January 16, 2021, Saturday

कांग्रेस नेताको सहमति कार्यान्वयन हुन बाँकी

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच देखिएको विवाद माघ १० गते पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा भएको अनौपचारिक छलफलले समाधान गर्ने सहमति आधा पनि कार्यान्वयन भएको छैन् ।

पार्टी सभापति शेरबहादुर देउवाको निर्णय क्षमताको अभाव र असन्तुष्ट नेतालाई गलाउने नीति अन्तर्गत हरेक विषयमा स्पस्ट दृष्टिकोण राख्न नसक्ने तथा तदर्थबादमा संगठन चलाउने रणनीतिका कारण शीर्ष नेताबीच भएको सहमति पनि पूर्ण कार्यान्वयनमा आउन सकेको छैन ।

असन्तुष्ट नेतालाई गलाउने र आफ्नो अडान नछोडी जुँगाको लडाइ र प्रतिष्ठाको विषय बनाउँदा झण्डै दुई महिनादेखि कांग्रेस गतिहिन र साना तिना विषयमा रुमलिएको छ । सभापति देउवाले गत मंसिर २६ गते बोलाइएको केन्द्रीय कार्यसमितिको बैठकमा १४ औं महाधिवेशनको कार्यतालिका पेश गर्न नमानेपछि नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौलासहितका नेताले केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गर्र्दै आएका थिए ।

आफ्नो प्रस्ताव संशोधन गर्दा पराजित हुने मानसिकताका कारण असन्तुष्ट नेताको बहिस्कारका बाबजुद पुस ११ गते बहुमतको आधारमा १४औं महाधिवेशनको कार्यतालिका र विधानको विभिन्न धारा निलम्वन गर्ने निर्णय गरेपछि पार्टी भित्रको विवाद उत्कर्षमा पुगेको थियो । विवादलाई समाधान गर्नुभन्दा एकलौटी ढंगले असन्तुष्ट नेतालाई पेल्न थालेपछि उनीहरुले केन्द्रीय कार्यसमितिको पुस ११ गतेको निर्णय नमान्ने भन्दै आफू निकटका बहुमत जिल्ला सभापतिहरुलाई समेत सो निर्णय कार्यान्वयन नगर्न आव्हान गरेका थिए ।

जिल्ला सभापतिहरुको काठमाडौंको भेलाले सो बहुमतको आधारममा गरेको निर्णय कार्यान्वयन नगर्ने निष्कर्ष निकालेपछि सभापति देउवा असन्तुष्ट नेतासँग सहमति गरेरै अघि बढ्ने निष्कर्षमा पुगेका थिए । देउवाले माघ १० मा असन्तुष्ट नेताको माग बमोजिम केन्द्रीय महाधिवेशनको मिति परिवर्तन नगरी अन्य तहको महाधिवेशनको मिति परिवर्तन गर्ने, नेविसंघ, तरुण दल र पार्टीको विभाग गठन गर्दा भागबण्डाको आधारमा गर्ने र विधानको धारा निलम्वन गर्ने निर्णय सच्याउने सहमति भएको थियो ।

सहमतिअनुसार पार्टीको वडा, गाउँ÷नगर, प्रदेशसभा क्षेत्र, संघीय निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश अधिवेशनको मिति संशोधन भएको छ । त्यस्तै, नेविसंघको तदर्थ समिति १ सय २७ सदस्यीय बनाउने र तरुण दल गठन गर्ने सहमति भएको थियो । तर त्यो कार्यान्वयन गर्न सभापति देउवाले सकेनन् । उनले पार्टीको विभाग गठनको विषयमा गरिएको सहमति पनि कार्यान्वयन गर्न सकेका छैनन् ।

सभापति देउवाले आफ्नो अध्यक्षतामा पुस ११ गतेको केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णय बमोजिम ४७ वटा विभाग गठन गर्न चाहन्छन । तर, असन्तुष्ट नेता रामचन्द्र पौडेल भने विधान बमोजिम २८ वटा मात्र विभाग गठन गर्नु पर्ने पक्षमा छन् । अर्का नेता कृष्णप्रसाद सिटौला, महामन्त्री डा. शशांक कोइराला, नेता डा. शेखर कोइराला भने महाधिवेशन घोषणा भइसकेको अवस्थामा विभाग गठन गर्नु विधान विपरित हुने भन्दै विभाग गठन गर्न नहुने पक्षमा उभिएका छन् ।

पार्टीका शीर्ष नेताहरुको सहमति बमोजिम माघ १३ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टी संगठनको अन्तरिम संरचनाको समायोजन पश्चात् क्रियाशील सदस्यता वितरण÷नविकरण गरी पार्टीको विधान र नियमावली अनुसारका मातहत निकायका अधिवेशन र चौधौ महाधिवेशन सम्पन्न गर्नको लागि कार्यतालिका परिमार्जित गरेको छ ।

