November 30, 2020, Monday

सीतापाईला बहुउद्देश्यीय सहकारी संस्थाको २०औं साधारणसभा भव्य रुपमा सम्पन्न

सीतापाईला बहुउद्देश्यीय सहकारी संस्थाको २०औं वार्षिक साधारणसभा क्षेत्रगत रुपमा भव्य र सभ्य रुपमा सम्पन्न भएको छ । पश्चिम भेगमा सबैभन्दा शेयर सदस्य संख्या बढी भएको यस सहकारी संस्थाको शेयर सदस्यको सुविधाको लागि साधारण सभानै ५ स्थानमा सम्पन्न गर्दा ५ जना प्रमुख अतिथिहरुलाई निम्ताईएको थियो ।

जसअनुसार पौष ५ गते रामकोट थापा पार्टी प्यालेसमा भएको साधारणसभामा क्षेत्र नं. ९ ख प्रदेशका माननीय सांसद केशव पोख्रेल प्रमुख अतिथि रहनुभएको थियो । त्यसैगरी स्यूचाटार, कलंकी क्षेत्रको साधारणसभाको प्रमुख अतिथि नेपाल सरकारका पूर्व सचिव माधव प्रसाद घिमिरे रहनुभएको थियो । त्यस्तै १९ गते थानकोट क्षेत्रको वार्षिक साधारणसभा ग्रिनल्याण्ड पार्टी प्यालेसमा सम्पन्न भएको र यस साधारणसभामा प्रमुख अतिथि चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी रहनुभएको थियो ।

त्यसैगरी २६ गते इचंगु क्षेत्रमा वार्षिक साधारणसभा स्टार ब्याङ्केट स्वयंम्भुमा सम्पन्न भएको थियो भने प्रमुख अतिथि नागार्जुन नगरपालिकाका प्रमुख मोहन बहादुर बस्नेत रहनुभएको थियो । यसरी क्षेत्रगत रुपमा सम्पन्न २०औं वार्षिक साधारणसभाबाट प्रत्येक क्षेत्रका ८÷८ जनाको दरले प्रतिनिधि चयन भएपश्चात २९ गते पुनः शिखर पार्टी प्यालेस कलंकीमा बसेको केन्द्रीय प्रतिनिधीहरुको साधारणसभाको प्रमुख अतिथि साहित्यकार एवम् कवि श्रीप्रसाद आचार्य रहनु भएको वार्षिक साधारणसभामा संस्थाको वार्षिक गतिविधिका साथ आयव्यय तथा कार्यकारी अध्यक्ष केदार मानन्धरले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन समेत अनुमोदन गरिएको थियो ।

शेयरधनी सदस्य एवंम् महानुभावहरु
यस सीतापाईला बहुउद्देश्यीय सहकारी संस्था लि.को २०औं गौरवपूर्ण वार्षिक साधारण सभामा हाम्रो आमन्त्रणलाई स्वीकार गरि उपस्थित हुनुभएका प्रमुख अतिथि, अतिथिहरु, संस्थाका सदस्यहरु, लेखा समितिका संयोजक लगायत सदस्यहरु, सल्लाहकारहरु, उपसमितिका संयोजक तथा सदस्यहरु, शाखा समन्वय समितिका साथीहरु, व्यवस्थापन समिति र शुभचिन्तक महानुभावहरुमा संचालक समिति र मेरो व्यक्तिगत तर्फबाट हार्दिह स्वागत गर्दछु ।

यो संस्था, स्थानीय स्तरमा छरिएर रहेको पूंजीलाई बचतको माध्यमद्वारा एकिकृत गरि त्यसको उचित परिचालनद्वारा संस्थामा संलग्न सदस्यहरुको आर्थिक र सामाजिक रुपान्तरणसहित आत्मनिर्भर बनाउने अभिप्रायले २०५६ साल फाल्गुन ९ गते तत्कालिन डिभिजन सहकारी कार्यालय, काठमाडौंमा दर्ता गरिएको स्मरण गराउन चाहन्छु ।

संस्था स्थापनाको २ दशकको अवधिमा राज्यमा ठूला राजनीतिक परिवर्तनहरु भएका छन् तर बहुसंख्यक जनताले उक्त परिवर्तनबाट सुखद् अनुभूति गर्न पाएका छैनन् तथापी हामीले जुन प्रयोजनले संस्था स्थापना गरेका थियौं केही हदसम्म भएपनि आफ्नो कार्यक्षेत्र भित्रका सदस्यहरुको सामाजिक, आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याउन सकेका छौं । साथै चन्द्रागिरी, नागार्जुन नगरपालिका तथा काठमाडौं महानगरपालिकाको केही वडाहरुमा सहकारी मार्फत् सकारात्मक परिवर्तन ल्याउनमा योगदान गर्ने अग्रणी संस्थाको रुपमा पहिचान बनाउन सफल भएका छौं ।

नेपालको सहकारी अभियान प्रवद्र्धनात्मक चरणबाट व्यावसायिक चरणमा प्रवेश गरेको छ । अन्तर्राष्ट्रिय सहकारी दिवसको नारा अनुसार मर्यादित कामका लागि सहकारी विषयलाई व्यवहारमा रुपान्तरण गर्नु जरुरी छ । नेपालमा विभिन्न प्रकृतिका करिब ३५ हजार सहकारी संस्थाहरुमा ६३ लाख भन्दा बढी नेपाली आबद्ध रहेको, ६५ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी र १० लाख भन्दा बढीले अप्रत्यक्ष रोजगारी पाएको सहकारी विभागको तथ्याङ्कमा उल्लेख छ ।
नेपालको संविधान २०७२ ले सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता र स्वतन्त्र विकास मार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने परिकल्पना गरेको छ ।

संविधानको राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वमा सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता तथा विकास मार्फत् उपलब्ध साधन स्रोतको अभिकतम परिचालनद्वारा तिव्र आर्थिक वृद्धि हासिल गर्दै दिगो आर्थिक विकास गर्ने तथा प्राप्त उपलब्धीहरुको न्यायोचित वितरण गरि आर्थिक असमानताको अन्त्य गर्दै शोषण रहित समाजको निर्माण गर्न राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र तथा उन्नतिशील बनाउँदै समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने राज्यको आर्थिक उद्देश्य हुनेछ भन्ने उल्लेख भएको छ ।

