January 16, 2021, Saturday

कर्णाली प्रदेशका एक सय बढी स्थानीय तहमा भ्रष्टाचार !

काठमाडौं । सत्तारुढ नेकपाको दुई तिहाई बहुमत रहेको कर्णाली प्रदेशका एक सय तीस बढी स्थानीय तहमा भ्रष्टाचार भएको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको छ । मानव विकास सूचाङ्कमा सबैभन्दा पछि परेको देशको कर्णाली प्रदेशमा नै सबैभन्दा बढी भ्रष्टाचार हुने गरेको छ ।

विकास निर्माणको कामको सम्पूर्ण जिम्मेवारी पाएको स्थानीय तहका जनप्रतिनिधिहरु यतिवेला अख्तियारको तारेख धाउँदैमा समय बिताउने गरेका छन् । स्रोतका अनुसार विकास निर्माणका काममा ढिला सुस्ती हुन थालेको, कामको गुणस्तर खस्कन थालेको र पारदर्शीता हुन नसकेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्न थालेको हो ।

कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेत जिल्लाका नौं वटा स्थानीय तहले गरेको ४५ वटा विकास निर्माणको काममा अनियमितता भयो भन्दै उजुरी परेपछि अख्तियारले छानबिन गर्न थालेको छ । कर्णाली प्रदेशको सुर्खेत जिल्लामा भ्रष्टाचार भएको भन्दै सबैभन्दा धेरै उजुरी परेको छ । दैलेखको ११ वटा स्थानीय तहका ७५ वटा आयोजनामा भ्रष्टाचार भएको उजुरी परेको छ ।

कालिकोटको नौं वटा स्थानीय तहको ४१ वटा योजनामा, सल्यानको १० वटा स्थानीय तहका २८ योजना, मुगुका ४ स्थानीय तहका १२ वटा योजनामा, डोल्पाका सबै आठ स्थानीय तहमा नौं वटा, जुम्लाका सबै आठ स्थानीय तहका २९ वटा, रुकुम पश्चिमका ६ वटा स्थानीय तहका २७ वटा हुम्लाका २७ र जाजरकोटका ३८ वटा योजना र आयोजनामा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी परेको छ ।

कर्णाली अञ्चलका झण्डै आधा जस्तो स्थानीय तहका जनप्रतिनिधिहरु यविवेला कुनै न कुनै समयमा अख्तियार धाउन थालेका छन् । धेरै जसो जनप्रतिनिधिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बीरेन्द्रनगरले बयान लिने वा छानबिन गर्ने गरिरहेको छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्रीको कदम राजनीतिक पूर्वाग्रहबाट प्रेरितः नेता सिंह
प्रधानमन्त्रीको कदम राजनीतिक पूर्वाग्रहबाट प्रेरितः नेता सिंह
  • २०७६ पुष १, ०७: ४९: ०१

नयाँ विकल्प काठमाडाैं- नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा मुुलुकका ७५३ वटै पालिकामा आज विरोध ¥याली र सभा गरेको छ ।...

सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छः डा कोइराला
सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छः डा कोइराला
  • २०७६ पुष १, ०७: ४९: ०१

नयाँ विकल्प विराटनगर-नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसद् विघटनसम्बन्धमा सर्वोच्च अदालतले दिने निर्णय आफ्नो पार्टीलाई स्वीकार्य हुने बताएका...

चितवनकै पहिलो आकाशे पुलको उद्घाटन
चितवनकै पहिलो आकाशे पुलको उद्घाटन
  • २०७६ पुष १, ०७: ४९: ०१

नयाँ विकल्प भरतपुर-पूर्वी चितवनको रत्ननगरमा जिल्लामै पहिलो आकाशे पुलको उद्घाटन गरिएको छ । वाग्मती प्रदेश सरकार र रत्ननगर नगरपालिकाले पूर्व–पश्चिम...

भर्खरै

TOP