November 28, 2020, Saturday

राजपाभित्र उम्मेदवार बनाउँदा आर्थिक लाभ लिएको गुनासो

काठमाडौं । सत्तारुढ समाजवादी पार्टीलाई छक्काउँदै सत्ताको नेतृत्व गरेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँग राष्ट्रिय सभाको आगामी माघ ९ गते १८ पदका लागि हुने निर्वाचनमा गठबन्धन गर्न सफल राष्ट्रिय जनता पार्टी (राजपा) ले उम्मेदवार छनोट गर्दा आर्थिक लाभ लिएको गुनासो सार्वजनिक हुन थालेको छ ।

कात्तिक मसान्तसम्ममा सत्तारुढ दल समाजवादी पार्टीसँग पार्टी एकताको प्रतिक्षमा बसेको राजपाको नेतृत्वलाई समाजवादीको कात्तिक २८ देखि ३० गतेसम्म काठमाडौंमा बसेको संघीय परिषद् बैठकले सत्ताबाट नवाहिरिने निर्णय गरेर झुक्याएको थियो । समाजवादीले झुक्याएपछि समाजवादीसँग चिढिएका राजपा अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोले नेकपका संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङमार्फत राष्ट्रिय सभाको निर्वाचनमा नेकपासँग गठबन्धन गर्न सफल भएको थियो ।

सत्तारुढ दल नेकपासँग मिलेर दुई नम्वर प्रदेशमा राम्रो पकड भएको राजपाका २ जनालाई राष्ट्रिय सभा सदस्यमा निर्वाचित गर्न सकिन्छ भन्ने योजना अनुसार नै राजपा अध्यक्षमण्डलका संयोजक महतो र अर्का अध्यक्ष शरतसिंह भण्डारीले यस्तो सहमतिको डिजाइन गरेका थिए । सत्तामा जानको लागि खुट्टा उचालेर बसेका राजपा अध्यक्षहरुले राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ नेकपासँगको सहकार्य र गठबन्धनलाई सत्ता आरोहण सिंढी बनाउँदैछन् ।

राष्ट्रिय सभामा दुई वर्षे कार्यकाल राजपाका दुई सांसदको यही फागुन २० गतेदेखि सकिँदैछ । ६ जना अध्यक्ष मण्डलका सदस्यहरुमध्ये संसदीय दलको नेता समेत रहेका महन्थ ठाकुर निकटका बृषेशचन्द्र लाल र अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादव निकट रमेशप्रसाद यादवको कार्यकाल समाप्त हुँदैछ ।

तर, यस पटक राजपाले भने सबैलाई चकित बनाउँदै अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतो निकटका तत्कालिन सद्भावना पार्टीका नेता मृगेन्द्रप्रसाद सिंह यादव र भण्डारी निकटका तत्कालिन राष्ट्रिय मधेश समाजवादी पार्टी (रामसपा) का नेता शेखर सिंहलाई प्रदेश नम्वर २ बाट राष्ट्रिय सभा सदस्यको उम्मेदवार छनोट गरेको थियो। राष्ट्रिय पार्टी बनाउने भन्दै संगठन गरेका राजपाका अध्यक्षहरु मुलुकका अन्य प्रदेशलाई छाडेर २ नम्वर प्रदेशमा मात्र केन्द्रीत भएको आरोप लागिरहेको बेला राजपा अध्यक्ष मण्डलले २ नम्वर प्रदेशको पनि सप्तरी जिल्लाबासीलाई मात्र अवसर दिएको छ ।

यादव र सिंह दुवै सप्तरीका जमिन्दार हुन् । यादव नेपाल सद्भावना पार्टीबाट तत्कालिन सूर्यबहादुर थापाको राष्ट्रिय जनशक्ति पार्टी, मधेशी जनअधिकारी फोरम, फोरम लोकतान्त्रिकबाट सद्भावना पार्टी हुँदै राजपाका उपाध्यक्ष भएका छन् । राजपा यादव र सिंहलाई उम्मेदवार बनाउँदा अध्यक्ष मण्डलका संयोजक महतो र सदस्य भण्डारीले ५० लाख रुपैयाँसम्मको सौदावाजी गरेको चर्चा राजपाको केन्द्रीय कार्यालय बबरमहलमा चल्न थालेको छ ।