सहकारी क्षेत्रको महत्वलाई स्वीकार गर्दै तीन खम्बे आर्थिक नीति संविधानले अंगिकार गर्नु सहकारी आन्दोलनको लागि महत्वपूर्ण उपलब्धी हो । सहरी ऐन, २०७४ र सहकारी नियमावली, २०७५ समेत कार्यान्वयनमा आएको छ । प्रदेश सरकार र स्थानीय सरकारले पनि सहकारी ऐन तथा नियमावलीहरु निर्माण गरिरहेका छन् ।

तथापी सहकारी ऐन तथा नियमावलीहरु सहकारी मैत्री नभएको गुनासो सहकारी अभियन्ताहरुको छ । जस्तै बहुउद्देश्यीय सहकारीले कारोबारको ७५ प्रतिशत पूंजी बचत तथा ऋण बाहेक अन्य क्षेत्रमा लगानी गर्नुपर्ने बाध्यकारी व्यवस्था, आयकरमा विभेद तथा सन्दर्भ व्याजदर जस्तो कारणले ऐन, नियमहरु सहकारी प्रवद्र्धनात्मक भन्दा बढी नियन्त्रणमुखी भएको देखिन्छ ।

सदस्य महानुभावहरु, यस संस्थाले दुई दशक पार गर्दैगर्दा सदस्यहरुको आवश्यकता, चाहना पनि परिवर्तन भैइरहेका छन् । यस अनुरुप संस्थाले आफ्ना कार्यक्रमहरु तर्जुमा र कार्यान्वयन गर्न हरसम्भव प्रयास गरिरहेको छ । बदलिदो समय र प्रतिस्पर्धात्मक वातावरणलाई आत्मसाथ गर्दै सदस्हरुलाई गुणस्तरीय सेवा दिन सफ्टवेयर, ए.टि.एम., मोबाईल बैंकिङ्ग, अन्तरशाखा कारोबार सुविधा, संस्था एकीकरण, सेवा केन्द्र, मनि ट्रान्सफर, लघुवित्त सेवा, बालबालिका, महिला, युवा, जेष्ठ नागरिक र विद्यार्थी क्लब जस्ता कार्यक्रमहरु संचालन गरिरहेको सर्वविदितै छ ।

संस्थाको स्पष्ट दृष्टिकोण र ध्येयले संस्थाको उद्देश्य प्राप्त गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । दुई दशकको सफल संचालनको अनुभव, प्रतिबद्ध एवं कुशल नेतृत्व र कार्यशैली, कर्मठ एवं दक्ष कर्मचारी, सक्रिय सदस्यहरुनै हामीलाई सामूहिक रुपमा एकबद्ध भई समुदायको हितको खातिर निरन्तर लागिरहने प्रेरणाका स्रोत भएका छन् ।

अब म यस संस्थाको आ.व. ०७५÷०७६ को प्रगति विवरणहरु प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
गत आर्थिक वर्ष २०७५÷२०७६ को प्रगति समीक्षा
शेयरसदस्यहरु

अब, म आ.व. २०७५÷०७६ मा संस्थाले हासिल गरेको प्रगति विवरण निम्नानुसार बुंदागत रुप प्रस्तुतु गर्न चाहन्छुः
(१) गौरवमय १९औं वार्षिक साधारण सभा भव्य रुपमा सम्पन्नः
यस संस्थाको १९औं वार्षिक साधारणसभा २०७५ साल मंसिर २२ गते शनिवारका दिन चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीबाट उद्घाटन गरि संचालन गरिएको थियो । सभामा संस्थाका कुल ५,२७८ जना प्रतिनिधि सदस्यमध्ये ३७१८ (७०.४४ प्रतिशत) जनाको उपस्थिति रहेको थियो । सभाबाट संस्थाको तर्फबाट प्रस्तुत प्रगति प्रतिवेदन, प्रस्तावित कार्यक्रम, अनुमानित बजेट र लेखा परीक्षक नियुक्ति गर्ने सम्बन्धी प्रस्तावहरु पारित भएको थियो ।

(२) नियमित कार्यसम्पादनः
गत वर्षको साधारण सभाले पारित गरेको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न सञ्चालक समितिको बैठक १३ पटक, लेखा समितिको बैठक ११ पटक, कर्जा उपसमितिको बैठक ११ पटक, शिक्षा उपसमितिको बैठक ३ पटक र महिला सशक्तिकरण तथा लघुवित्त उपसमितिको बैठक १ पटक तथा अन्य उपसमिति र कर्मचारी बैठकहरु पनि आवश्यकता अनुसार पटक–पटक भएका छन् । बैठकहरुका निर्णयहरु संस्थाको कार्य सम्पादन चुस्तदुरुस्त बनाउन प्रभावकारी भएका छन् ।
(३) सदस्यताः
आ.व.२०७४÷२०७५ मा सदस्य ५,२७८ जना भएकोमा सो वृद्धि भई आ.व. २०७५÷२०७६ मा महिला ३,१०० र पुरुष २,२९९ जना गरी जम्मा ५,३९९ शेयर सदस्यहरुको आबद्धता रहेको छ, जुन गत वर्षको तुलनामा २.२९% ले वृद्धि भएको छ । सदस्यता विस्तारको लक्षित उद्देश्य पुरा गर्न नसकेकोले आगामी दिनमा विशेष कार्यक्रम संचालन गरिनेछ ।
(४) वित्तिय प्रगतिः
आ.व. २०७५÷२०७६ मा यस संस्थाले निम्नानुसारको आर्थिक÷वित्तिय प्रगति गर्न सफल भएको छ ।
(क) शेयर पुँजी रु. ५,२८,१०,०००।००
(ख) बचत तथा निक्षेप रु. ९३,४१,२१,७६८।१७
(ग) जगेडा कोष तथा अन्य कोषहरु रु. १,७०,४०,०५७।७४
(घ) कुल ऋण लगानी रु. ८३,०६,८२,१६४।६४
(ङ) लगानी रु. १,६६,९१,६००।००
(च) स्थिर सम्पत्ति रु. १०, १६, ३६, ८८७।३०
(छ) नगद तथा बैंक मौज्दात रु. ५,४४,७८,६२१।३९
(ज) बाह्य ऋण रु. ७,७३,९५,५३४।९४
(झ) कुल बचत(नाफा) रु.३४,४४,५७६।९४
(ञ) कुल सम्पत्ति रु. १,०९,९६,१९,२३४।८५
(५) सीतापाईला सहकारी लघुवित्त कार्यक्रमः

