November 24, 2020, Tuesday

कांग्रेसले आफ्नो म्याद आफै थप्यो

काठमाडौं । नेपाली कांग्रेसले नेपाल तरुण दल केन्द्रीय कार्यसमितिको कात्तिक २८ गते बसेको बैठकको निर्णय अनुसार नेपाल तरुण दलको विधानको धारा ३९ (२) बमोजिम दलको पदावधि ६ महिना थप गर्ने निर्णय गरेको छ । नेपाल तरुण दलले आफ्नो पदावधि ६ महिना थप गर्ने निर्णय अनुमोदन गरिदिनका लागि पार्टी समक्ष अनुरोध गरेको थियो ।

पार्टी सभापतिले आवश्यक परामर्श गरी नेपाल तरुण दल केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने र ६ महिनाभित्र अधिवेशन सम्पन्न गर्न नेपाल तरुण दललाई निर्देशन दिने निर्णय पार्टीले गरेको छ ।
त्यस्तै पार्टीका अन्य तह र निकायको म्याद पनि पार्टी बैठकले थप गर्ने निर्णय गरेको छ ।

जसअनुसार नेपाली कांग्रेसको तेह्रौ महाधिवेशन २०७२ फाल्गुण २०–२३ गतेसम्म काठमाण्डौंमा सम्पन्न भएको र पार्टीको विधान अनुसार पार्टीको सबै तहका पदाधिकारी र सदस्यहरुको अवधि २०७६ फाल्गुण १९ गतेसम्म कायम रहेको छ ।

तर, नेपालको संविधान जारी भई मुलुकको संघीय संरचना सहित जिल्ला, प्रतिनिधि सभा क्षेत्र, प्रदेश सभा क्षेत्र, नगरपालिका, गाउँपालिका र नगरपालिका÷गाउँपालिका वडाहरु समेतको पुर्नसंरचना भएको र सो अनुकुल नेपाली कांग्रेसले आफ्नो विधान, नियमावलीमा संशोधन गरी पार्टीका सांगठनीक संरचनालाई सोही अनुसार समायोजन र पुर्नगठन गर्नु परेको र समायोजन भइ बन्ने नयाँ सांगठनीक संरचनाबाट नै पार्टीको क्रियाशील सदस्यता वितरण, नविकरण लगायतका कार्य सम्पन्न गरी वडा अधिवेशनदेखि केन्द्रीय महाधिवेशन सम्पन्न गर्नका लागि समय आवश्यक पर्ने भएकोले, २०७६ फाल्गुण १९ गतेभित्र केन्द्रीय महाधिवेशन गर्न सम्भव नभएको र महाधिवेशनको तयारीका क्रममा गर्नुपर्ने सम्पूर्ण कार्यहरु गर्न समेत थप समय आवश्यक भएकोले, यस अवस्थालाई असाधारण स्थिति ठहर गरी, नेपाली कांग्रेसको विधानको धारा ४३ बमोजिम पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरुको पदावधि २०७६ फाल्गुण २० गतेदेखि लागु हुने गरी २०७७ फागुन १९ गतेसम्म एक वर्षका लागि थप गर्ने निर्णय गरिएको छ ।

सो निर्णयको निर्वाचन आयोगलाई जानकारी दिने निर्णय भएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।

नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरण र नविकरण गर्न तथा पार्टीका विभिन्न तहका सांगठनिक संरचनाको अधिवेशन र केन्द्रीय महाधिवेशन सम्पन्न गर्न तयार गरिएको कार्यतालिका कार्यान्वयनका लागि नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ७१ र ५० (५) बमोजिमको अधिकार प्रयोग गरी विधानका केही प्रावधानलाई पार्टीको आगामी अधिवेशन र महाधिवेशनको प्रयोजनका लागि मात्र लागू हुने गरी निलम्वन गर्ने निर्णय समेत गरेको छ ।

पार्टीको आगामी महासमिति वा महाधिवेशनबाट सो निलम्वन गर्ने निर्णयलाई अनुमोदन गराइनु पर्नेछ । पार्टी संगठनको अन्तरिम संरचनाको समायोजन पश्चात क्रियाशील सदस्यता वितरण÷नविकरण गरी पार्टीको विधान र नियमावली अनुसारका आवश्यक प्रक्रिया पु¥याई पार्टीका मातहतबम निकायका अधिवेशन र चौधौ महाधिवेशन सम्पन्न गर्नको लागि प्रस्तुत गरिएको कार्यतालिकालाई पनि केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन गरेको छ ।

सरकारले सीमा सुरक्षा गर्न नसकेको निष्कर्ष
कांग्रसले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र जनताको सुरक्षा गर्नु कुनै पनि सरकारको प्रमुख दायित्व भएको र दुई विशाल छिमेकी भारत र चीनसँग विश्वासमा आधारित सम्बन्धबाट नै नेपालमा शान्ति, समृद्धि र स्थिरता कायम हुन सक्छ भन्ने स्पष्ट धारणा रहेको भन्दै दुवैतिरका सीमाको रक्षा गर्नु सरकारको प्राथमिक कर्तव्य रहेको बताएको छ । उनले नेपाली कांग्रेस नेतृत्वको सरकारहरुले सीमा सुरक्षित राख्ने र सीमा समस्या समाधान गर्न लिएको कुटनैतिक पहल र अडानलाई राष्ट्रवादको नाममा निर्वाचित वर्तमान सरकारले निरन्तरता नदिनु र प्राथमिकताको विषय नबाउनु दुःखद भएको कांग्रेसको ठहर छ ।