जसअनुसार पार्टीको अन्तरिम संरचना समायोजन २०७६ माघ मसान्तभित्र गरिसक्ने, प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नविकरण २०७६ फाल्गुण देखि २०७६ चैत्र मसान्तसम्म गर्ने, प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले वितरण गरेको नयाँ क्रियाशील सदस्यता र जिल्ला कार्यसमितिले नविकरण गरेको क्रियाशील सदस्यताको सूची प्रकाशन गरी २०७७ वैशाख मसान्तभित्र केन्द्रमा पठाउनु पर्ने छ ।

पार्टीले गरेको निर्णयअनुसार नयाँ क्रियाशील सदस्यता वितरण र नविकरणको केन्द्रीय छानविन समितिमा २०७७ जेष्ठ १५ गतेभित्र उजुरी दिइसक्नु पर्ने छ भने उजुरीमाथि क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले २०७७ जेष्ठ मसान्तभित्र निर्णय गरिसक्नु पर्ने छ । क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले गरेको निर्णयमा चित्त नबुझेमा क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा २०७७ असार १५ गते भित्र उजुरी÷पुनरावेदन दिइसक्नु पर्ने छ । उजुरी÷पुनरावेदनमाथि क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिले २०७७ श्रावण १५ गतेभित्र निर्णय गरिसक्न पर्ने छ ।

नयाँ क्रियाशील सदस्यता र क्रियाशील सदस्यता नविकरणको नामावलीको अन्तिम सूची तयार गरी छानविन समितिले केन्द्रीय सभापतिलाई २०७७ श्रावण २५ गतेभित्र बुझाउनु पर्ने छ भने केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई २०७७ श्रावण मसान्तभित्र बुझाई सक्नु पर्ने छ ।

यस्तो छ अधिवेशनको कार्यतालिका
(क) गाउँ÷नगर वडा अधिवेशन– २०७७ कात्र्तिक १६ गते
(ख) गाउँ÷नगरपालिका अधिवेशन– २०७७ कात्र्तिक १८ गते
(ग) प्रदेश सभा क्षेत्रीय अधिवेशन – २०७७ कात्र्तिक २१ गते
(घ) प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – २०७७ कात्र्तिक २३ गते
(ङ) एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन –२०७७ कात्र्तिक २५ गते
(च) प्रदेश अधिवेशन– २०७७ मंसिर २९ गते
(छ) केन्द्रीय महाधिवेशन ः२०७७ फाल्गुण ७, ८, ९ र १० गते काठमाडौं ।

कांग्रेसले विधानको धारा ४ (८) (ङ) बमोजिम गठन हुने “क्रियाशील सदस्यता केन्द्रीय छानविन समिति” ले गर्ने कार्य सम्पादन गर्नका लागि विधानको धारा २२ (७) बमोजिम सात सदस्यीय क्रियाशील सदस्यता छानविन समिति गठन गर्ने । यस समितिले विधानको धारा ४ (८) (घ) र (ङ) बमोजिमको कार्य तोकिए बमोजिमको अवधिभित्र सम्पन्न गर्नेछ । सभापतिले समितिका संयोजक र सदस्यहरुको मनोनयन आवश्यक परामर्श गरी गर्ने निर्णय भएको छ ।

जसअनुसार क्रियाशिल सदस्यता छानबिन समितिको संयोजक नरहरी आचार्यलाई तोकिएको छ । ७ सदस्यीय सो समितिको अन्य सदस्यहरु तीन जना पार्टी सभापति देउवाले, २ जना नेता रामचन्द्र पौडेलले र १ जना नेता कृष्णप्रसाद सिटौलाले दिने सहमति भएको छ । तर कुनै पनि नेताहरुले सदस्यको नाम दिन सकेका छैनन् । केन्द्रीय कार्यसमितिको अर्को बैठक यही माघ २३ गते दिउँसो २ बजे पुनः बस्ने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।

सम्बन्धित समाचार

प्रधानमन्त्रीको कदम राजनीतिक पूर्वाग्रहबाट प्रेरितः नेता सिंह
प्रधानमन्त्रीको कदम राजनीतिक पूर्वाग्रहबाट प्रेरितः नेता सिंह
  • २०७६ माघ २०, ०७: २०: २५

नयाँ विकल्प काठमाडाैं- नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा मुुलुकका ७५३ वटै पालिकामा आज विरोध ¥याली र सभा गरेको छ ।...

सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छः डा कोइराला
सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छः डा कोइराला
  • २०७६ माघ २०, ०७: २०: २५

नयाँ विकल्प विराटनगर-नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसद् विघटनसम्बन्धमा सर्वोच्च अदालतले दिने निर्णय आफ्नो पार्टीलाई स्वीकार्य हुने बताएका...

चितवनकै पहिलो आकाशे पुलको उद्घाटन
चितवनकै पहिलो आकाशे पुलको उद्घाटन
  • २०७६ माघ २०, ०७: २०: २५

नयाँ विकल्प भरतपुर-पूर्वी चितवनको रत्ननगरमा जिल्लामै पहिलो आकाशे पुलको उद्घाटन गरिएको छ । वाग्मती प्रदेश सरकार र रत्ननगर नगरपालिकाले पूर्व–पश्चिम...

भर्खरै

TOP