November 28, 2020, Saturday

महाशिवरात्री तथा सेना दिवस–२०७६’ सम्पन्न

काठमाडौं । यही फाल्गुन ९ गते राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रमहरुको आयोजना गरी ‘महाशिवरात्री तथा सेना दिवस–२०७६’ सम्पन्न भएको छ । सेना दिवसको शुभ अवसरमा राष्ट्रपति भण्डारीले सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्यार्पण गरी वीर शहिदहरुप्रति श्रद्धान्जली अर्पण गरेकी थिइन् । सोहि क्रममा नेपाली सेनाले राष्ट्रपतिको सम्मानमा सम्मान गारत अर्पण गरेको थियो ।

सेना दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा नेपाली सेनाको हेलिकप्टरद्वारा ‘महाशिवरात्री तथा सेना दिवस – २०७६’ अंकित व्यानर प्रदर्शन तथा पुष्पवृष्टी गरिए पश्चात षट्कोण फर्मेशन तथा नेपालको राष्ट्रिय झण्डाको आकृति समेत निर्माण गरी राईफल र तोपबाट महाशिवरात्रीको बढाइँ गरिएको थियो ।

सैनिक युद्धकला, शहरी इलाकामा ठूला र अग्ला भवनहरुमा हुने आगलागिको बेला फसेको व्यक्तिहरुलाई हेलिकप्टर तथा उद्धार सम्बन्धी विशेष कलाको प्रयोग गरी उद्धार, मार्च पाष्ट, खुकुरी नृत्य, विकास निर्माण, नेपाली सैनिक व्याण्ड, विपद् व्यवस्थापन तथा प्रकृति संरक्षण सम्बन्धी विभिन्न हातहतियार, भेहिकल तथा उपकरणहरुको प्रदर्शन समेत गरिएको थियो । नेपाली सेनाले प्रत्येक वर्ष आयोजना गर्दै आएको फ्रि–फल जम्प प्रतिकुल मौसमका कारण उक्त कार्यक्रम हुन सकेन ।

सेना दिवसकै अवसरमा प्रमुख अतिथि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको वार्षिक प्रकाशन ‘सिपाही बार्षिक २०७६’को विमोचन गर्नुका साथै २०७६ फाल्गुन ६ गते प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाबाट भएको निरीक्षणको क्रममा संचालन भएको फ्रि–फल जम्पमा प्रथम हुने कार्य हुद्दा लक्ष्मण बजगाई र द्वितिय हुने जमराम बस्नेतलाई पुरस्कार प्रदान गरेकी थिइन ।

‘महाशिवरात्री तथा सेना दिवस २०७६’ को अवसरमा प्रधानसेनापति प्रशंसा निशान तथा प्रधानसेनापति प्रशंसा पत्र प्राप्त गर्नेहरुमा रथीवृन्द तथा अधिकृत १५५जना, पदिक तथा अन्य दर्जा ११४ जना, अवकाश प्राप्त पदिक १ जना, अन्य दर्जा मरोणपरान्त १ जना, कोरोना टाक्स फोर्समा कार्यरत अधिकृत, पदिक र अन्यदर्जा १९ जना रहेका थिए । यस्तै १३औं दक्षिण एसियाली खेलकुदमा सहभागी त्रिभुवन आर्मी क्लबका खेलाडिहरु १०६ जना, ए डिभिजन लिग फुटबल प्रतियोगिता २०७६ मा सहभागी सैनिक खेलाडीहरु तथा करारमा रहेका खेलाडीहरु गरी ३५ जना, सरकारी तथा गैर सरकारी व्यक्तिहरु ३८ जना, युद्धकार्य तयारीपन निरीक्षणमा प्रथम भएको पृतना र बाहिनी २ र गैर सैनिक निकाय २ रहेका थिए ।

साथै सोही अवसरमा प्रधानसेनापति महारथी थापाले विभिन्न व्यक्तिहरुलाई निशान, ट्रफी तथा पुरस्कारहरु वितरण गरेका थिए ।

