November 28, 2020, Saturday

जसका विरुद्ध भेला उसैकोमा लन्च पार्टी

काठमाडौं । नेपाली कांग्रेसको विधानको केही दफाहरु निलम्वन गर्दै बहुमतको आधारमा पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका ल्याउने सभापति शेरबहादुर देउवाकोे निर्णयबिरुद्ध उभिएका असन्तुष्ट नेताहरुलाई साथ दिन काठमाडौंमा भेला गरेका जिल्ला सभापतिहरुले आफ्ना पाँच बुँदे माग पुरा गर्न शीर्ष नेतासँग भेटघाट गरे पनि निष्कर्ष भने निस्कन सकेन ।

असन्तुष्ट नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइरालाको आव्हानमा पुस २१–२३ सम्म पार्टी केन्द्रीय कार्यालयमा भेला गरेका संस्थापनइत्तरका जिल्ला सभापतिले भेलाबाट भएका निर्णय कार्यान्वयन गर्न सभापति देउवालाई विहीबार उनकै निवास बुढानिलकण्ठमा भेटेका थिए । सभापति देउवाले आफ्ना मागहरु पुरा गर्ने विषयमा स्पस्ट जवाफ नदिइ असन्तुष्ट नेतासँगको छलफल र सहमतिमै गर्ने जवाफ दिएपछि भेलाको औचित्य पुष्टी गर्न जिल्ला सभातिहरु अन्य नेताको निवासमा गएर परामर्श समेत गरेका थिए ।

जिल्ला सभापतिहरुको भेलाको कुनै बैधानिकता नहरेको भन्दै देउवाले आफू निर्वाचित सभापति भएको र बहुमतको आधारमा भएको निर्णयबिरुद्ध नलाग्न चेतावनी समेत दिएपछि पाँच बुँदे माग पुरा गर्न जिल्ला सभापतिहरु अन्य नेतालाई आग्रह गर्दै हिँडेका हुन् । देउवाले पुस ११ गतेका सबै निर्णयलाई फिर्ता गर्न नसकिने जनाएपछि निरास भएका जिल्ला सभापतिहरु कसरी जिल्ला फर्कने भन्ने विषयमा अलमलमा परेका छन् । बहुमतको आधारमा भएका निर्णय उल्टाउन सभापतिलाई दबाब दिन जिल्ला सभापतिहरु काठमाडौं आएका थिए ।

आफ्ना माग पुरा गर्न देउवाले सहमतिको प्रयास गर्ने भनेकाले महाधिवेशनको मिति तोक्ने लगायतका काम सहमतिको आधारमा होस भन्ने उदेश्यले अन्य शीर्ष नेतासँगको भेटमा लागेको रोल्पाका सभापति अमरसिंह पुनले जनाए । विहीबार सभापति देउवासँग भेटेको जिल्ला सभापतिहरुले शुक्रबार विहान पूर्वमहामन्त्रीद्धय कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह चण्डोल र चाक्सीवारीमा निवासमै गएर भेटेका थिए । उनीहरुले उपसभापति विजयकुमार गच्छदारलाई दिउँसो भेटेका थिए भने अपरान्ह ३ बजे महामन्त्री डा. शशांक कोइरालालाई भेटेका थिए ।

जिल्ला सभापतिको भेला अवधिभर सँगै बसेका वरिष्ठ नेता रामचन्द्र पौडेल भने विहीबार नै गृह जिल्ला तनहुँ तिर लागेपछि जिल्ला सभापतिहरु उनलाई नभेटी जिल्ला फर्किएका छन् । जिल्लाबाट पार्टीमा देखिएको असमझदारी हटाएर सहमति निर्माण गर्ने उदेश्यले राजधानी आएकाले सकारात्मक सन्देश नदिइ वा निष्कर्ष ननिकालिकन जिल्ला फर्किएको दाबी पार्टी संस्थापन पक्षका नेताहरुले निष्कर्ष निकालेका छन् ।