यस संस्थाबाट संचालन भएको लघुवित्त कार्यक्रममा हाल ७८ केन्द्र ४२४ समूह निर्माण भई २,१२३ जना महिला सदस्यहरुको सहभागिता रहेको छ । यस कार्यक्रमबाट हरेक टोल र वडाहरुमा सामाजिक जागरण तथा महिला नेतृत्व विकास भई महिलाहरुमा अनिवार्य बचत गर्ने बानीको विकास हुनुको साथै आयआर्जनको लागि सोही समूहबाट कर्जा लिई साना उद्यमहरु संचालन भईरहेको र महिला सशक्तिकरणमा महत्वपूर्ण योगदान पुगेको छ ।

यस कार्यक्रमलाई अझ प्रभवकारी ढंगले विस्तार गर्नको लागि समूह निर्माण र सदस्यता प्रदान गर्ने काम केही समय स्थगित गरिएको र नयाँ समूह निर्माण गर्दा विशेष छलफल गरि नयाँ सदस्यता प्रदान गर्ने संस्थाको उद्देश्य रहेको छ । संस्थाले अबको दिनमा सदस्य संख्या वृद्धिलाई भन्दा महिला सशक्तिकरणको लागि गुणस्तरीय समूह निर्माण गर्ने लक्ष्य लिएको छ ।
(६) सम्मान कार्यक्रमः
संस्थाले आफ्नो प्रत्येक वार्षिक साधारण सभाको अवसर पारेर संस्थाको कार्यक्षेत्र भित्रका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याएका व्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रम संचालन गर्दै आइरहेको छ । हालसम्म साहित्य, खेलकूद, अध्यात्म र अन्य व्यावसायिक क्षेत्रका गरी ४५ जना विशिष्ट महानुभावहरुलाई सम्मान अर्पण गरिसकेको छ । गत उन्नाईसौं वार्षिक साधारणसभाको अवसरमा संस्थाका शेयर सदस्य चित्रकला क्षेत्रबाट ललितकला क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा वरिष्ठ चित्रकार कृष्ण मानन्धरलाई सम्मान गरिएको थियो ।
(७) काजकृया अनुदान सहयोगः
संस्थाका शेयर सदस्यको मृत्यु भएमा सामाजिक संस्कारको लागि निजको परिवारलाई काजकृया अनुदान सहयोग गर्ने कार्यक्रम अनुरुप यस संस्थाका शेयर सदस्यहरुमध्ये निम्नानुसार शेयर सदस्यहरुको मृत्यु भएकोमा उहाँको परिवारलाई सहयोग प्रदान गरिएको थियो । साथै उहाँको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै उहाँको परिवाजनप्रति यो २०औं वार्षिक साधारण सभा हार्दिक समवेदना प्रकट गर्दै मृतक सदस्य एक जना बराबर रु. १०००० (दश हजार) रुपैंया सहयोग गरेको छ ।
(८) मातृशिशु कल्याण कार्यक्रमः
संस्थाले आफ्ना महिला शेयर सदस्यहरुको स्वास्थ्यलाई ध्यानमा राखी मातृशिशु कल्याण कार्यक्रम अन्तर्ग महिला शेयर सदस्य प्रसुती भएमा प्रसुती खर्च दिने कार्यक्रम अन्तर्गत आ.व. २०७५÷०७६ मा निम्नाअनुसार सदस्यहरुलाई प्रसुती खर्च वापत एक जना बराबर रु. २५००।– (पच्चीस सय)उपलब्ध गराएको थियो ।
(९) मोबाईल, टेलिफोन तथा बिजुलीको बिल भुक्तानी सेवाः
सदस्यहरुको मोबाईल, टेलिफोन तथा बिजुलीको बिल भुक्तानी गर्ने, रिचार्ज गर्ने सुविधालाई निरन्तरता प्रदान गर्दै आएको छ । यस सेवाको लागि संस्थाको सदस्यहरुले कार्यालयमा आफ्नो बिजुलीको बिल, टेलिफोन वा मोबाईलको नम्बर दिई बिल भुक्तानी गर्न अनुरोध गरेमा उहाँहरुको खाताबाट रकमान्तर गरी वा नगद लिई बिल भुक्तानी गर्ने व्यवस्था छ ।
(१०) मनि ट्रान्सफरः
वर्तमान अवस्थामा मुलुकले अधिक मात्रामा रेमिट्यान्स भित्र्याउँदै आइरहेको अवस्थामा रेमिट्यान्स कारोवारले संस्थाको निक्षेपमा समेत सकारात्मक प्रभाव पार्ने भएकोले यस संस्थाले चालु आ.व. वेष्टर्न युनियन, आई.एम.ई प्रभु मनि ट्रान्सफर, हिमाल रेमिट, मेघा रेमिट, वेष्ट रेमिट लगायतसँग सम्झौता गरी सदस्यहरुलाई रेमिट्यान्स सेवा संचालन गर्दै आएको छ । निकट भविष्यमा अन्य रेमिट्यान्स सेवा प्रदायक संस्थासँग सम्झौता गरी सदस्यहरुलाई सबै प्रकारका रेमिट्यान्स सेवा उपलब्ध गराउने जानकारी गराउँदछौं ।
(११) मोबाईल स्मार्ट बैंकिङ्ग सेवाः
संस्थाले संचालनमा ल्याएको सीतापाईला स्मार्ट बैकिङ्ग सुविधाबाट सदस्यहरुले आफ्नो मोबाईलबाटनै यस संस्थाको आफ्नो खाताको Mini Statement लिन, रकम ट्रान्सफर गर्न, NTC, Ncell, Dishome र Sim TV को रिचार्ज गर्न, बिजुली, टेलिफोन तथा ईन्टरनेटको बिल भुक्तानी गर्न, आन्तरिक हवाई टिकट काट्नको साथै चेक प्याडको लागि Request र चेक हराएमा चेक Stop गर्ने समेत सुविधा उपभोग गरिरहेको र सम्पूर्ण सदस्यहरुलाई निकै उपयोगी भईरहेको जानकारी गराउँदछौं ।
(१२) मानव संशाधन विकास कार्यक्रमः
संस्थाको सफल संचालनको लागि समयसापेक्ष दक्ष कर्मचारीहरुको आवश्यकता पर्ने हुँदा सो अनुसार नयाँ कर्मचारीहरुको व्यवस्थापन, भएका कर्मचारीहरुको वृत्ति विकास लगायत क्षमता अभिवृद्धि गर्ने कार्य गरिएको छ ।
(क) कर्मचारी व्यवस्थापनः यस संस्थाको विभिन्न तहमा ३० जना कर्मचारीहरु नियमित रुपमा कार्यरत रहनुभएको छ ।
(ख)सेवा तथा सुविधाः कर्मचारीहरुको योगदानलाई दृष्टिगत गरी संस्थाले मासिक तलबको अतिरिक्त संचयकोष, उपदान, दर्श खर्त, पोशाक, बिमा र वृत्ति विकासको अवसर समेत उपलब्ध गराउँदै आएको छ ।
(ग) कर्मचारी परिचालनः प्रत्येक कर्मचारीलाई कार्य विवरण (Job Description) अनुसार लक्ष्य निर्धारण गरी जिम्मेवारी दिने नीति अवलम्बन गरि लक्ष्य अनुसारको उपलब्धी प्राप्त गर्न प्रभावकारी कार्यान्वयनको लागि विभागहरुलाई जिम्मेवारी र जवाफदेही बनाईएको छ । साथै नियमित रुपमा कर्मचारीको कार्य सम्पादनको मूल्यांकनका आधारमा बढुवा तथा जिम्मेवारी हेरफेर गरी परिचालन गर्ने व्यवस्था गरिएको छ ।
(१३) कर्मचारी तालिम तथा गोष्ठीः
मिति २०७५ भाद्र २७ देखि ३१ गतेसम्म राष्ट्रिय सहकारी बैंकबाट फिलिपिन्समा भएको ACCU FORUM-2018 को SMEP Program को Human Resources Development Workshop मा यस संस्थाबाट मुख्य वित्त निर्देशक अनिल कुमार मानन्धरले भाग लिनु भएको थियो । मिति २०७५ आश्विन ५ गते बैंकिङ्ग ट्रेनिङ्ग ईन्ष्टिच्यूटबाट संचालित Corporate Governance in Coperative तालिममा संस्थाका कार्यकारी अध्यक्ष केदार मानन्धरले भाग लिनु भएको थियो भने मिति २०७५ आश्विन २५ गते राष्ट्रिय सहकारी बैंकबाट संचालित Signature Varification Training मा संस्थाका सहायक प्रबन्धन विना राउतले तामिल प्राप्त गर्नुभएको थियो ।
(१४) वार्षिक योजना नीति तथा बजेट तर्जुमा गोष्ठी ः
यस सीतापाईला बहुउद्देश्यीय सहकारी संस्था लि.को आ.व. ०७५÷०७६ को वार्षिक नीति, कार्यक्रम र बजेट तर्जुमा गर्न मिति २०७६ आषाढ २८ र २९ गते संस्थाको सभाकक्षमा २ दिने कार्यशाला गोष्ठीको आयोजना गरिएको थियो ।
(१५) जेष्ठ नागरिक भेलाः
मिति २०७५ आश्विन २० गते च्वाईस होटलमा यस संस्थाको जेष्ठ नागरिक बचत योजनामा आबद्ध जेष्ठ सदस्यहरुको एक भेलाको आयोजना गरिएको थियो । उक्त भेलामा नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतले दिप प्रज्वलन गरि उद्घाटन गर्नुभएको थियो भने सभापतित्व वरिष्ठ साहित्यकार तथा लेखा समितिका संयोजक श्रीप्रसाद घिमिरेले गर्नुभएको थियो ।

