March 7, 2021, Sunday

भाटभटेनीका साहु गुरुङ् परिवारका सबै सदस्यमाथि भ्रष्टाचारको मुद्धा

काठमाडौ । चर्चित व्यवसायिक मल भाटभटेनी सुपर स्टोर्सका सञ्चालक मीनबहादुर गुरुङका परिवारका सबैजसो सदस्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थुनामा राखेर जरिवाना तिराउन माग दाबी गर्दै विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

उनी नेपालको व्यवसायिक क्षेत्रमा जसरी आकस्मिक रुपमा उदए त्यसरी नै व्यवसायिक अवसान हुन सक्ने धेरैले आंकलन गर्न थालेका छन् । मूल्य अभिवृद्धि करको नक्कली बिजक जारी गर्दै गैरकानुनी कारोबार गरेकोमा सर्वोच्च अदालतबाट ठहर भएलगत्तै उनलाई बालुवाटारको सरकारी जग्गाको कीर्ते गरी किनबेच गरेको आरोप छ ।

अख्तियारले विशेष अदालतमा दायर गरेको आरोपपत्रमा बालुवाटारको सरकारी जग्गाको गैरकानुनी किनबेचमा व्यवसायी गुरुङसँगै उनका छोराछोरी, भाइ र बुहारीसमेतको संलग्नता रहेको भेटिएको छ । गुरुङका छोरा कल्याण, छोरी कामना, भाइ पहलमान र बुहारी सरला गुरुङले सरकारी जग्गा कीर्ते गरी बेचबिखन गरेको अख्तियारले दायर गरेको आरोपपत्रमा जनाइएको छ । मीनबहादुरले ८ जनालाई जग्गा बेचेका थिए । उनले अभिताम्भ तुलाधर, नुतन श्रेष्ठ, डिम्पल बंशल, सरिता मानन्धर, नीतु गुरुङ, प्रविण ताम्राकार, भारती पाण्डे र अच्युतराज श्रेष्ठलाई ललिता निवासको जग्गा बेचेका थिए ।

अख्तियारलाई दिएको बयानमा गुरुङ्ले भाटभटेनी डेभलपमेन्ट प्रालिको नाममा बालुवाटारमा ४ र ५ कित्ता जग्गाहरु विभिन्न व्यक्तिबाट खरिद गरेको बताएका छन् । उनले केही कित्ता जग्गा प्रधानमन्त्री निवास विस्तारका क्रममा मन्त्रिपरिषद्को निर्णयबाट सट्टा भर्नाबाट आएको दाबी गरिएको छ । बालुवाटार जग्गा किनबेचमा मुछिएका पहलमान गुरुङ मीनबहादुरका भाइ हुन् । उनकी श्रीमती सरला पनि यो मुद्दामा तानिएकी छन् । सरलाले बैकुण्ठ शर्मा रेग्मीबाट जग्गा किने पनि अख्तियारको बयानमा कतिमा जग्गा खरिद गरिएको थियो भन्ने विषयमा बोल्न सकेकी थिइनन् ।

जग्गा फिर्ता गर्न राजी भएकाले नेकपा महासचिव पुत्र नवीन पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीमाथि मुद्दा चलाउन नपर्ने जनाएको थियो । तर न्यायाधीश रेग्मी र भाटभटेनीका सञ्चालक गुरुङ मिलेर ओमवीरमान ताम्राकारलाई जग्गा बेचेका थिए ।
यता ललितानिवासको सरकारी जग्गा किनेका नेकपाका महासचिव विष्णु पौडेलेका छोरा नविन पौडेलले सो जग्गा साविक यती डेभलपमेन्ट बैंकमा राखेर ४९ लाख ऋण लिएको घटना सार्वजनिक भएको छ ।

साविकको यती डेभलपमेन्ट बैंक हालको महालक्ष्मी विकास बैंकसँग मर्ज भएको थियो । ललिता निवासको सरकारी जग्गा भूमाफियासँगको मिलेमतोमा व्यक्तिगत बनाएको सार्वजनिक भएसँगै नेकपा महासचिव पौडेलले समेत ८ आना जग्गा छोराको नाममा किनेको खुलेको थियो । सोही जग्गा बैंकमा राखेर उनले ऋण निकालेको जनाइएको छ । न्यायाधिश रेग्मीले सिट नम्वर १०२–१०२५–१५ र कित्ता नम्वर ५११ खरिद गरेका थिए भने नविन पौडेलले सिट नम्वर शुक्रबार नै १०२–१०२५–१५को कित्ता नंम्वर ३०९ र ३१५ नम्वरका दुई कित्ता फिर्ता गरेको अख्तियारले जनाएको छ ।

सम्बन्धित समाचार

भारतद्घारा बुटबलस्थित नहरपुर माविलाई ४ करोड ४१ लाख रुपैयाँ सहयोग
भारतद्घारा बुटबलस्थित नहरपुर माविलाई ४ करोड ४१ लाख रुपैयाँ सहयोग
  • २०७६ माघ २८, ०६: २८: ५७

नयाँ बिकल्प,काठमाडौं । बुटवलस्थित नहरपुर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि भारत सरकारले चार करोड ४१ लाख ४० हजार रुपैयाँ...

मदनराज गुरुङ स्मृति कप फुटसलको उपाधि बाह्रदशीलाई
मदनराज गुरुङ स्मृति कप फुटसलको उपाधि बाह्रदशीलाई
  • २०७६ माघ २८, ०६: २८: ५७

काठमाडौं । नेपाली कांग्रेस झापा — काठमाडौं सम्पर्क समिति क्षेत्र नं ६ ले आयोजना गरेको मदनराज गुरुङ स्मृति कप फुटसल...

वैधानिक नेकपा हामी हौँ :  अध्यक्ष प्रचण्ड
वैधानिक नेकपा हामी हौँ : अध्यक्ष प्रचण्ड
  • २०७६ माघ २८, ०६: २८: ५७

नयाँ विकल्प काठमाडाैं -नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू नै वैधानिक नेकपा भएको दाबी गरेका छन् ।...

भर्खरै

TOP