May 13, 2021, Thursday

कोइराला र आदित्यनाथबीच के भयो गोप्य वार्तामा ?

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला नेतृत्वको टोलीले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथसँग भेट गरी करिव एक घण्टा गोप्य वार्ता गरेका थिए । इण्डिया फाउण्डेसन दिल्ली र नीति अनुसन्धान प्रतिष्ठान नेपालको आयोजनामा लखनउमा हुने एक कार्यक्रममा भाग लिन गएका डा. कोइरालासहितको टोलीले उत्तर प्रदेशका मुख्यमन्त्री आदित्य नाथलाई बुधवार बेलुकी मुख्यमन्त्रीको सरकारी निवास लखनउमा भेटेको हो ।

कांग्रेस नेता डा. मिनेन्द्रप्रसाद रिजाललाई लिएर लखनउ गएका डा. शशांकलाई उत्तरप्रदेशका मुख्यमन्त्री आदित्य नाथले दोसल्ला ओडाई उपहारसमेत दिएका थिए । भारतका लागि नेपालका पूर्वराजदुत दीपकुमार उपाध्यायसमेत आदित्य नाथलाई भेट्न गएको स्रोतले जनायो ।
नेपाली कांग्रेसभित्र हिन्दु राज्यको पक्षमा वकालत गर्दै आएका डा. कोइरालासहितको टोलीले भारतको कट्टर हिन्दुवादी दल जनता पार्टीका नेता तथा उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्य नाथसँग एक घण्टासम्म छुट्टै भेट गर्नुलाई धेरैले रहस्यपूर्ण रुपले हेरेका छन् ।

नेपाली मूलका भारतीय नागरिक योगी आदित्य नाथ भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका एक शक्तिशाली नेताको रुपमा स्थापित छन् । ध्यान, जप, तपस्या र योगमा विश्वास गर्ने योगी नेपाललाई हिन्दु हिमाली राज्यको रुपमा स्थापित भएको देख्न चाहेको भनी जनाउँदै आएका छन् । पछिल्लो समय नेपालका राजनीतिक दलका नेताहरुको सम्बन्ध भारतको दिल्लीसँग भन्दा नेपालसँग सीमा जोडिएको उत्तरप्रदेशका मुख्यमन्त्रीसँग बढी भेटघाट हुन थालेका छ ।

नेपाल इण्डिया चेम्वर अफ कमर्श एण्ड इण्डस्ट्रिजको सहआयोजनामा शुरु हुने ‘दोश्रो भारत नेपाल द्विपक्षीय संवाद’ कार्यक्रममा अतिथिको रुपमा कोइरालालाई बोलाइएको थियो । दुई दिने सो कार्याशालामा कांग्रेस नेता तथा पूर्वमन्त्री उपाध्यायले समेत कार्यपत्र पेश गरेका थिए । विहीबार कार्यक्रमको अतिथिको रुपमा डा. कोइराला र उत्तरप्रदेशका मुख्यमन्त्री आदित्य नाथले सम्बोधन गरेका थिए । कांग्रेसको १४ महाधिवेशनको पूर्वसन्ध्यामा महामन्त्री डा. कोइरालाको भारतस्थित उत्तरप्रदेशको भ्रमणलाई कांग्रेसभित्र निकै महत्वपूर्ण मानिएको छ । आदित्यनाथसँगको भेटपछि महामन्त्री डा. कोइराला नयाँ दिल्लीतर्फ गएका थिए ।

सम्बन्धित समाचार

एमाले विवादः माधव नेपालसहित चार नेतामाथिको कारबाही फुकुवा
एमाले विवादः माधव नेपालसहित चार नेतामाथिको कारबाही फुकुवा
  • २०७६ फाल्गुन ५, ०७: २३: ५१

नयाँ विकल्प, काठमाडाैं- नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेतामाथि गरिएको कारबाही फुकुवा गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास...

सत्ता संकटमा परेपछि माधव नेपालकाे शरणमा पुगे ओली पक्षीय नेताहरू
सत्ता संकटमा परेपछि माधव नेपालकाे शरणमा पुगे ओली पक्षीय नेताहरू
  • २०७६ फाल्गुन ५, ०७: २३: ५१

नयाँ विकल्प, काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीकाे सत्ता संकटमा परेपछि माधव नेपाललाइ फकाउन ओली निकट नेताहरू नेपाल निवासमा पुगेका छन्...

सगरमाथा चढ्न गएका दुई जना विदेशी आरोहीको मृत्यु
सगरमाथा चढ्न गएका दुई जना विदेशी आरोहीको मृत्यु
  • २०७६ फाल्गुन ५, ०७: २३: ५१

नयाँ विकल्प, काठमाडाैं- सगरमाथा चढ्न गएका दुई जना विदेशी आरोहीको मृत्यु भएको छ। स्विट्जरल्यान्डका आरोही अब्दुल वारैच र अमेरिकी आरोही...

भर्खरै

TOP