उक्त कार्यक्रममा उपस्थित सदस्यहरुलाई संस्थाको स्मार्ट बैंकिङ्ग तथा ए.टि.एम.को विषयमा समेत जानकारी गराईएको थियो । साथै उहाँहरुलाई दशै खर्च वापत आफ्नो बचत रकमको १ प्रतिशत समेत प्रदान गरिएको थियो । १६७ जना जेष्ठ नागरिकहरुको उपस्थिति रहेको सो कार्यक्रमको संचालन संस्थाका कार्यकारी अध्यक्ष केदार मानन्धरले गर्नुभएको थियो ।
(१६) राष्ट्रिय सहकारी बैंकको स.चालक पदमा नियुक्तीः
मिति २०७५ पौष २१ र २२ गते सम्पन्न राष्ट्रिय सहकारी बैंकको १५औं साधारण सभाबाट यस संस्थाका कार्यकारी अध्यक्ष केदार मानन्धरले उक्त बैंकको संचालक पदमा अत्याधिक मतका साथ निर्वाचित हुनुभएको थियो ।
(१७) सदस्य अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रमः
यस संस्थाले नागार्जुन नगरपालिका वडा नं. ३ पाँचधारामा सदस्य सेवा केन्द्र स्थापना गर्ने उद्देश्यले मिति २०७५ माघ ५ गते च्द्य क्ष्लल ख्भलगभ मा सदस्य अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।