अन्य जिल्लालाई छाडेर दुवै उम्मेदवार सप्तरीबाट मात्र छानेपछि राजपामा असन्तुष्टि चृलिएको छ । भोजपुरा भाषी रौतहट, बारा र पर्षाका राजपाका नेताहरुले सप्तरीबाट मात्र उम्मेदवार बनाइएको भन्दै असहयोग गर्ने चेतावनी दिएका छन् । राजपा भित्रको असन्तुष्टिलाई समाजवादी र नेपाली कांग्रेसको गठबन्धनका उम्मेदवारले फाइदा लिने रणनीति बनाएका छन् ।

महतो र मण्डारीले यादव र सिंहसँग आर्थिक लाभ लिएको आशंकामा पदाधिकारीले संसदीय दलका नेता महन्थ ठाकुरसँग गुनासो समेत गरेका छन् । सप्तरीको बोदेबर्साइनका स्थायी वासिन्दा यादव र सिंहले राजपा अध्यक्ष मण्डलका सदस्यहरु राजकिशोर यादव र अनिल झालाई समेत खुसी बनाएको चर्चा बबरमहल तिर चल्न थालेको छ ।

राजपाका महासचिव केशव झालाई राजपाले राष्ट्रिय सभामा उम्मेदवार बनाउने धेरैले अड्कलबाजी गरेका थिए । राजपाले आर्थिक प्रलोभनमा उम्मेदवार उठाएको भन्ने हल्ला चलेपछि नेकपाका उम्मेदवारलाई समेत राजपाका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरका प्रमुख र उपप्रमुखले भोट नदिने सम्भावना रहेको कुरा राजापाका एक नेताले बताए ।

सम्बन्धित समाचार

उद्योग वाणिज्य महासंघको अध्यक्षमा गोल्छा, बरिष्ठ उपाध्यक्ष प्रधानको प्यानल बलियो
उद्योग वाणिज्य महासंघको अध्यक्षमा गोल्छा, बरिष्ठ उपाध्यक्ष प्रधानको प्यानल बलियो
  • २०७६ माघ ७, ०८: ११: ३६

नयाँ बिकल्प, काठमाडौं – निजी क्षेत्रको साझा संगठन नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको जिम्मेवारी आजबाट शेखर गोल्छाले सम्हालेका छन् ।...

‘भ्रष्टाचारका संरक्षक’ प्रधानमन्त्री ओलीलाई  राजिनामा गर्न अधिकारकर्मीहरुको माग
‘भ्रष्टाचारका संरक्षक’ प्रधानमन्त्री ओलीलाई राजिनामा गर्न अधिकारकर्मीहरुको माग
  • २०७६ माघ ७, ०८: ११: ३६

नयाँ विकल्प, काठमाडाैं-ट्रान्परेन्सी इन्टरनेसनलले हालै प्रकाशित गरेको प्रतिवेदनले नेपाल एसियामै सबैभन्दा बढी भ्रष्टाचार हुने देश भनेर औल्याएकोले नैतिकताको आधारमा उचित...

७१ बर्षिय बृद्धलाई बलत्कार गर्ने ३४ बर्षका गिरी प्रहरीकाे नियन्त्रणमा
७१ बर्षिय बृद्धलाई बलत्कार गर्ने ३४ बर्षका गिरी प्रहरीकाे नियन्त्रणमा
  • २०७६ माघ ७, ०८: ११: ३६

नयाँ विकल्प पाेखरा- जिल्ला प्रहरी कार्यालय कास्कीले ७१ बर्षे एकल बृद्ध महिला बलत्कार गरेकाे आराेपमा पोखरा महानगरपालिका -१९ पुरन्चौरका ३४...

भर्खरै

TOP