May 19, 2021, Wednesday

साक्षर नेपाल अभियान कार्यान्वयनका लागि चन्द्रागिरि नगरपालिका साक्षर घोषणा–२०७६

१. नगरपालिकाको संक्षिप्त परिचय
चन्द्रागिरि नगरपालिका नेपालको वागमति प्रदेश, काठमाडौं जिल्ला भित्रको सबभन्दा ठूलो नगरपालिका हो । नेपाल सरकारको निर्णय बमोजिम मिति २०७१ मसिंर १६ गते स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा काठमाडौं जिल्लाको दक्षिण–पश्चिम भेगमा रहेको थानकोट, दहचोक, नयाँ नैकाप, वाडभञ्ज्याङ, बलम्वु, महादेवस्थान, तीनथाना, सतुंगल, मातातीर्थ, मच्छेगाउँ र पुरानो नैकाप गरी जम्मा ११ गाउँ विकास समितिहरूलाई समेटेर जम्मा २५ वडा बनाई चन्द्रागिरि नगरपालिका घोषणा गरिएको थियो ।

नेपालको संबिधान अनुसार राज्य पुनःसंरचना आयोगको पुनःसंरचना पछि नेपाल सरकार, मन्त्रिपरिषदको २०७३ फागुन २२ को स्थानीय तह पुनःसंरचना सम्बन्धी निर्णय फागुन २७ मा राजपत्रमा प्रकाशित भएपछि स्थानीय तहको व्यवस्था लागू भई चन्द्रागिरि चुचुराको नामबाट चन्द्रागिरि नगरपालिका नामाकरण गरी जम्मा १५ वडा कायम भएको हो । चन्द्रागिरि नगरपालिकाको केन्द्र बलम्वुमा रहको छ ।

२. भौगोलिक अवस्था
यस नगरपालिकाको पूर्वमा किर्तिपुर नगरपालिका, पश्चिममा धादिङ्ग जिल्ला, उत्तरमा नागार्जुन नगरपालिका तथा दक्षिणमा दक्षिणकाली नगरपालिका र मकवानपुर जिल्ला सँग सिमाना जोडिएको छ । यस नगरको जमिन, हावापानी, वनजंगलको विविधता अनि ऐतिहासिक मठ मन्दिर एवं धार्मिक महत्वका स्थान, पर्यटकीय स्थान, विभिन्न जनजातिको वसोवासका साथै रहनसहन, भेषभुषा आदिको विविधताले गर्दा यस नगरको भौगोलिक बनावट मनोरम रहेको छ । यस नगरपालिकाको प्रशासनिक मुकाम बलम्बुमा रहेको छ । नेपालको मान चित्रमा चन्द्रागिरि नगरपालिकाको फैलावट २७० २७ु२५ुु उत्तर र २७० २७ु२५ुु निर्देशाङ्कमा फैलिएको छ । यो नगरपालिका काठमाडौं उपत्यकाको उप उपत्यकाको रुपमा रहेको छ ।

३. प्रशासनिक संरचना
नेपालको सात प्रदेश मध्ये वागमती प्रदेशको वागमती अञ्चलका ८ वटा जिल्लाहरु मध्ये काठमाडौं जिल्ला अन्तरगत चन्द्रागिरि नगरपालिका पर्दछन् । यस नगरपालिकालाई १५ वटा वडाहरुमा विभाजन गरिएको छ ।

चन्द्रागिरि नगरपालिका साक्षर अभियान, २०७६
१. परिचय

नेपालको संवैधानिक प्रावधान अनुसार नेपालको संविधानको अनुसूची ८ बमोजिम आधारभूत तथा माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहको अधिकार क्षेत्र भित्र रहेको छ । यो संवैधानिक व्यवस्था र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार तोकिएका कार्यहरुमा अनौपचारिक शिक्षाका कार्यक्रमहरु पनि स्थानीय तहबाट सञ्चालन हुुनुपर्ने व्यवस्था रहेको छ ।
२. पृष्ठभूमि
साक्षरता मुलुकको समृद्ध र आर्थिक विकासको प्रस्थान बिन्दु हो । प्रत्येक व्यक्तिले शिक्षा, स्वास्थ्य र रोजगार पाउनु उसको नैसर्गिक अधिकार हो । जबसम्म मुलुकमा निरक्षरता कायम रहन्छ तबसम्म मुलुकको सर्वाङ्गीण विकास हुन असम्भव छ । देशको दिगो विकास र स्थायित्व कायम राख्नका लागि, विकासको मूल प्रवाहमा ल्याउनका लागि, मुलुकबाट गरिबी न्यूनीकरण गर्नका लागि साक्षरताको आवश्यकता खड्किएको छ । त्यसैले निरक्षरता व्यक्ति, समाज र राष्ट्रका लागि बोझ बनेको छ । यही अवस्थालाई दृष्टिगत गरेर राज्यले दिगो विकासका लागि साक्षरता अभियान अगाडि सारेको हो ।

