June 19, 2021, Saturday

कोरोना प्रभावित वुहानबाट नेपाली विद्यार्थीको चित्कार सरकारले सुनेन

काठमाडौं । चीनको वुहान प्रान्त लगायतको क्षेत्रमा धेरै नेपाली अध्ययनको शिलशिलामा बस्ने गरेका छन् । त्यहाँ दुइ सातादेखि विद्यार्थीहरुलाई सरकारले वाहिर निस्कन समेत दिएको छैन । उनीहरुले आफूलाई चाँडै नेपाल फर्कने व्यवस्था गर्न नेपाल सरकारसँग माग गरिरेहेका छन् । तर सरकारले भने तयारी अन्तिम चरणमा पुगेको भन्नुवोहक कुनै पहल नगरेको भन्दै विद्यार्थीहरु आक्रोसित बनेका छन् ।

शुक्रबारसम्म चीनमा कोरोना भाइरसबाट २४ हजार ३ सय २४ जना संक्रमित भइसकेका छन । तीमध्ये ४ सय ९० जनाको मृत्यु भइसकेको छ । २८ सय जनाको क्रिटिकल केस छ । २३ हजार ८ सय ९० जना स्क्रिनिङका लागि आइसोलेनमा रहेको जनाईको छ । कोरोनाबाट चीनभर ४० हजार जना प्रभावित भएको अनुमान छ । तीमध्ये १५ सयदेखि तीन हजारजनासम्म मर्न सक्ने विज्ञहरु बताउँछन् । कोरोना भाइरसको उद्गम थलो भएकाले वुहानमा अहिले सार्वजनिक यातायात ठप्प छ । जनवरी २३ देखि यहाँ ‘सटडाउन भएको हो ।

गत साता मात्र स्वास्थ्य तथा जनसख्या मन्त्री भानुभक्त ढकालले चीनको बुहान प्रान्तमा रहेका एक सय ८० जना विद्यार्थीले नेपाल आउनको लागि नाम टिपाएको र उनीहरुको स्वास्थ्य परिक्षण भएपछि मात्र नेपाल ल्याइने बताए । काठमाडौं ल्याएर पनि करिव २ साता उनीहरुलाई परिवारका सदस्यसँग भेट गर्न नदिइ सुरक्षीत राख्नु पर्ने बताएका थिए । सरकारले कोरोना संक्रमितको लागि नेपाली सेनाको शिवपुरीस्थित अधिकृत क्यडेटको तालिम केन्द्र, भक्तपुरस्थित नेपाल विद्युत प्राधिकरण लगायतका स्थानलाई छनोट गरेको छ ।

विहान ८ देखि साढे १२ बजेसम्म र बेलुका केहीबेर सुपरमार्केट खुल्ने समय तोकिएको छ । बाहिर हिँड्न चाहिँ पूर्ण रुपमा बन्देज छ । नेपाल सरकारले चीनमा रहेका आफ्ना नागरिकलाई किन उद्दार गरेन ? भन्दै विद्यार्थीहरु यतिवेला प्रश्न गरिरहेका छन् ।

नेपाल फर्किन निकै इच्छुक विद्यार्थीहरुर आतुर भएकाले सरकारले नेपाल ल्याए पनि थेग्न नसक्ने भयावह अवस्था आउन नदिन सरकारसँग आग्रह गरेका छन् । नेपाल फर्कन १८० जनाले नाम बेइजिङस्थित नेपाली दुतावासमा नाम टिपाईसकेका छन् । उनीहरु मध्ये कुनै एक वा दुईमा संक्रमण रहेछ भने जापानको जस्तो अवस्था आउन सक्छ । त्यहाँ एउटा पानीजहाजमा दुई जना चिनियाँबाट फैलिएको संक्रमण ४० जनामा देखिएको थियो ।

एक वा दुईजनामा यो भाइरसको संक्रमण रहेछ भने प्लेनभित्रका सबैमा सर्न सक्छ । त्यसकारण नेपाल लैजान आइसोलेशन गाउन, ह्याण्ड ग्लोब, मास्क, हेडक्याप सहित आउनुपर्छ । नेपालमा झरिसकेपछि राख्न गतिलो तयारी गर्नुपर्छ । एयरपोर्टबाट जहाँ पुर्याइन्छ त्यो बीचमा भाइरसको संक्रमण हुनसक्ने विज्ञहरुले आशंका गरेका छन् ।

सम्बन्धित समाचार

मेलम्ची र हेलम्बुका बाढी पीडितलाई आयल निगमले दिए ग्यास लिलिण्डर र ग्यास चुल्हो
मेलम्ची र हेलम्बुका बाढी पीडितलाई आयल निगमले दिए ग्यास लिलिण्डर र ग्यास चुल्हो
  • २०७६ माघ २७, ०८: ००: १२

नयाँ बिकल्प, काठमाडौं । तीन दिनअघि आएको अबिरल वर्षाका कारण बाढी र पहिरोबाट जनधनको क्षति व्यहोरेका सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र...

प्रदेश २ का ७ जिल्लाको पार्टी समायोजनबिरूद्ध उजुरी परेपछि कांग्रेस क्रियाशिल सदस्यता अड्कियाे
प्रदेश २ का ७ जिल्लाको पार्टी समायोजनबिरूद्ध उजुरी परेपछि कांग्रेस क्रियाशिल सदस्यता अड्कियाे
  • २०७६ माघ २७, ०८: ००: १२

नयाँ बिकल्प, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म १४ औं महाधिवेशन काठमाडौंमा गर्ने घोषणा गरे...

ढुंगा, गिटी निकासी नगर्न सर्वोच्चको अन्तरिम आदेश
ढुंगा, गिटी निकासी नगर्न सर्वोच्चको अन्तरिम आदेश
  • २०७६ माघ २७, ०८: ००: १२

नयाँ विकल्प काठमाडौं – सर्वोच्च अदालतले ढुंगा, गिटी बालुवा निकासी गर्ने गरी सरकारले आर्थिक वर्ष २०७८–७९ को बजेट वक्तव्यमा गरेको...

भर्खरै

TOP