November 24, 2020, Tuesday

प्रमाण जुटाएर नेपालको भूगोल समेत समेटेर नक्सा सार्वजनिक गरिनेःमन्त्री अर्याल

काठमाडौं । संघीय संसदको अन्तराष्ट्रिय सम्वन्ध समितिले नेपालको लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्ता लगायतका नेपाली भुमि समावेश गरी नेपालको नक्सा अविलम्ब जारी गर्न सरकारलाई निर्देशन दिएको छ ।

समिति सभापति पवित्रा निरौला खरेलको सभापतित्वमा शुक्रबार समितिको सभाकक्षा सिंहदरबारमा बसेको बैठकले गृह मन्त्रालय, भूमि व्यवस्था, गरिवी निवारण तथा सहकारी मन्त्रालय, परराष्ट्र मन्त्रालयसहित अन्य मन्त्रालय र निकायहरुको संयुक्त समन्वयकारी संयन्त्र निर्माण गरी प्रभावकारी काम गर्न समेत समितिले निर्देशन दिएको हो ।

समितिले भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेत भारतीय भूमिका रहेको देखिने गरी नक्सा सार्वजनिक गरेपछि सरकारले ति भूभाग नेपालको रहेको प्रमाण स्वरुप नक्सा सार्वजनिक गर्न नसकेको भन्दै सांसदहरुले आपत्ति जनाएका थिए ।

सांसद भीम रावलले त्यस्तो नक्सा बनाउने व्यक्ति र जिम्मेवार निकायको अध्ययन गरी कारबाहीको माग गरे । नेपालको प्रतीक चिन्ह (निसान छाप) मा समेत नेपालको पश्चिम उत्तरी भूभाग दार्चुलाको लिपुलेकलाई नसमेटि नक्सा बनाइएको भन्दै आपत्ति जनाए ।

समितिले नेपालको भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रबाट भारतीय सुरक्षा फौज फिर्ता गर्न सरकारलाई निर्देशन पनि दिएको छ । सरकारलाई लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा रहेका भारतीय सुरक्षा फौज फिर्ता गरी नेपालको भौगोलिक अखण्डताको रक्षा गर्न भारत सरकारसँग आवश्यक तहमा वार्ता गर्ने लगायतका पाँच बुँदे निर्देशन समितिले दिएको छ ।

बैठकले लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्ता लगायतका भारतीय अतिक्रमणमा परेका नेपाली भूभागमा नेपालको सार्वभौम अधिकार र स्वामित्व सुदृढ गर्न भारत सरकारसँग राजनीतिक, कूटनीतिक तहमा अविलम्ब वार्ता गरी समस्याको समाधान गर्न निर्देशन दिएको छ ।

नेपालको भूमि र नागरिकको सुरक्षा गर्न दार्चुला जिल्लाको कालापानी समेतको क्षेत्रका नेपालीलाई आवतजावत गर्न बाटो र अन्य सेवा सुविधाको उपयुक्त व्यवस्था गर्न समेत निर्देशन दिएको छ ।

बैठकमा भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले प्रमाण जुटाएर र सन्दर्भ पारेर नेपालको प्रतिक चिन्हमा लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूगोल समेत समेटेर नक्सा सार्वजनिक गर्ने बताएकी थिइन् ।

सत्तारुढ नेकपाका नेता तथा समिति सदस्य भीम रावलले आफ्नो जग्गा राखेर नक्सा सार्वजनिक गर्न सरकारले कसको अनुमति वा सल्लाह खोजेको हो ? भनी प्रश्न गरेका थिए । उनले आफ्नो देशको नक्सा बनाउन सरकारलाई जोखाना हेरेर नबस्न सुझाव समेत दिएका थिए ।

नापी विभागले नक्सा सार्वजनिक नगरेकोमा गम्भीर प्रश्न उठेको भन्दै भारतले आफ्नो नक्सा सार्वजनिक गर्दा नेपालले के गरेर बसेको भनी प्रश्न गरेका थिए । समिति बैठकमा गृह मन्त्री रामबहादुर थापा बादलको पनि उपस्थिति थियो । समितिमा बोल्दै मन्त्री अर्यालले दार्चुला जिल्लाको उतरी क्षेत्रमा जानको लागि भारतीय बाटो प्रयोग गर्नु पर्ने अवस्थाको अन्त्य गर्नको लागि नेपालतर्फ गोरेटो बाटो निर्माण गर्ने निर्णय सरकारले गरिसकेको बताइन् ।

सम्बन्धित समाचार

हजाराैलाइ गैरकानुनी रूपमा विदेश पठाएकाे गाेप्य सुचनापछि विभागले मेनपावरमा छापा मार्याे
हजाराैलाइ गैरकानुनी रूपमा विदेश पठाएकाे गाेप्य सुचनापछि विभागले मेनपावरमा छापा मार्याे
  • २०७६ पुष १, ०८: ०२: ५३

नयाँ विकल्प काठमाडाैं-वैदेशिक रोजगार विभागले दुई दिनमा तीन वटा मेनपावर कम्पनीमा छापा मारेको छ। विभागले लैनचोरस्थित होप इन्टरनेसनल, धापासीको एसओएस मेनपावर...

बालिका हत्याकाे बिराेधमा प्रदर्शन गर्नेमाथि प्रहरीले गाेली चलायाे, २ गम्भीर घाइते,  आराेपीकाे घर जलाइयाे
बालिका हत्याकाे बिराेधमा प्रदर्शन गर्नेमाथि प्रहरीले गाेली चलायाे, २ गम्भीर घाइते, आराेपीकाे घर जलाइयाे
  • २०७६ पुष १, ०८: ०२: ५३

नयाँ विकल्प बर्दिवास । बालिका हत्याका दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका स्थानीय बासिन्दामाथि प्रहरीले मंगलबार गोली चलाउँदा दुइ...

तुलसीपुरमा हवाई ईन्धन डिपो निर्माण गरिने
तुलसीपुरमा हवाई ईन्धन डिपो निर्माण गरिने
  • २०७६ पुष १, ०८: ०२: ५३

नयाँ विकल्प, काठमाडौं – नेपाल आयल निगमले तुलसीपुर उपमहानगरपालिकास्थित दाङको टरीगाउँ विमानस्थलमा हवाई ईन्धन डिपो स्थापना गर्ने भएको छ ।...

भर्खरै

TOP