November 28, 2020, Saturday

कांग्रेस विवाद भागवण्डा गरी सकियो

काठमाडौं । नेपाली कांग्रेसमा १४औं महाधिवेशनको कार्यतालिका घोषणा लगायतको विषयमा सहमति जुट्न नसक्दा देखिएको बिबाद करिव एक महिनापछि टुंगिएको छ ।

पार्टीका शीर्ष नेताबीच सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा शुक्रबार करिव ६ घण्टा लामो छलफलपछि भएको सहमतिलाई बैधानिकता दिने काम भने सोमबार पार्टी केन्द्रीय कार्यालयमा बस्ने केन्द्रीय कार्यसमिति बैठकले गर्ने भएको छ ।

महाधिवेशनको कार्यतालिका पेश गर्न सभापति देउवाले नमानेका कारण गत मंसिर २६ गते बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक पार्टीका असन्तुष्ट नेताहरु रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्रीद्धय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलासहित तीन दर्जन केन्द्रीय सदस्यले बैठक बहिस्कार गरेका थिए ।

असन्तुष्ट नेताको बहिस्कारकाबीच पार्टी सभपाति देउवाले गत पुस ११ गतेको केन्द्रीय कार्यसमिति बैठकबाट पार्टीको महाधिवेशनको मिति घोषणा अन्य तहको अधिवेशनको कार्यतालिकासहित पार्टी विधानको दफाहरु निलम्बन र संशोधन गर्ने निर्णय गरेपछि पार्टी भित्रको बिबाद उत्कर्षमा पुगेको थियो ।

केन्द्रीय कार्यसमितिको पुस ११ गतेको निर्णय फिर्ता लिन तयार नभएसम्म बैठकमा भाग नलिने र त्यस्तो निर्णय समेत नमान्ने निष्कर्षमा असन्तुष्ट नेता पुगेपछि सभापति देउवा सहमतिको लागि तयार भएका थिए ।

केन्द्रीय कार्यसमितिको निर्णय कार्यान्वयन गर्ने महत्वपूर्ण निकाय पार्टीको जिल्ला कार्यसमिति हो । तर बहुमत जिल्ला सभापति देउवाको अध्यक्षतामा गत पुस ११ गते भएको निर्णयको बिरुद्धमा लागेपछि देउवा सो अडान र निर्णयबाट पछि हटेर सहमतिको आधारमा अघि बढ्न बाध्य भएका थिए ।

देउवाले बिबादको निकासका लागि उपसभापति विमलेन्द्र निधि एक्लैलाई जिम्मेवारी दिएका थिए । निधिसँग वार्ता गर्न असन्तुष्ट नेतमा रामचन्द्र पौडेलले भने प्रकाशमान सिंहको संयोजकत्वमा दिलेन्द्रप्रसाद बढु र हृदयराम थानी सदस्य रहेको कार्यदल बनएका थिए । तर दुई पक्षबीच भएको छलफलले निकास दिन नसकेपछि सभापति देउवाले निधि, सिंह र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई वार्ता गरी निकास निकाल्ने जिम्मेवारी दिएका थिए ।

बिबाद समाधानको लागि नेता सिटौलाको संलग्नतापछि पार्टीमा देखिएको मतभेदको अन्त्य भइ सहमति जुटेको थियो । विहीबार देउवा निवास बुढानिलकण्ठमा भएको बैठकमा संस्थापन पक्षबाट देउवासहित निधि, महामन्त्री पूर्णबहादुर खड्का र रमेश लेखक थिए भने असन्तुष्ट पक्षबाट नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्रीद्धय सिंह र सिटौला र डा. मिनेन्द्रप्रसाद रिजालको उपस्थिति थियो ।

सहमति अनुसार पार्टीको महाधिवेशनको मिति भने नसर्ने भएको छ । जसअनुसार महाधिवेशन २०७७ साल फागुन ७ देखि १० गतेसम्म हुने र प्रदेश, जिल्ला, संघीय निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचन क्षेत्र क्षेत्रीय कार्यसमितिको अधिवेशनको मिति भने संशोधन हुने भएको छ । त्यस्तै, महाधिवेशनको एक वर्षअघि नै क्रियालिस सदस्यता नविकरण भइसकेको हुनुपर्ने प्रावधानलाई पनि संशोधन गरिएको छैन् ।

सहमति अनुसार २८ बाट ४७ वटा विभाग बनाइएको तिमध्ये ५२ प्रतिशत संस्थापन पक्षले, ३५ प्रतिशत असन्तुष्ट पक्षको रामचन्द्र पौडेल समूहले र १३ प्रतिशत सिटौला पक्षले पाउने भएका छन् ।

