेपालको माटो सम्झनुपर्छ भन्ने हो । संयुक्त इण्डक्शन तथा इस्टलेशन कार्यक्रममा राजनीतिज्ञ तथा समाजसेवी मीत्रसेन दाहाललाई लायन्स ईन्टरनेशनल ३२५ ए–२ का डिस्ट्रिक्ट लायन शोभा जोशीले सम्मान पत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गरिएको थियो । समाजसेवी मित्रसेन दाहालले दुःखी, असहायहरुका लागि कपनमा निकै ठूलो आश्रम तयार गर्नुभएको छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री ओलीलाई कारबाही गरिकाे पत्र संसद सचिवालय पेश
प्रधानमन्त्री ओलीलाई कारबाही गरिकाे पत्र संसद सचिवालय पेश
  • २०७६ मंसिर २३, ०६: २९: २७

नयाँ विकल्पकाठमाडाैं- नेकपा प्रचण्ड–माधव समूहले संसद सचिवालयलाई पत्र पठाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी सदस्यबाटै निश्कासन गरेको भन्दै संसदीय दलको...

सम्झना बाेहाेरा हत्याको अपराधी २० दिनपछि सार्वजनिक
सम्झना बाेहाेरा हत्याको अपराधी २० दिनपछि सार्वजनिक
  • २०७६ मंसिर २३, ०६: २९: २७

नयाँ विकल्प गुल्मी- रेसुङ्गा नगरपालिका–३ अन्तर्गत भाडगाउँमा २२ वर्षीय सम्झना बोहोरा क्षेत्रीको हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको...

जेब्रा क्रसिङमा सवारीले ठक्कर दिएर विद्यार्थी मारेको भन्दै कोटेश्वरमा बिरोध प्रदर्शन
जेब्रा क्रसिङमा सवारीले ठक्कर दिएर विद्यार्थी मारेको भन्दै कोटेश्वरमा बिरोध प्रदर्शन
  • २०७६ मंसिर २३, ०६: २९: २७

नयाँ बिकल्प, ललितपुर । बुधबार बिहान कलेज हिँडेकी एक छात्रालाई ललितपुरको बागडोलस्थित रिङरोडको सडक जेब्रा क्रसिङबाट पार गर्ने क्रममा एक...

भर्खरै

TOP