साक्षर संस्कृत शब्द हो । “साक्षर” शब्दमा “ता” प्रत्यय लागेर साक्षरता शब्द बनेको छ । बृहत् नेपाली शब्दकोशका अनुसार अक्षर चिनेको वा जानेको, लिपि चिनेको, अलिअलि लेखपढ गर्न सक्ने, अल्प शिक्षित भनेर साक्षरको परिभाषा दिइएको छ । साक्षरता अभियान भनेर अक्षर नचिनेका वा नजानेकाहरूलाई अक्षर चिनाउन र लेखपढ गर्न नजानेकाहरूलाई लेखपढ गर्न सक्ने बनाउन चलाइने अभियान भनी परिभाषित गरिएको छ । यसरी साक्षरतालाई जे जसरी परिभाषित गरिएको भए तापनि समग्रमा भन्दा सिप युक्त जनसङ्ख्या नै साक्षर हो अनि जसले आफूलाई चिनाउन सक्छ, त्योे नै साक्षर हो ।


दस्तावेज

साक्षरताका सम्बन्धमा स्वदेशी एवं विदेशी विभिन्न व्यक्तिहरूले आ–आफ्नो विचार प्रकट गरेका छन् । ब्राजिलका प्रसिद्ध शिक्षाविद् पाउलो फ्रेरेले सन्् १९९० मा साक्षरताका सम्बन्धमा यसरी भनेका छन् “साक्षरता मानव विकासको महत्त्वपूर्ण सूचक मानिन्छ । यसले राष्ट्रको मानव विकास सूचकमा बढोत्तरी मात्र गर्दैन साक्षर बनाउँछ । त्यसैगरी जीवनयापनका लागि आवश्यक सिप समेत प्रदान गर्दछ । साक्षरता शिक्षाले मानिसलाई मुक्तिको शिक्षा प्रदान गर्छ ।” जेहोस साक्षरताको उद्देश्यलाई परम्परागत रूपमा गरिएको पढ्न, लेख्न र गणितीय सिपसँग मात्र सीमित नराखी पढ्न, लेख्न, गणितीय सिप हासिल गर्न, अधिकार दायित्वबोध गरी सम्बन्ध स्थापित गर्न र जीवनोपयोगी सिप समेतका रूपमा परिभाषित गर्नुपर्ने देखिन्छ ।

यसै सन्दर्भमा युनेस्कोका पहिलो निर्वाचित महा—निर्देशक इरिना बोकोभाले सन् २०१० मा दिएको सन्देशमा उल्लेख गरिएको छ “महिला साक्षरताको सिपले उनीहरूमा आत्मविश्वास बढाउनुका साथै जीवन र भविष्यमाथि स्वावलम्बीपना प्रदान गर्छ । साक्षरताले महिलामा सशक्तीकरण ल्याउँछ । सशक्तीकरण भनेको निर्णय गर्न सक्ने क्षमताको लागि जानकारी हासिल गर्नु हो । सशक्तीकरणबाट नै महिलालाई घरभित्र र घरबाहिरको राजनीतिक जीवनमा सहभागी हुने र अधिकारको प्रयोग गर्न सक्ने अवस्था प्राप्त हुन्छ । महिलाले समान अधिकार र अवसरको उपयोग जबसम्म गर्न पाउँदिनन् तबसम्म दिगो विकास हुन सक्दैन ।” इरिना बोकोभाले महिलालाई साक्षर बनाउनमा विशेष जोड दिएकी छन् ।

