May 13, 2021, Thursday

सापकोटा सभामुख बन्ने भएपछि राष्ट्रपतिका सल्लाहकारको राजिनामा

काठमाडौं । राष्ट्रपति श्रीमति विद्यादेवी भण्डारीको पहिलो कार्यकालका दुई वर्ष र दोस्रो कार्यकालका करिब दुई बर्ष विज्ञ सल्लाहकारका हैसियतमा जिम्मेवारी सम्हालेका सुशील प्याकुरेलले पदबाट राजिनामा दिएका छन् ।

सामजिक न्याय र लोकतन्त्रका लागि विगत साढे चार दशकदेखि आफू समर्पित भएको व्यक्तिका हैसियतमा काम गरेको दाबी गर्दै प्याकुरेलले कानूनी सर्वोच्चताकोलागि आफू सँधै समर्पित व्यक्ति भएको दाबी गरेका छन् । उनले राजिनामाको स्पस्ट कारण केही नखुलाए पनि सामाजिक न्याय । कानूनी राजको लागि आफू लडि आएको व्यक्ति भएको दाबी बारम्बार गरेका छन् ।

उनको यो दाबी न्यायको लागि अर्जुन लामाको हत्याका दोषीलाई सजाय दिलाउन माग गर्दै सर्वोच्च अदालतमा मुद्धा दायर गरेको पिषयलाई आकर्षित गरेको छ । प्याकुरेलले नै तत्कालिन नेकपा माओवादीका सांसद तथा हाल नेकपाका सांसद भएका अग्नीप्रसाद सापकोटाका बिरद्ध कर्तब्य ज्यानमा सजाय दिन माग गर्दै सर्वोच्चमा रिट दिएका थिए ।

सुशील प्याकुरेलले जसका बिरुद्ध रिट दिए उनै व्यक्ति सभामुख जस्तै संवैधानिक परिषद्को सदस्यको हैसियतमा पुग्ने भएपछि नैतिकताको आधारमा पदबाट राजिनामा दिएको धेरैको बुझाई छ । सापकोटा बिरुद्ध उनै प्याकुरेलले दायर गरेको रिट निवेदन र तत्कालिन न्यायमूर्तीको आदेश कार्यान्वयन गर्न माग गर्दै अर्को रिट शुक्रबार परेपछि प्याकुरेलले प्रतिवादी बनेका व्यक्तिलाई सभामुख मान्न तयार नभएर राजिनामा दिएको बुझिएको छ ।

सम्बन्धित समाचार

एमाले विवादः माधव नेपालसहित चार नेतामाथिको कारबाही फुकुवा
एमाले विवादः माधव नेपालसहित चार नेतामाथिको कारबाही फुकुवा
  • २०७६ माघ १३, ०६: ३१: २७

नयाँ विकल्प, काठमाडाैं- नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेतामाथि गरिएको कारबाही फुकुवा गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास...

सत्ता संकटमा परेपछि माधव नेपालकाे शरणमा पुगे ओली पक्षीय नेताहरू
सत्ता संकटमा परेपछि माधव नेपालकाे शरणमा पुगे ओली पक्षीय नेताहरू
  • २०७६ माघ १३, ०६: ३१: २७

नयाँ विकल्प, काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीकाे सत्ता संकटमा परेपछि माधव नेपाललाइ फकाउन ओली निकट नेताहरू नेपाल निवासमा पुगेका छन्...

सगरमाथा चढ्न गएका दुई जना विदेशी आरोहीको मृत्यु
सगरमाथा चढ्न गएका दुई जना विदेशी आरोहीको मृत्यु
  • २०७६ माघ १३, ०६: ३१: २७

नयाँ विकल्प, काठमाडाैं- सगरमाथा चढ्न गएका दुई जना विदेशी आरोहीको मृत्यु भएको छ। स्विट्जरल्यान्डका आरोही अब्दुल वारैच र अमेरिकी आरोही...

भर्खरै

TOP