May 14, 2021, Friday

कांग्रेसको भूमिका संघीय संसदमा किन कमजोर ?

काठमाडौं । नेपाली कांग्रेसका सांसदले २३ माघदेखि लगातार चौथो पटकसम्म प्रतिनिधि सभाको बैठक अबरोध गरिरहे । कांग्रेस सांसदले यसरी चौथो दिनसम्म सदनको नियमित काम कारबाहीलाई आ–आफ्नो आसनबाट उठेर अवरोध गरेपछि सभामुख अग्नीप्रसाद सापकोटाले सदनको बैठक स्थगित गरे । प्रमुख प्रतिपक्षी कांग्रेसले सदन अबरोध गर्दा कुनै कारण देखाएका हुन्छ । तर, कांग्रेसले जुन माग राखेर सदन अबरोध गरेको हुन्छ, त्यो माग भने पुरा नभएर अघोषित सम्झौता गरी टुंगोमा नपु¥याई छोड्ने गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई भ्रष्टाचारको अभियोगमा विशेष अदालतमा मुद्धा दर्ता गरेपछि सरकारले पूर्वाग्रह साँधेर फसाएको आरोप लगाउँदैन सदन अबरोध गरेको थियो । संसदका सभामुख सापकोटाले अख्तियारले अनुसन्धान गरेको र मुद्धा दायर गरेको विषय सदनको क्षेत्राधिकार भित्र नपर्ने भन्दै प्रतिपक्षी कांग्रेसलाई सम्झाए तर कांग्रेसले अडान छाडेन तर कांग्रेसको यो अडान धेरै दिन टिक्न सकेन र बिना कारण कांग्रेसले सदनको अवरोध अन्त्य ग¥यो ।

कांग्रेसकी सचेतक पुष्पा भूषालले सरकारको दबाबमा अख्तियारले गच्छदारलाई कारबाही गरेकोले अख्तियारले सो निर्णय सच्याउन आग्रह गरिन । कांग्रेसको मागको छेउ टुम्पो पनि सम्बोधन भएन । तर माघको २८ गते प्रतिनिधिसभाको बैठकमा कांग्रेसले अवरोध गरेन ।

जिम्मेवार प्रतिपक्षको भूमिकामा रहेको दाबी गर्दै कांग्रेसले २०७५ साल बैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त सदनमा राखेको नीति तथा कार्यक्रमलाई प्रतिनिधिसभाले सर्वसम्मतले पारित ग¥यो । सरकारले पेश गरेको नीति तथा कार्यक्रमलाई स्वीकृत गर्ने प्रस्ताव तत्कालिन सभामुख कृष्णबहादुर महराले निर्णयार्थ पेश गर्दा कांग्रेसले न पक्षमा मत दियो न त विपक्षमा नै । खासमा कांग्रेसका सांसदहरुको असावधानीका कारण त्यो प्रस्ताव सरकारले सर्वसम्मतले पास गर्न सफल भयो । तर, यो हुस्सु प्रकरणलाई प्रतिपक्षी कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिपक्षको सदासायता र उदार प्रतिपक्षको भूमिका भनेर दाबी गरिरहे ।

२०७५ साल बैशाखमा संसदका दुई राजनीतिक दल नेकपा एमाले र नेकपा माओवादीबीच एकता भएर नेकपा बन्यो । त्यसपछि कांग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभामा संविधानको धारा देखाउँदै एउटै दलबाट सभामुख र उपसभामुख हुन मिल्दैन भन्यो । दुई दिन जति सदन अबरोध र वहिस्कार गरेको कांग्रेसले तेश्रो दिन भने विना कारण अबरोध हटायो ।

तत्कालिन सभामुख महराले सो विषयमा सर्वोच्च अदालतमा विचाराधिन रहेको भन्दै छलफल नगर्न आग्रह गरे । फागुन ८ गते संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ७० करोड रुपैयाँ कमिसन वार्गेनिङ गरेको अडियो सार्वजनिक भएसँगै मन्त्रीलाई सरकारबाट हटाउन कांग्रेसले माग ग¥यो । कांग्रेसले वाँस्कोटालाई मन्त्रीबाट ननिकालेको भन्दै राष्ट्रिय सभाको ८ फागुनको बैठक अबरोध ग¥यो ।

