January 16, 2021, Saturday

राष्ट्रिय सभाका सांसद उपाध्यायको निधन

काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट प्रदेश नम्वर ५ बाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसद दुर्गाप्रसाद उपाध्यायको निधन भएको छ । नेपाली कांग्रेसबाट निर्वाचित उपाध्यायको शुक्रबार विहान रुपन्देहीस्थित आफ्नै निवासमा निधन भएको हो । लामो समयदेखि क्यान्सर रोगबाट पीडित उपाध्यायको दुई वर्षे कार्यकाल आगामी २० फागुनमा सकिँदै थियो ।

२०४१ सालदेखि नेपाल विद्यार्थी संघमा आवद्धता जनाएसँगै राजनीतिमा क्रियाशिल उपाध्याय रुपन्देही कांग्रेसमा प्रभावशाली नेताको रुपमा चिनिन्थे । रुपन्देहीबाट नियमित रुपमा भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार गर्दै आएका थिए । पिता जंगीप्रसाद उपाध्याय र माता सोनमति उपाध्यायको सुपुत्र उपाध्याय २०२६ सालमा जन्मिएका थिए ।

उपाध्याय २०४६ को ऐतिहासिक जनआन्दोलनदेखि नेपाली कांग्रेसको विभिन्न जिम्मेवारीमा रहँदै सक्रिय रहेका थिए । २०५४ को स्थानीय निर्वाचनमा रुपन्देही जिल्लाको साविक मधुवनी गाविसमा उपाध्यक्ष पदमा निर्वाचित उपाध्याय २०६७ को बाह्रौं महाधिवेशन र २०७२ को तेह्रौं महाधिवेशनमा दुई कार्यकाल क्षेत्रीय सभापति थिए । २०७४ मा कांग्रेसको तर्फबाट प्रदेश नं. ५ बाट राष्ट्रिय सभाको सदस्यमा निर्वाचित उनी लुम्बिनी विकास कोषको कार्यकारिणी सदस्य तथा विभिन्न समाजिक संघ संस्थामा संलग्न थिए ।

उनको निधनप्रति दुःख व्यक्त गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले उपाध्यायको निधनको खबरले आफू अत्यन्त दुःखीत र स्तब्ध भएको जनाउँदै स्वर्गीय उपाध्यायले नेपालको लोकतान्त्रिक आन्दोलनहरु र पार्टीको संगठनमा सक्रिय योगदान पु¥याउनु भएको जनाएका छन् ।

सम्बन्धित समाचार

प्रधानमन्त्रीको कदम राजनीतिक पूर्वाग्रहबाट प्रेरितः नेता सिंह
प्रधानमन्त्रीको कदम राजनीतिक पूर्वाग्रहबाट प्रेरितः नेता सिंह
  • २०७६ फाल्गुन ५, ०७: २१: ५४

नयाँ विकल्प काठमाडाैं- नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा मुुलुकका ७५३ वटै पालिकामा आज विरोध ¥याली र सभा गरेको छ ।...

सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छः डा कोइराला
सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छः डा कोइराला
  • २०७६ फाल्गुन ५, ०७: २१: ५४

नयाँ विकल्प विराटनगर-नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसद् विघटनसम्बन्धमा सर्वोच्च अदालतले दिने निर्णय आफ्नो पार्टीलाई स्वीकार्य हुने बताएका...

चितवनकै पहिलो आकाशे पुलको उद्घाटन
चितवनकै पहिलो आकाशे पुलको उद्घाटन
  • २०७६ फाल्गुन ५, ०७: २१: ५४

नयाँ विकल्प भरतपुर-पूर्वी चितवनको रत्ननगरमा जिल्लामै पहिलो आकाशे पुलको उद्घाटन गरिएको छ । वाग्मती प्रदेश सरकार र रत्ननगर नगरपालिकाले पूर्व–पश्चिम...

भर्खरै

TOP