वरिष्ठ पत्रकार पन्नालाल गुप्ताको यही २०७६ साल माघ १५ गते बुधबार उपचारको क्रममा निधन भएको छ । ९ दशक पार गरेका गुप्ता लामो समयदेखि अस्वस्थ रहेका थिए ।
वरिष्ठ पत्रकार पन्नालाल गुप्ता नेपाल पत्रकार महासंघ बाँके शाखाको २०५६ भाद्रदेखि २०५८ फागुनसम्म सभापति समेत हुनुहुन्थ्यो । नेपालको पत्रकारिता क्षेत्रका अग्रणी व्यक्तित्व गुप्तालाई नेपाल पत्रकार महासंघले २०६० सालमा प्रेस स्वतन्त्रता सेनानी सम्मान गरेको थियो ।
बाँके शाखाको अभिभावक तथा देशभरीका पुराना पत्रकारहरुमध्ये पत्रकारिता क्षेत्रमा छट्टै पहिचान बनाउन सफल गुप्ता किरण साप्ताहिक पत्रिकाका सम्पादक हुन् । गुप्ताको निधनले बाँके शाखाले मात्र अभिभावक गुमाएन सिंगो पत्रकारिता क्षेत्रले अनुभवी, सिद्धान्त निष्ट, निर्भिक एवम् व्यवसायिक पत्रकार गुमाएको छ ।
पत्रकारिता क्षेत्रको लामो इतिहास बोकेका गुप्ताको निधनप्रति सिंगो महासंघले अभिभावक गुमाएको भन्दै महासचिवद्वारा वक्तवयमा उल्लेख गरेका छन् । प्रेस स्वतन्त्रता सेनानी श्री पन्नालाल गुप्ता(चाचा) को निधनप्रति यस मिडिया प्रा.लि. भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछ ।
नयाँ विकल्पकाठमाडाैं- नेकपा प्रचण्ड–माधव समूहले संसद सचिवालयलाई पत्र पठाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी सदस्यबाटै निश्कासन गरेको भन्दै संसदीय दलको...
नयाँ विकल्प गुल्मी- रेसुङ्गा नगरपालिका–३ अन्तर्गत भाडगाउँमा २२ वर्षीय सम्झना बोहोरा क्षेत्रीको हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको...
नयाँ बिकल्प, ललितपुर । बुधबार बिहान कलेज हिँडेकी एक छात्रालाई ललितपुरको बागडोलस्थित रिङरोडको सडक जेब्रा क्रसिङबाट पार गर्ने क्रममा एक...