जसअनुसार, श्री कालीरक्षा गण (ई) र श्री कीर्तिदल गणलाई निशान झण्डा, २०७६ सालको युद्धकार्य तयारीपन निरीक्षणमा प्रथम भई प्रधानसेनापति व्यानर प्राप्त गर्ने श्री श्रीजंग गण, प्रकृति संरक्षण ट्रफी प्रतियोगितामा गणतर्फ प्रथम भएको श्री बटुकदल गण र गुल्मतर्फ श्री हनुमानध्वज गुल्मलाई प्रकृति संरक्षण ट्रफी, शारीरिक तन्दुरुस्ती परीक्षामा पुरुषतर्फ प्रथम भएका सह–सेनानी अजयजंग सुवेदी र महिलातर्फ प्रथम भएकी सह सेनानी देवी कुमारी पुनलाई पुरस्कार, प्रधानसेनापति सफल लघुवित्त उद्यमी सम्मान २०७६ मा महिलातर्फ प्रथम हुन सफल स्व.जम बाल कुमार पौडेल (अ.प्रा.) को श्रीमति सिर्जना पौडेल खत्रीलाई र पुरुषतर्फ प्रथम हुन सफल जम. टेक बहादुर ओली (अ.प्रा.) लाई पुरस्कार तथा प्रधानसेनापति उत्कृष्ट उद्यमी २०७६ बाट महा सेनानी प्रकाश आचार्य (अ.प्रा.) लाई सम्मान तथा पुरस्कार, प्रधानसेनापती उत्कृष्ट कृषकबाट हुद्धा डबल बहादुर बस्नेत (अ.प्रा.) सम्मानित तथा पुरस्कार, प्रमुख सेनानी स्व.ईन्द्र बहादुर कुंवरलाई सर्वोत्कृष्ट भूतपूर्व सैनिक सम्मान २०७६ बाट सम्मानित, प्रधानसेनापति उत्कृष्ट समाज सेवा सम्मान २०७६ बाट सुवेदार धन बहादुर खड्का (अ.प्रा.) लाई पुरस्कार, सैनिक ड्रिल प्रतियोगिता–२०७६ मा प्रथम हुन सफल श्री मध्य पृतना हे.क्वा. तथा द्धितिय श्री पश्चिम पृतना हे.क्वा.लाई पुरस्कार, मानार्थ उप सेनानी दर्जामा पदोन्नति हुने ७७ जना पदिकहरुमध्ये उपस्थित २० जनालाई दज्र्यानी चिन्ह प्रदान गरीएको थियो ।

त्यसैगरी १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा राष्ट्रको गौरव र गरिमा बढ्ने गरी विभिन्न पदकहरु जित्ने ३ सफल नेपाली सेनाका सकल दर्जालाई पुरस्कार प्रदान गरिएको थियो ।

‘महाशिवरात्री तथा सेना दिवस २०७६’ कै अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपप्रधान एवं रक्षामन्त्री, मन्त्रीगण, विभिन्न संवैधानिक निकायका प्रमुखहरु, मित्रराष्ट्र बेलायती सेनाका सेनाध्यक्ष, नेपाल सरकारका सचिवहरु, अन्य सुरक्षा निकायका प्रमुखहरु, नेपाल सरकारका अन्य विशिष्ट पदाधिकारीहरु, विभिन्न विदेशी दुतावासका महामहिम राजदुतहरु, नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरु, बहालवाला तथा अवकाश प्राप्त रथीबृन्द तथा अधिकृतहरु, विभिन्न मुलुकहरुका सैनिक सहचारीहरु, सञ्चारकर्मीहरु लगायत ठूलो संख्यामा परिवारजन तथा सर्वसाधारणहरुको समेत उपस्थिति रहेको थियो ।

यसैबीच महाशिवरात्री तथा सेना दिवस २०७६ को उपलक्ष्यमा आइतबार बेलुकी नेपाली सेनाले रात्रिभोजको आयोजना समेत गरेको छ ।

सम्बन्धित समाचार

उद्योग वाणिज्य महासंघको अध्यक्षमा गोल्छा, बरिष्ठ उपाध्यक्ष प्रधानको प्यानल बलियो
उद्योग वाणिज्य महासंघको अध्यक्षमा गोल्छा, बरिष्ठ उपाध्यक्ष प्रधानको प्यानल बलियो
  • २०७६ फाल्गुन १२, ०६: ४२: ४८

नयाँ बिकल्प, काठमाडौं – निजी क्षेत्रको साझा संगठन नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको जिम्मेवारी आजबाट शेखर गोल्छाले सम्हालेका छन् ।...

‘भ्रष्टाचारका संरक्षक’ प्रधानमन्त्री ओलीलाई  राजिनामा गर्न अधिकारकर्मीहरुको माग
‘भ्रष्टाचारका संरक्षक’ प्रधानमन्त्री ओलीलाई राजिनामा गर्न अधिकारकर्मीहरुको माग
  • २०७६ फाल्गुन १२, ०६: ४२: ४८

नयाँ विकल्प, काठमाडाैं-ट्रान्परेन्सी इन्टरनेसनलले हालै प्रकाशित गरेको प्रतिवेदनले नेपाल एसियामै सबैभन्दा बढी भ्रष्टाचार हुने देश भनेर औल्याएकोले नैतिकताको आधारमा उचित...

७१ बर्षिय बृद्धलाई बलत्कार गर्ने ३४ बर्षका गिरी प्रहरीकाे नियन्त्रणमा
७१ बर्षिय बृद्धलाई बलत्कार गर्ने ३४ बर्षका गिरी प्रहरीकाे नियन्त्रणमा
  • २०७६ फाल्गुन १२, ०६: ४२: ४८

नयाँ विकल्प पाेखरा- जिल्ला प्रहरी कार्यालय कास्कीले ७१ बर्षे एकल बृद्ध महिला बलत्कार गरेकाे आराेपमा पोखरा महानगरपालिका -१९ पुरन्चौरका ३४...

भर्खरै

TOP