November 25, 2020, Wednesday

लठीले झोला घोच्दा बम विष्फोटः इनिस्पेक्टरको ज्यान गयो

काठमाडौं । धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका —५ कुचियाही टोलमा राखिएको शंकास्पद वस्तुलाई लठीले घोचेर परिक्षण गर्दा बम विष्फोट हुँदा इनिस्पेक्टर (प्रहरी निरीक्षक) अमिर कुमार दाहालको मृत्यु भएको छ ।

बम विष्फोटबाट घाईते भएका दाहालकाो विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको थियो । संखुवासभामा जन्मिएका प्रहरी निरीक्षक दाहाल पूर्वप्रधामन्त्री तथा नेकपाका पूर्वअध्यक्ष झलनाथ खनालको पीएसओ (पर्सनल सेक्युरिटी अफिसर) भएर लामो समय काम गरेका थिए ।

हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका ८ कृष्णनगरमा बस्दै आएका दाहाल २०५५ मा नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक पदमा सेवा प्रवेश गरी २०६० मा प्रहरी नायव निरीक्षक (प्रनानी) र २०७५ सालमा मात्र प्रहरी निरीक्षक पदमा पदोन्नति भएका थिए । प्रहरी निरीक्षक दाहाल २०७६ साउन ८ गतेदेखि ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रमुखको रूपमा कार्यरत थिए ।

विष्फोटमा परी इनिस्पेक्टर दाहालसहित, घरधनी ४६ वर्षीय राजेश साह र उनका छोरा २४ वर्र्षीय आनन्द साहको मृत्यु भएको थियो । रकम लेनदेनको कारण बम विस्फोट भएको र यसमा विप्लव समूहको हात रहेको आशंका प्रहरीले गरेको छ ।

गृहमन्त्रालयले बम विस्फोटको घटना छानबिनका लागि शनिवार नै समिति गठन गरेको छ । प्रहरी निरीक्षक उमाशंकर साहको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो । बम विस्फोट गराएको आशंकामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार, अनुसन्धानका लागि दुई महिला र एक पुरुषलाई नियन्त्रणमा लिइएको हो ।

उनीहरू विप्लप समूहका नेता रहेका बुझिएको छ । दाहालको शनिबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । पूर्वप्रधानमन्त्री झलनाथ खनाल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, प्रहरी अतिरिक्त महानिरीक्षकले दाहालको पार्थिव शरीरमा फूलमाला चढाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।

सम्बन्धित समाचार

आगामी निर्वाचनमा कांग्रेसलाई जिताउनू: देउवा
आगामी निर्वाचनमा कांग्रेसलाई जिताउनू: देउवा
  • २०७६ मंसिर ३०, ०५: ५३: ०८

नयाँ बिकल्प,काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा हाल देखिएको समस्या र चुनौतिको सामना गर्न पार्टी संगठनलाई एक ढिक्का...

हिमाली जिल्ला मनाङको शैक्षिक सत्र सुरु नै नभई सकियो
हिमाली जिल्ला मनाङको शैक्षिक सत्र सुरु नै नभई सकियो
  • २०७६ मंसिर ३०, ०५: ५३: ०८

नयाँ विकल्प् काठमाडाैं- हिमाली जिल्ला मनाङको शैक्षिक सत्र शुरु नै नभई सकिन लागेको छ।कोरोना सङ्क्रमणको महामारीले कलिला बालबालिका गाउँदेखि पर...

पाल्पामा याे बर्ष धान उत्पादन बढ्याे
पाल्पामा याे बर्ष धान उत्पादन बढ्याे
  • २०७६ मंसिर ३०, ०५: ५३: ०८

नयाँ विकल्प तानसेन- पाल्पामा अघिल्लो वर्षको तुलनामा सात मेट्रिकटन धानको उत्पादन वृद्धि भएको छ । जिल्लामा यसवर्ष ४० हजार ८९६...

भर्खरै

TOP