November 29, 2020, Sunday

गच्छदारबाट आएकालाई २४ जिल्लामा समायोजन

काठमाडौ । कांग्रेससँग एकीकरण गरेको २ वर्ष ४ महिनापछि विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमका कार्यकर्ताई एकीकृत गरिएको छ । पार्टीको जिल्ला कार्यसमितिको २४ जिल्लामा गच्छदारबाट आएकाले भागबण्डा पाएका छन् । 

२०७४ साल असोज २९ गते गच्छदार नेतृत्वको तत्कालिन नेपाल लोकतान्त्रिक फोरम मंगलबारदेखि कांग्रेसका विभिन्न संगठनमा भागबण्डा पाएको हो । एकीकरणको समयमा भएको सहमति बमोजिमका पदाधिकारी तथा सदस्यको नामावली गच्छदारले बुझाएपछि दुवै पार्टी एकीकरणको कार्य करिव ९५ प्रतिशत सकिएको छ । पाँच प्रतिशत एकीकरणको काम भनेको केन्द्रीय कार्यसमितिमा ११ जनाको नाम सिफारिसमा भ्रातृ तथा शुभेच्छुक सस्थामा वाँकी रहेको छ ।

सहमतिअनुसार गच्छदारबाट आएकामध्ये २ सय जनाले महासमिति सदस्य, १ सय ४८ जनाले पर्यवेक्षक, ६ सय महाधिवेशन प्रतिनिधि, २४ जिल्लामा जिल्ला कार्यसमिति पदाधिकारी र सदस्य तथा ४६ वटा प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति पदाधिकारीमा गच्छदारबाट आएकाले जिम्मेवारी पाएका छन् ।

समायोजनमा परेका पदाधिकारी तथा सदस्यको नामावली सम्वन्धित जिल्लामा पठाइएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । कांग्रेसले २०७५ कात्तिक २० गते उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा गठन गरेको समायोजन समितिले समायोजनको मोडालिटी र सख्या निर्धारण गरेको थियो । समितिले तत्कालिन लोकतान्त्रिक फोरमलाई केन्द्रिय कार्यसमितिमा उपसभापतिसहित ११ केन्द्रीय सदस्य दिने सहमति थियो । तर, गच्छदारले अझै पनि ११ जनाको नाम बुझाएका छैनन् ।

तत्कालिन फोरम लोकतान्त्रिकले मोरङ जिल्लामा उपसभापति र सहसचिवसहित १७ जनाले जिम्मेवारी पाएका छन् । मोरङमा उपसभापति भक्तिनाथ माझी र सहसचिवमा प्रदीपकुमार विश्वासको नाम सिफारिस गरिएको छ । गच्छदारको गृह जिल्ला सुनसरीमा हरिलाल मेहता उपसभापति र देवनारायण मेहता सहसचिवसहित १३ जना र कैलालीमा विरुप्रसाद चौधरी उपसभापति र कलेशुराम चौधरी सहसचिवसहित १३ जनाले जिम्मेवारी पाएका छन् । बर्दियामा गोबिन्दप्रसाद थारु उपसभापति र महदेब चौधरी सहसचिवसहित ७ जना, सप्तरीमा प्रभुनारायण चौधरी उपसभापति र दीपक गुप्ता सहसचिवसहित ७ जना, सर्लाहीमा रामवली राय उपसभापतिसहित ८ जनाले अवसर पाएका छन् ।

दाङमा हिरालाल चौधरी उपसभापतिसहित ८ जना, पर्षामा राजकुमार गुप्ता उपसभापतिसहित ८ जना, काभ्रेमा गोविन्दबहादुर थापासहित ८ जना, झापामा देवीप्रसाद राजवंशी उपसभापतिसहित ६ जनाले जिम्मेवारी पाएका छन् । रुपन्देहीमा सरिताकुमारी चौधरी उपसभापतिसहित ६ जना, बारामा अमिरीलाल पाल राउत उपसभापतिसहित ४ जना, बाँकेमा फुलाराम थारु उपसभापतिसहित ४ जनाले जिल्ला कार्यसमितिमा जिम्मेवारी पाएका छन् ।

ओखलढुंगामा शिवकुमार खड्का सहसचिवसहित ४ जना, सिरहामा बेचन महतो सहसचिवसहित ४ जना, धनुषामा नरेश यादव सहसचिवसहित ४ जना, रौतहटमा मनोज शर्मा सहसचिवसहित ४ जना, चितवनमा राजन कार्कीसहित ४ जना, कपिलवस्तुमा रामसमुज चौधरी सहसचिवसहित ४ जनाले कांग्रेसको जिल्लास्तरिय नेताको अवसर पाएका छन् ।

कञ्चनपुरमा पुस्कल चौधरी सहसचिवसहित ४ जना, उदयपुरमा विजयकुमार सिंह सहसचिवसहित ४ जना र महोत्तरीमा ललन सिंह सहसचिवसहित ३ जना जिल्ला कार्यसमितिमा जिम्मेवारी पाएका छन भने काठमाडौं र पश्चिम नवलपरासीको हकमा आवस्यक परामर्श गरी पार्टीले निर्णय लिने जनाइएको छ ।

सम्बन्धित समाचार

चन्द्र ढकाल  : बाग्लुङको  अमलाचौरदेखि महासंघकाे  नेतृत्वसम्म
चन्द्र ढकाल : बाग्लुङको अमलाचौरदेखि महासंघकाे नेतृत्वसम्म
  • २०७६ फाल्गुन १३, ०७: ४८: ०७

काठमाडौँ- भनिन्छ, बिहानीले दिनको सङ्केत गर्छ । नेपाल प्रज्ञा प्रतिष्ठान नजिकैको घण्टाघरले बिहानको ४ः३० बजेको समय सूचक घण्टी बजायो र...

बैंकमा लगानीकर्ता झुमिदा ७५ अंकले बढ्यो नेप्से, कारोबार ९ अर्ब माथी
बैंकमा लगानीकर्ता झुमिदा ७५ अंकले बढ्यो नेप्से, कारोबार ९ अर्ब माथी
  • २०७६ फाल्गुन १३, ०७: ४८: ०७

नयाँ विकल्पकाठमाडाैं-साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से ७५ अंकले बढेको छ। यो अंकको वृद्धिसँगै नेप्सेले १९६८ अंकको नयाँ...

रोल्पामा अपरिचित दुई पुरुषका शव फेला
रोल्पामा अपरिचित दुई पुरुषका शव फेला
  • २०७६ फाल्गुन १३, ०७: ४८: ०७

नयाँ विकल्पकाठमाडाैं- रोल्पामा सडेको अवस्थामा दुइटा शव फेला परेका छन्। सुनिल स्मृति गाउँपालिका वडा नं. ४ जिया खोला किनारमा १२...

भर्खरै

TOP