January 16, 2021, Saturday

ओलीले ६९औं जन्मोत्सव जन्मघरमा मनाए

तेहथुम । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली आइतनबारबाट ६९ वर्ष पुरा गरेका छन् । आफ्नो ६९औं जन्मोत्सव ओलीले तेह्रथुम जिल्लाको आठराई गाउँपालिका–२ इवापोखरीको पुख्र्यौली घर, जहाँ उनी जन्मिएका थिए, पुगेर मनाएका छन् । पिता मोहनप्रसाद ओली, श्रीमती राधिका शाक्य, भाइ र बहिनीहरुसहित जन्मघर इवामा पगेर ओलीले जन्मदिन मनाएका हुन् ।

२००८ फागुन ११ गते जन्मिएका ओली १२ वर्षको उमेरमा पिता मोहनप्रसादसँगै झापाको शरणमतीस्थित चप्रमारीमा बसाइँ सरेका थिए । चार वर्षकै उमेरमा मातृवात्सल्य गुमाएका ओली विरिङ खोलाले घरजग्गा बगाएपछि गरामनी वसाईं सरेका थिए । पछि पृथ्वीनगरको सोमबारेमा बसाईं सरेका थिए । सोमबारे हाल भद्रपुर नगरपालिका वडा नं २मा पर्छ ।

ओलीका पिता मोहनप्रसाद ओलीले २०२० मै पुख्र्यौली घर इवा छोडेका थिए । झापा बसाईं सरेसँगगै आफ्नो जन्मघर बेचेका ओलीले केही वर्षअघि मात्र स्थानीय खगेन्द्र तामाङबाट पुनः सो घर किनेका थिए । २ वर्षअगाडि प्रधानमन्त्री ओलीले आफू जन्मेको घरसहित २५ रोपनी जग्गा १० लाख ५० हजार रुपैयाँमा किनेका थिए । ओलीका पिता मोहनप्रसादले सो घर जग्गा पहिले सो घर जग्गा आठराईका तुलसीप्रसाद संग्रौलालाई बेचेका थिए । सँग्रौलाले सो घरजग्गा खगेन्द्र तामाङलाइ बेचेका थिए ।

प्रधानमन्त्री ओलीको चाहना बमोजिम आठराईका बामपन्थी नेता भीम घिमिरेले सो जग्गा प्रधानमन्त्री ओलीलाई बेच्न तामाङलाई राजि गराएका थिए । आफ्नो पुख्र्यौली २५ रोपनी वाहेक थप २ सय रोपनी जग्गा १० लाखमा खरिद गरिएको थियो । पछि ओलीले तामाङलाई थप ५० हजार रुपैयाँ उपलब्ध गराएका थिए ।

पुख्र्यौली घर जग्गासहित २ सय २५ रोपनी जग्गालाई संरक्षण गरी पोलिटेक्निक इन्स्टिच्युट वा कृषि तालिम केन्द्र स्थापना गर्ने घोषणा समेत गरिएको छ । केही समयअघि प्रधानमन्त्रीको सल्लाहमा भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङसहितको टोलीले ओलीको पुख्र्यौली घरको स्थलगत अवलोकन समेत गरेको थियो ।

इवा पोखरी पुग्नेवाटो समेत स्तरोन्ती गरिएको छ । ओलीको जन्मघरलाई लक्षित गरी स्थानीय चुहान डाँडामा विमानस्थल स्थापना गर्न गत वर्ष फागुनमा तत्कालिन नागरिक उड्डयन तथा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहितको टोली स्थलगत अध्ययनको लागि गएको थियो । सोही क्रममा ताप्लोजुङ जाँदा हेलीकोप्टर दुर्घटनामा अधिकारीसहित ९ जनाको निधन भएको थियो ।

झापाको पृथ्वीनगरस्थित सोमबारेमा कान्छा छोरा जयप्रसाद ओलीको घरमा बस्दै आएका प्रधानमन्त्रीका पीता मोहनप्रसाद पनि झापाबाटै तेह्रथुम पुगेका थिए । प्रधानमन्त्री ओलीको न्वारानको नाम धु्रवप्रसाद ओली हो । उनलाई पिता मोहनप्रसादले अहिले पनि धु्रव भनेर सम्बोधन गर्ने गर्छन । गतवर्ष ओलीले जन्म दिन प्रधानमन्त्री निवास वालुवाटारमै मनाएका थिए ।

सम्बन्धित समाचार

प्रधानमन्त्रीको कदम राजनीतिक पूर्वाग्रहबाट प्रेरितः नेता सिंह
प्रधानमन्त्रीको कदम राजनीतिक पूर्वाग्रहबाट प्रेरितः नेता सिंह
  • २०७६ फाल्गुन १२, ०६: ५३: २१

नयाँ विकल्प काठमाडाैं- नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा मुुलुकका ७५३ वटै पालिकामा आज विरोध ¥याली र सभा गरेको छ ।...

सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छः डा कोइराला
सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छः डा कोइराला
  • २०७६ फाल्गुन १२, ०६: ५३: २१

नयाँ विकल्प विराटनगर-नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसद् विघटनसम्बन्धमा सर्वोच्च अदालतले दिने निर्णय आफ्नो पार्टीलाई स्वीकार्य हुने बताएका...

चितवनकै पहिलो आकाशे पुलको उद्घाटन
चितवनकै पहिलो आकाशे पुलको उद्घाटन
  • २०७६ फाल्गुन १२, ०६: ५३: २१

नयाँ विकल्प भरतपुर-पूर्वी चितवनको रत्ननगरमा जिल्लामै पहिलो आकाशे पुलको उद्घाटन गरिएको छ । वाग्मती प्रदेश सरकार र रत्ननगर नगरपालिकाले पूर्व–पश्चिम...

भर्खरै

TOP