उक्त कार्यक्रममा सभापतित्व संस्थाका कोषाध्यक्ष तथा इचंगु सेवा केन्द्रका संयोजक हारुण रसिदले गर्नुभएको थियो भने संस्थाका सचिव श्रीमती सविना शाक्य, संचालक गौरी प्रसाद दवाडी, नेपाली काँग्रेसका नेता धर्म अर्याल, समाजसेवी धनबहादुर श्रेष्ठ, विश्व भण्डारी र महिला समूहको तर्फबाट श्रीमती सीता कुंवर र श्रीमती सरस्वती भट्टले सहजीकरण गर्नुभएको थियो । संस्था र सहकारीको विषयमा संस्थाका कार्यकारी अध्यक्ष केदार मानन्धरले जानकारी दिनुभएको थियो । उक्त कार्यक्रममा २५० जनाको सहभागिता रहेको थियो ।
(१८) संस्थाको १८औं वार्षिकोत्सव तथा ए.टि.एम. उद्घाटन कार्यक्रमः
मिति २०७५ फाल्गुन ९ गते यस संस्थाको १९औं वार्षिकोत्वसको उपलक्ष्यमा ATM मेशिनको उद्घाटन गरी कालिमाटी बैंक्वेटमा एक समारोहको आयोजना गरिएको थियो । उक्त कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बि. उप्रेतीले ATM मेशिनको उद्घाटन गर्नुभएको थियो ।
(१९) जीवन बिमा सम्बन्धी तालिमः
मिति २०७५ चैत्र ५ गते नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लि.बाट यस संस्थाका कर्मचारीहरुलाई जीवन विमा सम्बन्धी तालिम प्रदान गरिएको थियो । उक्त तालिमको स्रोत व्यक्ति नेपाल लाईफ इन्स्योरेन्स कम्पनी स्वयम्भु शाखाका प्रबन्धक श्रीमती कल्पना श्रेष्ठ हुनुहुन्थ्यो भने वरिष्ठ बजार अधिकृत निर्मल अधिकारीले सहजिकरणको भूमिका निर्वाह गर्नुभएको थियो ।
(२०) ६२औं राष्ट्रिय सहकारी दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमः
मिति २०७५ चैत्र २० गते ६२औं राष्ट्रिय सहकारी दिवसको अवसरमा यस संस्थाका कर्मचारीहरुबिच अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा संस्थाबाट सदस्यहरुलाई प्रदान गरिएका सेवाहरुलाई अझ व्यवस्थित गर्न तथा संस्थालाई समूदायको पहिलो रोजाईको संस्था बनाउनको लागि कर्मचारीहरुको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।
(२१) वित्तिय साक्षरता, छात्रवृत्ति तथा विद्यार्थी बचत क्लबः
यस संस्थाले आ.व. ०७५÷०७६ मा वित्तिय साक्षरता, छात्रवृत्ति प्रदान तथा विद्यार्थी बचत क्लब गठन गर्ने कार्यक्रमलाई सफल बनाउनको लागि संस्थाको शिक्षा उपसमितिको आयोजनामा मिति २०७६ बैशाख १३ गते चन्द्रागिरी नगरपालिका वडा नं. १५ स्थित विष्णुदेवी माध्यमिक विद्यालयमा ४० जना विद्यार्थीहरुलाई वित्तिय साक्षरता कक्षा संचालन गरि विद्यार्थी बचत क्लब गठन गरिएको थियो । साथै कक्षा ४ मा अध्ययनरत छात्रा सिन्की थामीलाई कक्षा १० सम्मको लागि छात्रवृत्ति प्रदान गरिएको थियो ।

२०७६ बैशाख २० गते चन्द्रागिरी नगरपालिका वडा नं. ४ थानकोटस्थित चुनदेवी मा.बि.मा ११५ जना विद्यार्थीहरुलाई वित्तिय साक्षरता कक्षा संचालन तथा विद्यार्थी बचत क्लब गठन गरी कक्षा ६ मा अध्ययनरत छात्रा सुप्रिया लामा तथा कक्षा ५ मा अध्ययनरत छात्रा सुष्मा लामालाई कक्षा १० सम्मको लागि छात्रवृत्ति प्रदान गरिएको थियो । त्यसैगरी मिति २०७६ बैशाख २७ गते नागार्जुन नगरपालिका वडा नं. ८ भिमढुंगास्थित बालबोध मा.वि.मा ६८ जना विद्यार्थीहरुलाई वित्तिय साक्षरता कक्षा संचालन तथा विद्यार्थी बचत क्लब गठन गरिएको थियो ।

साथै मिति २०७६ जेष्ठ ३ गते नागार्जुन नगरपालिका वडा नं. ५ स्थित जनउद्धार मा.बि.मा १३४ जना विद्यार्थीहरुलाई वित्तिय साक्षरता कक्षा संचालन गरि विद्यार्थी बचत क्लब गठन गरिएको थियो । साथै कक्षा ३ मा अध्ययनरत छात्रा प्रेनिका तामाङ तथा कक्षा ८ मा अध्ययनरत छात्रा सुरज सुवेदीलाई कक्षा १० सम्मको लागि छात्रवृत्ति प्रदान गरिएको थियो ।

(२२) महिला समूह प्रमुखहरुको अन्तरक्रिया कार्यक्रम तथा महिला हिंसा विषयक गोष्ठीः
यस संस्थाले मिति २०७६ बैशाख १४ गते लघुवित्त कार्यक्रममा आबद्ध महिला समूह प्रमुखहरुको अन्तरक्रिया कार्यक्रम तथा महिला हिंसा विषयक गोष्ठीको आयोजना गरिएको थियो । उक्त कार्यक्रमको उद्घाटन नागार्जुन नगरपालिकाका नगरप्रमुख मोहन बहादुर बस्नेतले गर्नुभएको थियो । संस्थाका कार्यकारी अध्यक्ष केदार मानन्धरले संस्थाको गतिविधि र लघुवित्त कार्यक्रमको उपलब्धि बारे जानकारी प्रदान गर्नुभएको थियो । नेपाल प्रहरीका पूर्व डि.एस.पी., कानूनविज्ञ तथा प्रशिक्षक हिरा गिरीले महिला हिंसा विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रम महिला सशक्तिकरण तथा लघुवित्त उपसमितिका संयोजक तथा लेखा समिति सदस्य श्रीमती मनमैंया गिरीको सभापतित्वमा सम्पन्न भएको थियो भने संस्थाका सचिव श्रीमती सबिना शाक्यले कार्यक्रमको संचालन गर्नुभएको थियो ।
(२३) अतिथी भ्रमणः
मिति २०७६ जेष्ठ ११ गते भारतको Delhi Hralth Care Cooperative का १२ जना प्रतिनिधिहरुले यस संस्थाको अवलोकन गर्नुभएको थियो । संस्थाका महिला सशक्तिकरण तथा लघुवित्त उपसमितिका सदस्य श्रीमती रमिला शाक्यको पहलमा सम्न्न सो अवलोकन भ्रमणमा संस्थाका कार्यकारी अध्यक्ष केदार मानन्धरले स्वागत गर्नुहुँदै सचिव श्रीमती सबिना शाक्यले संस्थाको गतिविधिहरुको विषयमा जानकारी गराउनु भएको थियो भने शुभेक्षा अस्पतालका कार्यकारी अधिकृत होम अधिकारीले अस्पतालको विषयमा जानकारी गराउनु भएको थियो ।
(२४) इचंगु सेवा केन्द्रको समुद्घाटनः
मिति २०७६ आषाढ १ गते नागार्जुन नगरपालिका ३ पाँचधारामा यस संस्थाका संस्थापक सदस्य तथा नागार्जुन नगरपालिकाका नगरप्रमुख मोहन बहादुर बस्नेतले औपचारिक कार्यक्रमकोबिच रिबन काटेर इचंगु सेवा केन्द्रको समुद्घाटन गर्नुभएको थियो । कार्यक्रमको सभापतित्व संस्थाका कार्यकारी अध्यक्ष केदार मानन्धरले गर्नुभएको थियो । तत्कालिन इचंगु हाल नागार्जुन नगरपालिकाको वठा नं. १, २ र ३ क्षेत्रका सदस्यहरुलाई सहज रुपमा सेवको पहुँच पु¥याउने उद्देश्यले सेवा केन्द्रको संचालन गरिएको छ ।
(२५) सूचना तथा प्रकाशनहरुः
सदस्यलाई संस्थाको क्रियाकलाप, गतिविधि र सेवा सुविधाबारे सु–सूचित गर्न देहायका माध्यमहरुबाट सुचनाहरु सम्प्रेषण गर्दै आएको छ ।
क) वार्षिक प्रग्ति प्रतिवेदन
ख)वार्षिक क्यालेण्डर
ग)
SMSसेवा (SMS Banking System)
घ) वेभसाइट र फेसबुक
(www.simcos.com.np)
ङ)
Smart Banking, ATM सम्बन्धी पर्चा तथा Brochure
आर्थिक वर्ष २०७६÷०७७ का लागि प्रस्तावित वार्षिक नीति तथा कार्यक्रम

