June 20, 2021, Sunday

वरिष्ठ पत्रकार दुर्गानाथा शर्माको निधन

काठमाडौं । वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको माघ २२ गते निधन भएको छ । नेपाल टेलिभिजनको स्थापनाकालदेखि लामो समयसम्म समाचारवाचक र कार्यक्रम प्रस्तोताको रुपमा कार्य गर्नु भएका स्वर्गीय शर्मा सोही टेलिभिजनको महाप्रबन्धक समेत भएका थिए । शर्माले शुरु गरेको विश्वघटना नामक कार्यक्रम अत्यन्त चर्चित र लोकप्रीय कार्यक्रमको रुपमा रहेको थियो ।

इलाममा जन्मिएका दुर्गानाथ शर्माले पत्रकारिताको प्रारम्भ छापा माध्यमबाट गरेका थिए । उनले शुरुआतमा गोरखा पत्र दैनिकममा काम गरेका थिए । त्यसको केही समयपछि उनी रेडियो नेपालको समाचारबाचक र समाचार सम्पादनको जिम्मेवारीमा समेत थिए । नेपाल टेलिभिजन स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेका शर्माले प्रशारण हाते किताव लगायतका एक दर्जनबढी कृतिहरु प्रकाशित पनि गरेका छन् ।

नेपाली पत्रकारिक्षा क्षेत्रका बहुआयामिक व्यक्तित्व दुर्गानाथ शर्मा उमेर हदका कारण नेपाल टेलिभिजनबाट अवकास पाएपछि केही नेसनल टेलिभिजनमा पनि काम गरे । केही समयपछि नै त्यो टिभि भन्द भएपछि शर्मा माउन्टेन टेलिभिजनमा काम गर्न थालेका थिए । उनी कुनै बेला एभेन्युज टेलिभिजनमा पनि काम गरेका थिए ।

पत्रकार शर्माको निधन प्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् । लामो अनुभवी तथा निष्ठावान पत्रकार दुर्गानाथ शर्माको निधनबाट पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको भन्दै शर्माले पार्टी र आफ्नो तर्फबाट उनीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार

शेयर बजारमा पहिरोः ६३.२८ अंकले नेप्से घट्यो, कारोबार पनि १२ अर्बमा सिमित
शेयर बजारमा पहिरोः ६३.२८ अंकले नेप्से घट्यो, कारोबार पनि १२ अर्बमा सिमित
  • २०७६ माघ २७, ०७: ५७: ३८

नयाँ बिकल्प, काठमाडौं । धितोपत्र बोर्डले गत मंगलबार ५१ वटा संस्थाले शेयर बजारमा आन्तरिक चलखेल गरी शेयर मुल्य बढाएको र...

देउवाकाे सभापति दोहोर्याउने चाहनाः बागमति र गण्डकी प्रदेशका नेतासँग छुट्टा छुट्टै परामर्शमा
देउवाकाे सभापति दोहोर्याउने चाहनाः बागमति र गण्डकी प्रदेशका नेतासँग छुट्टा छुट्टै परामर्शमा
  • २०७६ माघ २७, ०७: ५७: ३८

नयाँ बिकल्प, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको नेतृत्वमा पुनः दोहोरिने चाहना प्रकट गरेका छन्।पार्टी केन्द्रीय कार्यसमितिको शुक्रबारको...

कोरोना संक्रमणबाट पूर्वराज्यमन्त्री बिष्टकाे निधन
कोरोना संक्रमणबाट पूर्वराज्यमन्त्री बिष्टकाे निधन
  • २०७६ माघ २७, ०७: ५७: ३८

नयाँ विकल्प, काठमाडाैं- नेपाली कांग्रेसका नेता एंव पूर्वसञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टको कोरोनाभाइसको संक्रमणबाट निधन भएको छ। सुर्खेतमा कोरोना संक्रमण भएका...

भर्खरै

TOP