साक्षरता अभियानका सन्दर्भमा निकै चर्चा परिचर्चा गरेको पाइन्छ । निरक्षरता उन्मूलन किन भन्ने प्रश्नको जवाफ यसरी दिन सकिन्छ – समाजमा लैङ्गिक विभेद कम गर्न, गरिवीबाट मुक्ति पाउन, जनसंख्या वृद्धिदर कम गर्न, बेरोजगारी समस्या न्यूनीकरण गर्न, निर्णय गर्ने क्षमताको विकास गर्न, बाल बालिकाको स्याहार गर्ने तरिका बुझ्न, व्यक्तिगत सरसफाइमा ध्यान दिन, मुलुकमा शान्ति, सुव्यवस्था र सुशासन कायम गर्न, वातावरण संरक्षण गर्ने ज्ञान, सिप, क्षमताको अभिवृद्धि गर्न, आदर्श परिवार निर्माण गर्न, व्यक्तिको जीवनस्तर उठाउन, पछाडि परेका वर्गलाई विकासको मूल प्रवाहमा ल्याउन, आयआर्जन र व्यवसायीमुखी बन्न, अधिकार र अवसरको उपयोग गर्न, घरायसी हिसाब लेनदेन गर्न, रुपैया पैसा चिन्न, वैज्ञानिक उपकरणमा पहुँच बढाउन, घरायसी–कार्यालयीय व्यवहारमा निपूर्ण हुन, पत्र पत्रिका पढी देशको अवस्था बुझ्न, विभिन्न प्रकारका पुस्तकहरू पढी मनोरञ्जन प्राप्त गर्न, स्वास्थ्य कृषि रोजगार समाजकल्याण जस्ता कार्यमा सजग र सचेत हुन, आफू र समाजको आमूल परिवर्तन गर्ने क्षमता अभिवृद्धि गर्न साक्षरताको आवश्यकता रहन्छ । यही आवश्यकतालाई दृष्टिगत गर्दै राज्यले कोही पनि निरक्षर नहुन भन्ने अभिप्रायले सन्् २०१५ डिसेम्बर सम्ममा निरक्षरता उन्मूलन गर्ने लक्ष्य लिइएको थियो । यस सन्दर्भमा तत्कालिन अनौपचारिक शिक्षा केन्द्रबाट नेतृत्व लिइ साक्षरता अभियान सञ्चालन गरियो ।

साक्षरता सम्बन्धमा सरकार, अन्तर्राष्ट्रिय सङ्घ संस्थाबाट बेला बेलामा विभिन्न किसिमका कामहरू अगाडि बढाइरहेको पाइन्छ तापनि किन हाम्रो देशमा साक्षरताको हकमा सोचेजति परिणाम हामीले हासिल गर्न सकेका छैनौँ ? नेपालको सन्दर्भमा, वि.सं. २००७ मा प्रजातन्त्र प्राप्त हुँदा नेपालको जम्मा जनसंख्याको २(दुई) प्रतिशत मानिस मात्र साक्षर थिए । वि.सं. २००७ पछि देशका विभिन्न ठाउँमा विद्यालयहरू खुले । तत् पश्चात, विद्यायालय शिक्षा तथा साक्षरतालाइ विशेष जोड दिइएको छ ।

वि.सं. २०६५ र २०६९ सालमा दुईपटक गरी जम्मा ६ वर्षको राष्ट्रिय साक्षरता अभियान सरकारी र गैसरकारी क्षेत्रको सहकार्यमा सञ्चालन गरियो । तत्कालिन शिक्षा मन्त्रालयले राष्ट्रसंघको विश्वव्यापी अभ्यासलाई समेत अनुशरण गर्दै १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत भन्दा बढी नागरिक साक्षर भएको सुनिश्चित भएका सम्बन्धित क्षेत्र एवम् जिल्ला वा राष्ट्रलाई साक्षर घोषणा गर्न सकिने नीति पारित गरेको छ । यसै नीतिका आधारमा साक्षर गाउँपालिका, नगरपालिका हुँदै सम्वत् २०७१ असार देखि साक्षर जिल्ला घोषण गर्ने अभ्यासको थालनी गरिएको छ ।