भारत सरकारले नेपालका अविभाज्य भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेतलाई गाँसेर हालसालै जारी गरेको नक्सा सम्बन्धमा उच्चस्तरीय कुटनीतिक पहल मार्फत समाधान खोज्न नेपाली कांग्रेस र देशका सबै दलहरुले सम्पूर्ण राष्ट्रिय एकताका साथ दिएको सुझाव एवं समर्थनको बावजुद के.पी. शर्मा ओलीको नेतृत्वमा रहेको वर्तमान नेकपाको सरकारले कुनै अग्रसरता र पहलकदमी नगरेको स्थितिलाई कांग्रेसले गम्भीरताका साथ लिएको छ ।

खोक्रो वक्तव्यवाजी गर्न सरकारका प्रधानमन्त्री तथा मन्त्रिहरु लगायत सत्तारुढ दलका नेताहरु क्रियाशील देखिए पनि दुई महिना बितिसक्दा समस्या समाधानतर्फ उन्मुख भएर ठोस कुटनीतिक पहलतर्फ सरकारको निष्क्रियता देखिएका ठहर कांग्रेसले गरेको छ । वर्तमान सरकारको कुटनैतिक निष्क्रियताले समस्यालाई अझ जटीलतातर्फ धकेलेको ठहर कांग्रेसको छ ।

नेपाल–भारत बीच विद्यमान विभिन्न तहका संयन्त्रहरुलाई क्रियाशील गरी कुटनीतिक माध्यमबाट सीमा समस्या हल गर्न सक्रिय हुन सरकारलाई आग्रह गर्दै काग्रेसले हालसालै भारत सरकारले सीमा समस्याको हल वार्ता मार्फत् समाधान खोज्न गरेको अग्रसरताको सन्दर्भमा कालापानी लगायत सम्पूर्ण सीमा समस्या समाधान गर्न सरकारले तथ्य र प्रमाणका आधारमा प्राविधिक र उच्च कुटनैतिक तहमा भारतसँग अविलम्व संवाद अगाडि बढाउन माग गरेको छ ।

केही समय अगाडिदेखि नेपाली संचार माध्यमहरुमा चीनको सीमातर्फ पनि कतिपय ठाउँहरुमा नेपाली भूमिको अतिक्रमण भएको विषय सार्वजनिक भएको र चिनीया सरकारले यस सम्बन्धमा तत्काल विज्ञप्ति मार्फत प्रतिक्रिया दिंदै चीनले कहि पनि नेपालको सीमा अतिक्रमण नगरेको जनाएको अवस्थामा नेपाल सरकारले यस सम्बन्धमा आजका मितिसम्म कुनै पनि जानकारी नदिएको भन्दै यसको वास्तविक जानकारी तत्काल सार्वजनिक गर्न नेपाल सरकारसँग माग कांग्रेसले माग गरेको छ ।

नागरिकको गोपनियताको हक समेत हनन् गर्ने गरी संविधानको मर्म र भावना विपरित नागरिक स्वतन्त्रताका विरुद्धमा सरकारले राष्ट्रिय सभा मार्फत अघि बढाउन खोजेको विधेयकलाई गम्भीरतापूर्वक लिदै यो बैठक त्यसलाई तत्काल फिर्ता लिन सरकार समक्ष माग गरेको छ । जनविरोधी विधेयकलाई जर्वजस्ती अघि बढाउन खोजिए संसद तथा सडकमा समेत त्यसका विरुद्ध नेपाली कांग्रेस दृढतापूर्वक उभिने निर्णय कांग्रेसले गरेको बैठकपछि जारी विज्ञप्तीमा जनाइएको छ ।

मुलुकको आर्थिक समृद्धिका लागि नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारले हालसम्मकै सबैभन्दा ठूलो अनुदान सहयोग सम्बन्धी अमेरिकी सरकारसँग गरेको सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई यो या त्यो बहानामा अवरुद्ध बनाउन खोजिएको घटनालाई गम्भीरतापूर्वक लिदै बैठकले सम्झौतालाई संसदमा यथाशिघ्र पेश गर्न सरकार समक्ष माग गरेको छ । सम्झौतालाई संसदबाट अनुमोदन गर्न नेपाली कांग्रेसको प्रष्ट समर्थन रहने जनाइएको छ ।

सम्बन्धित समाचार

किन चन्द्रमाकाे ढुङ्गा पृथ्वीमा ल्याउन चाहन्छ चीन ?
किन चन्द्रमाकाे ढुङ्गा पृथ्वीमा ल्याउन चाहन्छ चीन ?
  • २०७६ पुष १५, ०६: ४७: २२

नयाँ विकल्प,एजेन्सी -चीनले सन् १९७० को दशकयता चन्द्रमाबाट ढुङ्गाका नमुना ल्याउन पहिलो पटक प्रयास गर्ने भएको छ। मङ्गलवार प्रक्षेपण गरिने...

वीरका कर्मचारीले ८ महिनादेखि जाेखिम भत्ता नपाउँदा सवै स्थानीय तहमा अस्पताल खाेल्न उर्दी
वीरका कर्मचारीले ८ महिनादेखि जाेखिम भत्ता नपाउँदा सवै स्थानीय तहमा अस्पताल खाेल्न उर्दी
  • २०७६ पुष १५, ०६: ४७: २२

नयाँ विकल्प काठमाडाैं – सरकारले काेराेना संक्रमण नियन्त्रणकालागि प्रत्यक्ष रूपमा खटिने स्वास्थ्यकर्मीलाइ तलबकाे शतप्रतिशत भत्ता उपलब्ध गराउने घाेषणा गरेकाे थियाे...

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमाको लन्डनमा निधन
पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमाको लन्डनमा निधन
  • २०७६ पुष १५, ०६: ४७: २२

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमा बेगम सामिम अख्तरको आइतबार लन्डनमा निधन भएको छ । पाकिस्तानको पाकिस्तान मुस्लिम लिग (नवाज)...

भर्खरै

TOP