१. सदस्यता
आ.व. २०७६÷०७७ मा संस्थाको शेयर सदस्य संख्या ७,४०० पु¥याउने र लघुवित्त महिला समुहहरुको केन्द्र ९० वटा पु¥याउने लक्ष्य राखिएको र उक्त लक्ष्य प्राप्तीको लागि संस्थाले आफ्नो नीतिमा सुधार गरी सँधै शेयर सदस्यता खुल्ला गरेको हुँदा प्रत्येक क्षेत्र, समुहबाट लक्षित वर्गको पहिचान गरी आफ्नो समुहमा आबद्ध गराई सदस्य वृद्धि गर्न आह्वान गर्दछु ।
२. शेयर पुँजी तथा निक्षेप संकलनः
वित्तिय संस्थाको मेरुदण्डको रुपमा रहेको शेयर पूँजीलाई संस्थाको कारोबारको आधारमा बृद्धि गर्ने र संस्थाका सदस्यहरुलाई आवश्यक कर्जा लगानी गर्नको लागि संस्थामा नियमित बचत, जेष्ठ नागरिक बचत, सीता बचत, बाल बचत र आवधिक बचत संकलनको लागि विशेष कार्यक्रमहरुलाई निरन्तरता प्रदान गरि समयसापेक्ष नयाँ बचत कार्यक्रमहरु संचालन गरिनेछ । यसैगरी संस्थाले आ.व.२०७६÷०७७ मा निक्षेपबाट रु. १,००,००,००,०००।– र शेयर पुँजीबाट रु.७,४०,००,०००।– संकलन गर्ने लक्ष्य लिइएको छ ।
३. ऋण लगानी तथा असुलीः
संस्थाका सदस्यहरुबाट जम्मा हुन आएको शेयर रकम र निक्षेपलाई सदुपयोग गर्ने प्रमुख आधार भनेको सदस्यहरुलाईनै कर्जा लगानी गरि उद्यमशिल बनाउनु हो । संस्थाले सदस्यहरुको आर्थिक तथा सामाजिक विकासको लागि सदस्यको माग र व्यवसायको स्तर हेरी विभिन्न शीर्षकहरुमा आ.व. २०७६÷०७७ को अन्त्यसम्ममा रु. ८७,००,००,०००।– कर्जा लगानी गर्ने लक्ष्य लिएको छ भने भाका नाघेको ऋण न्यून गर्ने लक्ष्य निर्धारण गरिएको छ । सो लक्ष्य पूरा गर्न सदस्यहरुबाट माग हुने ऋणको विशेष अध्ययन गरी सदस्यको क्षमता, व्यवसाय र ऋण भुक्तानीको आधारमा समूह, ऋण उपसमिति र कर्मचारी वर्गले यसको कार्यान्वयनमा विशेष जोड दिनेछ ।
४. जेष्ठ नागरिक भेला कार्यक्रम
यस संस्थाको जेष्ठ नागरिक बचतमा आबद्ध सदस्यहरुलाई हरेक दशैमा जेष्ठ नागरिक भेला कार्यक्रम गरि निक्षेपको आधारमा दशै खर्च प्रदान गरी भेला समेत गर्ने गरिरहेकोमा चालु आ.व. मा पनि कार्यक्रमलाई निरन्तरता प्रदान गरिनेछ ।
५. सेवा केन्द्र विस्तारः
यस संस्थाको हाल संचालनमा रहेको कालिमाटीस्थित म्यूचुअल सेवा केन्द्र तथा पाँचधारामा संचालित इचंगु सेवा केन्द्र प्रभावकारी रुपमा संचालन भईरहेकोले चन्द्रागिरी नगरपालिकाको थानकोटमा अत्याधिक शेयर सदस्यहरु र लघुवित्तमा आबद्ध सदस्यहरुको सहभागिता रहेकोले उनीहरुलाई सोही ठाउँबाट प्रभावकारी रुपबाट सेवा प्रदान गर्ने उद्देश्यले थानकोट सेवा केन्द्र संचालन गर्ने लक्ष्य लिएका छौं ।
६. लघुवित्त कार्यक्रमः
संस्थामा हाल संचालन भइरहेको लघुवित्त कार्यक्रमलाई थप प्रभावकारी र व्यवस्थित रुपमा संचालन गर्नको लागि राष्ट्रिय सहकारी बैंकसँग सहकार्य गरिनेछ । संस्थाको कार्यक्षेत्रमा नयाँ महिला बचत समूहको निर्माण र छरिएर रहेका महिला बचत समूहलाई लघुवित्त कार्यक्रममार्फत संस्थागत आबद्धताको लागि विशेष पहल गरिनेछ ।
साथै लघुवित्त समूहमा आबद्ध महिलाहरुलाई वित्तिय साषरता कार्यक्रम, नेतृत्व विकास तालिम र आयमुलक÷सिपमुलक तालिम कार्यक्रमहरु पनि संचालन गरिनेछ । साथै लघुवित्तमा प्रदान गरिएको प्रतिव्यक्ति कर्जा समेत बृद्धि गरिनेछ ।
७. शिक्षा, तालिम र अवलोकनः
सहकारीको ७ सिद्धान्तमध्ये शिक्षा र तालिम पनि भएकोले यसलाई प्रभावकारी रुपबाट लागु गरि संस्थालाई नयाँ उचाई पु¥याउनको लागि शिक्षा र तालिम कार्यक्रमलाई प्रभावकारी बनाइनेछ । कार्यतालिकाका आधारमा शेयर सदस्यहरुलाई आधारभूत सहकारी शिक्षा तथा तालिमको व्यवस्था मिलाइनेछ । संचालक समिति, लेखा समिति, उपसमितिहरु र कर्मचारीहरुलाई विषयगत र विशेषज्ञ तालिमको योजना बनाइनेछ । शेयर आवेदकहरुलाई पूर्वप्रवेशको तालिमको व्यवस्था गरिनेछ । त्यसैगरी हरेक वर्ष मुुलुकका उत्कृष्ट सहकारी संघसंस्थाहरुको अवलोकन भ्रमण गरिनेछ । यसका लागि संस्थाले शिक्षा तथा तालिम कोष र सहभागिबाट निश्चित शुल्क लिई अवलोकन भ्रमणको संयोजन गरिनेछ ।
८. सामाजिक उत्तरदायित्व तथा सहकार्य कार्यक्रमः
यस संस्थाले आफ्नो कार्यक्षेत्र भित्रका नगरपालिकाहरुसँग समन्वय गरि स्थानीय स्तरमा कार्यरत प्रभावकारी संघसंस्था, विद्यालयहरुसँग सहकार्य गरी नागरीक सम्मान, रक्तदान, सरसफाई, स्वास्थ्य शिविर खेलकुद तथा अन्य सामाजिक कार्यक्रमहरुमा सहकार्य गरिनेछ । साथै स्थानीय तहमा संचालन भएका जात्रा तथा सांस्कृतिक कार्यक्रमहरुमा पनि सहकार्य गरिनेछ ।
९. सामाजिक सुरक्षा कार्यक्रमः
क) संस्थाको शेयर सदस्यको मृत्यु भएमा सम्बन्धित परिवारलाई सहयोग स्वरुप क्रिया खर्च वापत उपलब्ध गराउँदै आएको राहत रहम रु. १०,०००।– लाई निरन्तरता प्रदान गरिनेछ ।
ख) संस्थाका शेयर सदस्यहरु मध्ये महिला सदस्यहरु प्रसुति भएमा २ पटकसम्म सुत्केरी खर्च बापत रु. २,५००।– लाई निरन्तरता प्रदान गरिनेछ ।
ग) संस्थाका सदस्यहरुलाई भवितव्य तथा अन्य विपत्ति वा सार्वजनिक दुर्घटना परेकालाई तत्काल राहत ऋढा स्वरुप रु. ५०,०००।– प्रदान गर्दै आइरहेकोलाई निरन्तरता प्रदान गरिनेछ ।
घ) संस्थाका सदस्यहरुलाई शुभेच्छा अस्पतालमा उपचार गराउँदा विशेष छुटको व्यवस्था गरिएको छ ।
१०. वित्तिय साक्षरता तथा विद्यार्थी क्लब निर्माणः
आ.व. ०७५÷०७६ बाट संचालित विद्यालयहरुमा बित्तिय साक्षरता कार्यक्रम निकै सफल रहेकोले चालु आ.व. मा पनि सो कार्यक्रमलाई निरन्तरता प्रदा गरि १० वटा विद्यालयमा बित्तिय साक्षरता कार्यक्रम संचालन गर्ने लक्ष्य लिएका छौं ।
११. बहुउद्देश्यीय परियोजनाः
नागार्जुन नगरपालिका र चन्द्रागिरी नगरपालिकाले आ–आफ्नो क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने क्रममा होमस्टे पनि संचालन गर्नको लागि संचालकहरुलाई सहयोग गर्ने कार्यक्रम राखेकाले यस संस्थाले पनि उक्त कार्यमा सहभागी हुने उद्देश्य लिएको छ ।