असन्तुष्ट नेताले पुस ११ गते केन्द्रीय कार्यसमितिको बैठकले बहुमतको आधारमा गरेको निर्णय फिर्ता नलिएसम्म त्यसको कार्यान्वयन नगर्न आफूपक्षधर जिल्ला सभापतिहरुलाई आग्रह गरेका थिए । जिल्ला सभापतिले अघि सारेका माग र असन्तुष्ट नेताहरुको कुन माग संवोधन गर्न सकिने वा नसकिने भन्ने विषयमा पार्टी संस्थापन पक्षले समेत स्पस्ट पार्न नसकेको अवस्थामा कांग्रेसका आम कार्यकर्तामा अन्योल र द्धिविधाको अवस्था सृजना भएको छ ।

असन्तुष्ट जिल्ला सभापति भेलाका सहभागीहरु

नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला लगायतको आव्हानमा भएको जिल्ला सभापति भेलामा ४४ जना जिल्ला सभापति र दुई जना जिल्ला सभापतिका प्रतिनिधिले भाग लिएका छन् । जिल्ला सभापति भेलाको संयोजन गरिरहेका रोल्पाका सभापति तथा पूर्वराज्यमन्त्री अमरसिंह पुनले संस्थापन पक्षको दबाब, आग्रह, पूर्वाग्रह तथा डर र त्रासका कारण एक दर्जन जिल्ला सभापति उपस्थित हुन नपाएको दाबी गरे ।

प्रदेश नम्वर एकका १४ जिल्लामध्ये ओखलढुंगा र धनकुटावाहेक सबै जिल्ला सभापतिको सहभागीता थियो । धनकुटाका सभापति अग्नीप्रसाद पौडेल अनुपस्थित भए पनि समर्थन भने रहेको थियो । विगतमा सभापति देउवा निकट भनेर चिनिएका मोरङका डिकबहादुर लिम्वु र सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुराका सभापति कर्णबहादुर मल्ल, उपसभपाति विजयकुमार गच्छदार र ज्ञानेन्द्रबहादुर कार्कीको गृह जिल्ला सुनसरीका सभापति राजिप कोइराला भेलामा उपस्थित थिए ।

महामन्त्री पूर्णबहादुर खड्काको गृह जिल्ला सुर्खेतका सभापति कमलराज रेग्मी समेत भेलामा उपस्थित छन् । नवलपरासी पश्चिमका सभापति अर्जुन पोखरेलले सचिवलाई प्रतिनिधि पठाएका छन् भने गणेशबहादुर चन्दले उपसभापतिलाई प्रतिनिधिको रुपमा पठाएका छन् ।

गण्डकी प्रदेशका १० जिल्लामध्ये ५ जना, पाँच नम्वर प्रदेशका १२ मध्ये १० जना जिल्ला सभापतिको उपस्थिति थियो । कर्णाली प्रदेशका १० जिल्लामध्ये ८ जिल्ला सभापति, सूदुरपश्चिमका ९ जिल्लामध्ये तीन जिल्ला सभापति उपस्थित थिए । प्रदेश दुईबाट भने भेलामा एक जना पनि सभापति आएका थिएनन् । यो प्रदेशमा आठ जिल्ला छन् । जिल्ला सभापतिहरुको भेलालाई नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले संवोधन गरेका थिए ।