नेपालको संविधानले आधारभूत शिक्षालाई निःशुल्क र अनिवार्य हकका रुपमा स्थापित गरेको छ । सबैका लागि शिक्षाको अवसर अभिवृद्धि गर्न सरकारले औपचारिक तथा अनौपचारिक दुवै माध्यमबााट विभिन्न उमेर समूहका महिला, पुरुष, विशेष आवश्यकता भएका तथा कठिन परिस्थितिमा रहेका प्रत्येक वालवालिका तथा वयस्कका लागि कार्यक्रमहरु सञ्चालन हुँदै आएका छन् । यसै सन्दर्भमा दिगो विकासका लक्ष्यहरु २०३० को लक्ष्य नंं ४ मा “सबैका लागि समावेशी र समतामूलक गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने र जीवनपर्यन्त सिकाइका अवसरहरु प्रवद्र्धन गर्ने” उल्लेख छ ।

साक्षरता कार्यक्रमको अवधारणागत दृष्टिले हेर्दा साक्षरतालाई नितान्त आधारभूत एवम् व्यावहारिक शैक्षिक योग्यता मानिन्छ । अर्को शव्दमा साक्षरता निरपेक्ष वा सैद्धान्तिक नभई नितान्त कामकाजी शैक्षिक योग्यता हो । साक्षरता शिक्षाले निरक्षर व्यक्तिलाई नेपाली वा मातृभाषाका सामान्य लिखत् पठन गर्न, सामान्य वाक्य गठन सहित लेखन गर्न र दैनिक जीवनका लागि आवश्यक अंक गणितीय कार्य गर्न सक्ने सीप सिकाउने उद्देश्य राख्दछ ।

साक्षरताको नेपाली मापदण्ड
१. राष्ट्रभाषा वा मातृभाषाका वर्ण÷अक्षरको पढाइ र लेखाइ,
२. नेपाली वा मातृभाषामा लेखिएका मूल्यसूची र बीलको पढाइ,
३. आफ्नो र परिवारका सदस्यको नाम, उमेर लेखाइ र पढाइ,
४. मोबाइल र क्यालकुलेटरका अङ्क र अक्षर चिनेर प्रयोग गर्न,
५. ० देखि ९ सम्मका अङ्क अक्षर लेखाइ,
६. १ देखि १०० सम्म गणना,
७. लेनदेनका हरहिसाब रखाइ,
८. सरल चित्र, पोस्टर, साइनबोर्ड र ट्राफिक सङ्केत पढाइ र बुझाइ,
९. सामुदायिक कार्यक्रममा आफ्नो विचार सहित सक्रिय सहभागिता देखाउन,
१०. घडी हेरेर समय बताउन,
११. भित्तेपात्रो हेरी तिथिमिति बताउन,
१२. बैंक भौचर भराइ र चेक खिचाइ ।
स्रोतः तत्कालिन अनौपचारिक शिक्षा केन्द्रबाट प्रकाशित साक्षर नेपाल अभियान अवधारणा पत्र २०६९ –२०७२

३. नीतिगत व्यवस्था
अनौपचारिक शिक्षा तथा निरन्तर सिकाई कार्यक्रम कार्यान्वयन पुस्तिका २०७३, साक्षर नेपाल अभियान कार्यक्रम कार्यान्वयन निर्देशिका–२०६९, अनौपचारिक शिक्षा तथा साक्षर नेपाल अभियान अवधारण–पत्र २०६९, साक्षरता अभियानमा विद्यार्थी परिचालन तथा मूल्याङ्कन निर्देशिका २०७० र निरक्षरहरुको नामनामेसी सङ्कलन व्यवस्थापन र अद्यावधिक गर्ने कार्यविधि २०६७ तथा नेपाल सरकारले आ.ब. २०७५÷०७६ को बजेट वक्तव्यमा दुई वर्षभित्रमा “नेपाल साक्षर” घोषणा गर्ने प्रतिबद्धता गरेको छ भने वागमति प्रदेश सरकारले २०७६ साल भित्रमा “साक्षर प्रदेश” घोषणा गर्ने कार्यक्रम रहेको छ ।