हाम्रो संस्था बहुउद्देश्यीय भएकोले आगामी दिनमा बहुउद्देश्यीय परियोजना अन्तर्गत होमस्टे प्रवद्र्धन, नेट, टि.भी सम्बन्धी कार्य तथा कोल्ड स्टोरको व्यवस्था गरि स्थानीय कुषक तथा सदस्य कृषकहरुको लागि शितगृह संचालन गरि उनीहरुको आय वृद्धि गर्न तथा आधुनिक कृषि फर्म संचालन गर्न कम्तिमा ३० देखि ५० रोपनी जग्गा खरिद गर्ने विशेष कार्ययोजना निर्माण गरिनेछ ।

होमस्टेको लागि पहिलो चरणमा, हामीले नागार्जुन न.पा. वडा नं. ८ मा रहेको भिमढुंगाको थाप्ले गाउँलाई आन्तरिक पर्यटन केन्द्रको रुपमा विकास गर्न आफ्नै नाउँमा १ रोपनी १३ आना जग्गामा होमस्टे प्रवद्र्धन गर्ने लक्ष्य लिएका छौं ।

दोश्रो चरणमा, संस्थामा आबद्ध महिला समुहसँग संयोजन गरि परम्परागत शैलीबाट घरहरु निर्माण गरि होमस्टे संचालन गर्ने र उक्त तामाङ बस्तीमा निर्माण हुने नयाँ घरहरुलाई पनि होमस्टेको रुपमा परिणत गर्न प्रेरित गरि आयआर्जन र पर्यटकीय सथलको रुपमा विकास गर्ने अवधारणा लिएका छौं ।