१. लिलादेवी बोखिम ताप्लेजुङ, नरेन्द्रकुमार केरुङ पाँचथर, हिमालय कर्माचार्य इलाम, उद्धव थापा झापा, दिपनकुमार श्रेष्ठ संखुवासभा, गोविन्द ढुङ्गाना तेह्रथुम, राजीव कोइराला सुनसरी, डिगबहादुर लिम्वु मोरङ, विनोदकुमार बस्नेत सोलुखुम्बु, नरेशकुमार श्रेष्ठ खोटाङ, विदुर बस्नेत उदयपुर, उज्ज्वलप्रसाद बराल सिन्धुली, कर्णबहादुर मल्ल डडेल्धुरा, विकास लामा सिन्धुपाल्चोक, मधु आचार्य काभ्रेपलान्चोक, कृष्ण (सवुज) बानियाँ काठमाडौं, जगदीश्वर नरसिंह केसी नुवाकोट, रमेश धमला धादिङ, जीतनारायण श्रेष्ठ चितवन, भेषबहादुर पौडेल लम्जुङ, बैकुण्ठ न्यौपाने तनहुँ, कृष्ण केसी काश्की, विष्णुप्रसाद लामिछाने नवलपरासी (पूर्व), भुवनप्रसाद श्रेष्ठ गुल्मी, बीरबहादुर राणा पाल्पा, विष्णुप्रसाद खनाल मुस्कान अर्घाखाँची, सुरेन्द्रराज आचार्य कपिलवस्तु, अमरसिंह पुन, अमरप्रसाद भण्डारी प्युठान, किरण कोइराला बाँके, सञ्जय गौतम बर्दिया, केशरमान रोक्का रुकुम (पूर्व), अर्जुन पोखरेल (सभापति)को प्रतिनिधि सचिव नवलपरासी (पश्चिम), गणेश बहादुर चन्द (सभापति) का प्रतिनिधि उपसभापति सल्यान, दीप बहादुर शाही जुम्ला, हर्षबहादुर बम कालीकोट, दीपकजंग शाह जाजरकोट, कृष्णकुमार विसी दैलेख, कमलराज रेग्मी सुर्खेत, खड्गबहादुर शाही मुगु, ललितसिंह बोहोरा दार्चुला, नरेन्द्र थापा बैतडी, नन्दमणि राई भोजपुर, याङजिङ विष्ट मुस्ताङ, कुमार राणा स्याङ्जा र प्रेमप्रकाश वली रुकुम (पश्चिम) रहेका छन् ।

सम्बन्धित समाचार

उद्योग वाणिज्य महासंघको अध्यक्षमा गोल्छा, बरिष्ठ उपाध्यक्ष प्रधानको प्यानल बलियो
उद्योग वाणिज्य महासंघको अध्यक्षमा गोल्छा, बरिष्ठ उपाध्यक्ष प्रधानको प्यानल बलियो
  • २०७६ पुष २८, ०६: ५१: ४२

नयाँ बिकल्प, काठमाडौं – निजी क्षेत्रको साझा संगठन नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको जिम्मेवारी आजबाट शेखर गोल्छाले सम्हालेका छन् ।...

‘भ्रष्टाचारका संरक्षक’ प्रधानमन्त्री ओलीलाई  राजिनामा गर्न अधिकारकर्मीहरुको माग
‘भ्रष्टाचारका संरक्षक’ प्रधानमन्त्री ओलीलाई राजिनामा गर्न अधिकारकर्मीहरुको माग
  • २०७६ पुष २८, ०६: ५१: ४२

नयाँ विकल्प, काठमाडाैं-ट्रान्परेन्सी इन्टरनेसनलले हालै प्रकाशित गरेको प्रतिवेदनले नेपाल एसियामै सबैभन्दा बढी भ्रष्टाचार हुने देश भनेर औल्याएकोले नैतिकताको आधारमा उचित...

७१ बर्षिय बृद्धलाई बलत्कार गर्ने ३४ बर्षका गिरी प्रहरीकाे नियन्त्रणमा
७१ बर्षिय बृद्धलाई बलत्कार गर्ने ३४ बर्षका गिरी प्रहरीकाे नियन्त्रणमा
  • २०७६ पुष २८, ०६: ५१: ४२

नयाँ विकल्प पाेखरा- जिल्ला प्रहरी कार्यालय कास्कीले ७१ बर्षे एकल बृद्ध महिला बलत्कार गरेकाे आराेपमा पोखरा महानगरपालिका -१९ पुरन्चौरका ३४...

भर्खरै

TOP