सोही दिन ३ वजे बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसले बाँस्कोटालाई सरकारबाट हटाउनु पर्ने, प्रधानमन्त्रीले अडियो प्रकरणमा जानकारी दिनुपर्ने र बाँस्कोटालाई कारबाही गर्नुपर्ने माग गर्दै सदनको कारबाही अबरोध ग¥यो । तर कांग्रेसको माग कुनै पनि पुरा नहुँदै मंगलबार बसेको प्रतिनिधिसभाको बैठक बिनाअवरोध संचालनमा आयो । बाँस्कोटालाई प्रधानमन्त्रीले हटाउनु अघि बाँस्कोटाले पदबाट राजिनामा दिए ।

उनलाई पार्टीले कारबाही गर्नुको सट्टामा अख्तियारले छानबिन गर्ने निर्णय पार्टी सचिवालय बैठकबाट गराइयो भने बाँस्कोटाको ७० करोड कमिसनको विषयमा प्रधानमन्त्री ओलीले सदनमा जानकारी दिनु त परै जाओस उपस्थित पनि भएनन् । प्रतिपक्षी दलका नेताले बाँस्कोटा प्रकरणमा आफ्नो भनाई राखेर तुष मेटाउने काम गरे । तर, आफ्नो माग पुरा नहुँँदै सदनको कारबाही अबरोध गरेनन् ।

कांग्रेसको यो क्रियाकलापलाई धेरै सत्ता र अवसरसँग सौदावाजीको रुपमा लिएका छन् । मंगलबार कांग्रेसले सदन अबरोध नगर्नुका कारण पनि निकट भविष्यमा हुने प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन नै हो । कांग्रेसले संविधानको भावना र मर्मअनुसार भन्दै उपसभामुखको दाबी गरिरहेको छ । उपसभामुख संवैधानिक पद हो । यसअघि गच्छदार प्रकरणमा सरकारलाई अप्ठ्यारो पारेको कांग्रेसले सत्य निरुपण तथा मेलमिलाप आयोगमा भागबण्डा पाएको थियो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले अख्तियारमा रिक्त दुई आयुक्तमध्ये एकमा निर्वाचन आयोगमा रिक्त एक पदमा आफूले सिफारिस गरेको व्यक्तिलाई नियुक्ति दिनुपर्ने माग गर्दैं आएको छ । त्रिभुवन विश्वविद्यालयको रिक्र रेक्टर पद, सूदुरपश्चिम, मध्यपश्चिम, पोखरा, पूर्वाञ्चल, कृषि तथा बन विज्ञान विश्वविद्यालयको उपकूलपति र अन्य पदाधिकरीमा कांग्रेसले साझेदारी अर्थात भाग खोजेका कारण सत्तारुढ दलको कमजोरीमाथि कडा रुपमा प्रस्तुत हुन नसकेको आरोप लाग्ने गरेको छ ।

वाइडबडी जहाज खरिद प्रकरणलाई पनि विपक्षी दलका नेतासँग जोडेपछि कांग्रेसले भ्रष्टाचारका घाटनाका विषयमा कडा रुपमा प्रस्तुत हुन नसकेको गुनासो पार्टी भित्रैबाट आउने गरेको छ । यसरी हेर्दा कांग्रेसले संसदीय मोर्चामा बलियो, सृजनात्मक र गतिशिल प्रतिपक्षीको भूमिका खेल्न नसकेको आरोप लाग्ने गरेको छ ।

सम्बन्धित समाचार

शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
  • २०७६ फाल्गुन २०, ०९: १९: २९

नयाँ विकल्प, काठमाडाैं- शुक्रबार थप ८ हजार ५२० जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...

जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
  • २०७६ फाल्गुन २०, ०९: १९: २९

नयाँ विकल्प, काठमाडाैं- जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको छ । बिहीबार...

देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
  • २०७६ फाल्गुन २०, ०९: १९: २९

नयाँ बिकल्प,काठमाडौं । पार्टीको आन्तरिक जीवन र बहुदलिय प्रतिष्पर्धात्मक राजनीतिमा समेत आफ्ना सहयात्री र कार्यकर्तालाई भन्दा अन्य दलका नेतासँग सम्वन्ध...

भर्खरै

TOP