१२. संस्था एकिकरणः
नेपाल राष्ट्र बैंकको ठूला तथा साना बैंक तथा बित्तिय संस्थाहरु एकिकरण गरि ठूलो र स्तरीय बित्तिय संस्था बनाउने नीति रहेको छ । यसैगरी सहकारीहरु पनि एकिकृत भई आफ्ना सदस्यहरुलाई स्तरिय सेवा पु¥याउने अभियान प्रारम्भ भएकोले हामी पनि आफ्नो कार्यक्षेत्र भित्रका अन्य सहकारी संस्थाहरुसँग समन्वय÷एकिकरण गरि ती स्थानमा सेवा केन्द्र स्थापना गर्ने लक्ष्य लिएका छौं ।
१३. सहकारी युवा उद्यमी भेलाः
यस संस्थामा आबद्ध युवाहरु जसले कृषि, साना ठूला उद्योग, व्यापार, व्यवसाय गरी आफैं स्वरोजगारभै अन्यलाई पनि रोजगारी सिर्जना गरिरहेका छन् त्यस्ता युवाहरुको व्यवसाय प्रवद्र्धन र समन्वय गर्न र व्यवसायप्रति उत्प्रेरणा जगाउने उद्देश्यले राष्ट्रिय युवा निती, २०७२ अनुसार १६ देखि ४० वर्ष सम्मका हाम्रो संस्थामा आबद्ध युवाहरुलाई सहभागी गराई यस आ.व. मा सीतापाईलामा सहकारी युुवा सम्मेलन गर्ने लक्ष्य लिएका छौं । साथै संस्थाले Youth Entrepreneur Saving (YES) युवा बचत कार्यक्रम पनि संचालन गरिनेछ ।
१४. नीति, नियमावली तथा निर्देशिका संशोधनः
संस्थालाई अझ बढी प्रभावकारी रुपमा संचालन गरी सदस्यहरुलाई अत्याधुनिक प्रविधि मार्फत छिटो छरितो सेवा पु¥याउने उद्देश्यले तर्जुमा गरिएका निम्न निती, नियमावली, कार्यविधिm निर्देशिकाहरु अनुमोदन गरी बिगतमाझै हामीलाई हौसला प्रदान गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु ।
संस्थामा भएको निती नियमहरु
१. आर्थिक नियमावली, २०७४
२. ऋण लगानी तथा असुली नियम, २०७४
३. ऋण÷कर्जा कार्यविधि, २०७४
४. शेयर सदस्य निति, २०७४
५. बचत निति, २०७५
६. निर्वाचन निर्देशिका, २०६४
७. सेवा केन्द्र कायृविधि, २०७५
८. बैठक कार्यविधि, २०७५
९. कर्मचारी आचारसंहिता, २०७६
१०. विद्यार्थी बचत क्लब निति तथा कार्यविधि, २०७६
११. लघुबित्त कार्यविधि, २०७६
१२. कर्मचारी नियमावली, २०७६
१३. कर्जा सुरक्षण कोष कार्यविधि, २०७६
१४. सम्पत्ति शुद्धिकरण निवारण नीति तथा कार्यविधि, २०७६

अन्तमा,
हाम्रो संस्था, १९औं वर्ष पार गरीसक्दा आफ्ना सम्पूर्ण सदस्यहरुको आर्थिक तथा सामाजिक क्रियाकलापको एक महत्वपूर्ण साथीको रुपमा विकास गर्न सक्षम भएको छ । यो संस्था पैसाको किनबेच गर्ने ठाउँ मात्र होईन, सदस्यहरुको जन्मदेखि मृत्युसम्म सँगसँगै अगाडि बढ्ने साथीको रुपमा स्थापित गर्न सफल भएको छ ।

हाम्रा सदस्यहरुको चाहनालाई दृष्टिगत गरि नयाँ सोच, नयाँ चिन्तन, नयाँ अवधारणाका साथ समय सापेक्ष योजना, कार्यक्रम र प्रविधि अंगिकार गर्दै संस्था संचालन गर्ने रणनीति लिई ABBS सेवा, Mobile Banking, ATM सेवा, डिजिटल हाजिरीको व्यवस्था, SMS लगाएतका सेवा प्रदान गरिरहेका छौं । संस्थाका सदस्यहरुलाई आवश्यकता अनुसार सेवा र सुविधा पु¥याउने एकमात्र उद्देश्य पूर्तिको लागि हामी संचालक, विभिन्न समिति, उपसमिति तथा कर्मचारीहरु अनवरत रुपमा लागि रहेका छौं ।

अन्तमा “समुदायको पहिलो रोजाइको बहुउद्देश्यीय सहकारी संस्था” भन्ने सोंचलाई आत्मसाथ गर्दै यस संस्थाको प्रगतिको लागि विशेष रुपले अभिरुची राखी सहयोग गर्ने सदस्यहरु, विभिन्न संघसंस्था, समाजसेवी एवं शुभेच्छुकहरुप्रति आभार प्रकट गर्दछु ।

यस संस्थाको व्यवस्थापन कार्यमा संलग्न रहि उन्नती र प्रगतिमा अहोरात्र खट्नु हुने संचालक, लेखा समिति र विभिन्न उपसमितिका सदस्यहरु र आधारस्तम्भको रुपमा रहनुभएका सम्पूर्ण कर्मचारीहरुको निष्ठा र लगनशिलताको उच्च मूल्यांकल र सह्राना गर्दै धन्यवाद चाहन्छु । साथै शेयरधनी महानुभावहरुमा यो प्रतिवेदन पारित गरिदिनु हुन पनि हार्दिक अनुरोध गर्दछु । (केदार मानन्धर सहकारीको कार्यकारी अध्यक्ष हुनुहुन्छ ।)

सम्बन्धित समाचार

कुनै पनि शिक्षकहरु पार्टीमा लागेका छन् भने उनीहरुलाई सेवाबाट वञ्चित गर्नुपर्छ
कुनै पनि शिक्षकहरु पार्टीमा लागेका छन् भने उनीहरुलाई सेवाबाट वञ्चित गर्नुपर्छ
  • २०७६ माघ २०, ०६: ४७: १०

तीनपाटन गाउँपालिकालाई कोरोनाले कत्तिको पिरोलो त ?कोरोनाले नेपाललाई मात्रै नभएर विश्वलाई नै प्रताडित बनाएको छ । त्यसमा तीनपाट गाउँपालिका अछुतो रहने...

कोरोनाको बहानामा महाधिवेशन टार्दै पद लम्ब्याउँदैं
कोरोनाको बहानामा महाधिवेशन टार्दै पद लम्ब्याउँदैं
  • २०७६ माघ २०, ०६: ४७: १०

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनको घोषित मिति आउन अब दुई महिना तीन साता मात्र वाँकी छ । तर, महाधिवेशनको तयारी...

राजनीतिको सामाजिकीकरण आजको आवश्यकता
राजनीतिको सामाजिकीकरण आजको आवश्यकता
  • २०७६ माघ २०, ०६: ४७: १०

एक्काइसौँ शताब्दीको विश्व विचारको हो । विचारले नै विश्वलाई निर्देशित गर्नुपर्दछ । यसो हुँदा मात्र विश्वमा देखिएका तमाम उल्झनहरुलाई सहजीकरण सहितको निराकरणमा...

भर्खरै

TOP