क) नेपाल सरकार मन्त्री परिषदबाट मिति २०७५÷०९÷१६ गतेको निर्णयानुसार “साक्षर नेपाल वर्ष ९ीष्तभचबतभ ल्भउब िथभबच०” का नाममा कार्यक्रम सञ्चालन निरन्तर रुपमा गर्ने ।
ख) साक्षर नेपालको लक्षित समूहमा १५–६० वर्ष उमेर समूहका निरक्षर प्रौढहरुलाई मानिने व्यवस्था रहेको ।
ग) निरक्षरताको संख्या हेरी २० जनासम्म निरक्षर उपलव्ध समुदायमा कक्षा प्रणाली, फाटफुट रुपमा मात्र निरक्षर रहेका समुदायमा समूह प्रणाली र निरक्षरहरु छरिएर रहेका समुदायमा व्यक्ति प्रणाली अवलम्वन गरी साक्षरता कार्यक्रम सञ्चालन गर्ने ।
घ) स्थानीय ठाँउ विशेषको हावापानी एवम् सामाजिक कार्यशैली अनुसार अनुकुल महिना जस्तै पौष÷फागुन÷चैत्रको साँझ विहानको समयमा साक्षरता कक्षा सञ्चालन गर्ने ।
ङ) जम्मा १५० घण्टाको ३–महिने साक्षरता कोर्ष प्रतिदिन २ घण्टा र हप्तामा ६ दिनका दरले सञ्चालन व्यवस्था मिलाउने ।
च) साक्षरता कक्षाहरु जिल्लाका धेरै गाउँपालिका÷नगरपालिकामा छरेर सञ्चालन नगरी निश्चित गाउँपालिका÷नगरपालिकामा रहेका सम्पूर्ण निरक्षरहरुलाई एकैपटक साक्षर बनाई साक्षरता कक्षा सञ्चालित गाउँपालिका÷नगरपालिकालाई साक्षर घोषणा गर्ने प्रवन्ध मिलाउने ।
छ) स्थानीय तह, विद्यालय, गैर सरकारी संस्था तथा सामुदायिक सिकाई केन्द्रहरु मध्येबाट साक्षरता कक्षा सञ्चालन निकाय छनौट गर्न सकिने ।
ज) स्थानीय स्तरमा रहेका ईच्छुक शिक्षित व्यक्तिहरुसँग स्वयम् सेवकका रुपमा व्यक्तिगत साझेदारिता कायम गरी साक्षरता कक्षा सञ्चालन गर्न सकिने ।

४. साक्षरता घोषणा प्रक्रिया
साक्षर नेपाल वर्ष, २०७६ अवधारणा पत्र बमोजिम साक्षरता अभियान तथा थप साक्षरता कक्षाका कार्यक्रम सञ्चालनपछि स्थानीय तह तथा जिल्लाको १५ वर्ष र सोभन्दा माथिको उमेर समूहका जनसंख्याको समग्र साक्षरता प्रतिशत ९५ वा सोभन्दा बढी भएमा देहायको प्रक्रिया पूरागरी साक्षरता घोषणा गर्न सकिनेछ ।
क) साक्षरता कार्यक्रम सञ्चालन गर्ने संस्था वा व्यक्तिले कक्षा सञ्चालन गरेको स्थानमा स्थायी बसोवास गर्ने १५ वर्ष र सोभन्दा माथिको उमेर समूहको निरक्षर जनसंख्या मध्ये साक्षरता कक्षामा सहभागी भई साक्षर भएका व्यक्तिहरुको नामनामेसी सहितको प्रतिवेदन सम्बन्धित नगरपालिकामा पेश गर्ने ।
ख) नगरपालिकाले आफ्नो क्षेत्रभित्र स्थायी बसोबास गर्ने १५ वर्ष र सोभन्दा माथिको उमेर समूहका ९५ प्रतिशत जनसंख्या साक्षर भएको अवस्थामा सोही तहको अभियान समन्वय समितिको सिफारिसमा स्थानीय तहले साक्षर भएको संस्थागत निर्णय गर्ने । साथै बाँकी निरक्षरलाई आगामी एक वर्षभित्र साक्षर गराउने प्रतिवद्धता जनाउने र विशेष समारोह आयोजना गरी निर्णय सार्वजनीकीरण गर्न सहिनेछ ।
ग) जिल्ला तहका लागि जिल्ला साक्षरता समन्वय समितिबाट साक्षर जिल्ला भएको विवरण प्रदेशमा पठाउने तथा विशेष समारोह आयोजना गरी साक्षर जिल्ला भएको सार्वजनीकीरण गर्न सकिनेछ ।
घ) तोकिएको मापदण्ड अनुसार निरक्षर जनसंख्या बाँकी नरहेका तर साक्षर घोषणा गर्न बाँकी (क) तथा (ख) समूहका जिल्ला तथा स्थानीय तह मध्येका जिल्लाका लागि साक्षरता समन्वय समितिबाट र नगरपालिका लागि सोही तहबाट आवश्यक समन्वय र संस्थागत निर्णय गरी तत्कालै साक्षर घोषणा गर्ने ।
ङ) कुनै नगरपालिका वा जिल्लामा स्थायी बसोबास गर्ने १५ वर्ष र सोभन्दा माथिको उमेर समूहका ९५ प्रतिशत जनसंख्या साक्षर भएको अवस्थामा सो तहले साक्षर भएको निर्णय नगरे पनि अभिलेख सत्यापनका आधारमा प्रदेश वा केन्द्रबाट सो क्षेत्रलाई साक्षर भएको मान्यता दिन सकिनेछ ।
च) विगतमा साक्षर घोषणा भएका र हालसम्म साक्षर घोषणा गर्न प्रतिबद्धता गरेका जिल्लाहरुका हकमा १५ देखि ६० वर्ष उमेर समूहलाई कायम गरिएको आधारलाई यथावत राखी साक्षर घोषणा गरिने र स्थानीय तहबाट ६० भन्दा माथिका निरक्षर प्रौढहरुलाई साक्षरताको अवसर र नवसाक्षरलाई निरन्तर सिकाईको अवसर प्रदान गर्ने ।
छ) विगतमा साक्षर घोषणा भई सकेका जिल्ला तथा स्थानीय तहहरु साक्षर नेपाल वर्ष २०७६ अवधारणा पत्रअनुसार नै भएका मानिने छन् । तर निरक्षर जनसंख्या बाँकी रहेको पाइएमा नगरपालिकाहरुले आवश्यक योजना बनाई तत्कालै आवश्यकतामा आधारित साक्षरताको अवसर प्रदान गर्न सकिनेछ ।