त्यस्तै, नेपाल तरुण दलमा पनि सिटौला पक्षलाई १३ देखि १५ प्रतिशत भाग दिने सहमति भएको छ । नेपाल विद्यार्थी संघमा भने सिटौला पक्षलाई २७ प्रतिशत भाग दिने भएको छ भने पौडेल पक्षलाई ३३ प्रतिशत र वाँकी सभापति देउवा पक्षले लिने सहमति भएको छ । त्यसका लागि नेताहरुबीच नेविसंघलाई पूर्णता दिने सहमति भएको छ ।

नेविसंघको एक सय २७ सदस्यीय केन्द्रीय समितिमा अध्यक्षसहित दुई उपाध्यक्ष, तीन महामन्त्री, दुई सहमहामन्त्री र कोषाध्यक्षसहित ४९ जना सभापति देउवा निकटका हुनेछन् । दुई उपाध्यक्ष, दुई महामन्त्री र दुई सहमहामन्त्री बरिष्ठ नेता रामचन्द्र पौडेल निकट रहनेछन् भने दुई उपाध्यक्ष, दुई महामन्त्री र दुई सहमहामन्त्री नेता कृष्णप्रसाद सिटौला निकट रहने सहमति भएको छ । एक महामन्त्री कांग्रेस उपसभापति विजयकुमार गच्छदार निकटलाई दिइने भएको छ ।

स्रोतका अनुसार नेविसंघको अध्यक्षमा विद्यार्थी नेता राजीव ढुंगानाको नाममा सहमति भएको छ । अन्य नामहरुको टुंगो भने आ–आफ्नो समुहमा छलफल गरि सोमबार बस्ने कांग्रेस केन्दीय कार्यसमितिको बैठकबाट अनुमोदन गर्ने तयारी छ ।

नेविसंघको नेतृत्व ३२ बर्ष मुनिको हुने भनिएता पनि महाधिवेशन गराउनका लागि बनाइएको नेविसंघ समिति भएको कारण ३२ बर्षको हद लगाइएको छैन । नेविसंघको विधानमा ३२ को उमेर हद रहेको छ । यो विधान आगामी महाधिवेशनमा लागू हुने भएको छ ।

आगामी महाधिवेशनमा भाग लिन २०७५ साल माघमा ३२ वर्ष उमेर नकाटेका विद्यार्थीले भाग लिन पाउने छन् । कांग्रेस सभापति देउवाको दबाबमा नेविसंघका निर्वाचित अध्यक्ष नैनसिंह महरले गत वर्ष माघ २८ गते पदबाट राजिनामा दिएपछि नेविसंघको केन्द्रीय समिति भंग भएको थियो ।

निर्वाचन गराउन गठन गरिएको समिति भएको कारण उमेर हद लागू नगराइएको बताइएको छ । समितिमा बस्ने पदाधिकारी तथा सदस्यले नेवसंघको महाधिवेशनमा भाग लिन नपाउने पनि नेताहरुबीच सहमति भएको छ ।

सम्बन्धित समाचार

उद्योग वाणिज्य महासंघको अध्यक्षमा गोल्छा, बरिष्ठ उपाध्यक्ष प्रधानको प्यानल बलियो
उद्योग वाणिज्य महासंघको अध्यक्षमा गोल्छा, बरिष्ठ उपाध्यक्ष प्रधानको प्यानल बलियो
  • २०७६ माघ १४, ०७: २७: ४०

नयाँ बिकल्प, काठमाडौं – निजी क्षेत्रको साझा संगठन नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको जिम्मेवारी आजबाट शेखर गोल्छाले सम्हालेका छन् ।...

‘भ्रष्टाचारका संरक्षक’ प्रधानमन्त्री ओलीलाई  राजिनामा गर्न अधिकारकर्मीहरुको माग
‘भ्रष्टाचारका संरक्षक’ प्रधानमन्त्री ओलीलाई राजिनामा गर्न अधिकारकर्मीहरुको माग
  • २०७६ माघ १४, ०७: २७: ४०

नयाँ विकल्प, काठमाडाैं-ट्रान्परेन्सी इन्टरनेसनलले हालै प्रकाशित गरेको प्रतिवेदनले नेपाल एसियामै सबैभन्दा बढी भ्रष्टाचार हुने देश भनेर औल्याएकोले नैतिकताको आधारमा उचित...

७१ बर्षिय बृद्धलाई बलत्कार गर्ने ३४ बर्षका गिरी प्रहरीकाे नियन्त्रणमा
७१ बर्षिय बृद्धलाई बलत्कार गर्ने ३४ बर्षका गिरी प्रहरीकाे नियन्त्रणमा
  • २०७६ माघ १४, ०७: २७: ४०

नयाँ विकल्प पाेखरा- जिल्ला प्रहरी कार्यालय कास्कीले ७१ बर्षे एकल बृद्ध महिला बलत्कार गरेकाे आराेपमा पोखरा महानगरपालिका -१९ पुरन्चौरका ३४...

भर्खरै

TOP