५. साक्षरता सम्बन्घी हालसम्मको उपलव्धि समीक्षा
राष्ट्रिय स्तरमा हेर्दा वि.सं. २००७ सालमा २(दुई) प्रतिशतको अवस्थामा रहेको प्रौढ साक्षरताको दर २०७५ सालको अन्त्य सम्ममा आइपुग्दा १५ देखि २४ वर्ष उमेर समूहको युवा साक्षरता ८५(पचासी) प्रतिशत पुगेको छ । चन्द्रागिरि नगरपालिकाको सन्दर्भमा कुरा गर्दा वि.सं. २०६८ सालदेखि वि.संं. २०७५ साल सम्मको अवधिमा कुल निरक्षर जनसंख्यामध्ये काठमाडौं जिल्लामा ४४११ जना बढीले साक्षरता कक्षामा सहभागी भई साक्षरता शिक्षा लिएमा त्यसमा चन्द्रागिरि नगरपालिका पनि समावेश भएको र चन्द्रागिरि नगरपालिका साक्षर अभियान अन्तरगत घरधुरी सर्वेक्षण गर्दा ९६.४७ प्रतिशत साक्षर जनसंख्या देखिएपछि प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएका शिक्षामन्त्री गिरिाजमणि पोख्ररेल तथा चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरिले प्रशन्नता व्यक्त गरेका छन् । सो साक्षरता कार्यक्रम सञ्चालन नगर प्रवत्ता एवम् वडा नं. ११ का वडाअध्यक्ष हरिभक्त महर्जनले गरेका थिए ।

सम्बन्धित समाचार

देश भित्रै हवाई उडान ठप्प हुँदा नेपाली बिचल्ली तर विदेशीलाई तेस्रो देश उडाउँदै सरकार
देश भित्रै हवाई उडान ठप्प हुँदा नेपाली बिचल्ली तर विदेशीलाई तेस्रो देश उडाउँदै सरकार
  • २०७६ फाल्गुन २७, ०६: ५५: १६

नयाँ बिकल्प,काठमाडौं । कामकुरो एकातिर कुम्लो बोकी ठिमी तिर भने झैं देशमा कोरोना संक्रमणको महामारीबाट दैनिक दुई सयको हाराहारीमा नेपाली...

उपेन्द्रको असहमति हुँदाहुँदै ठाकुरले जसपा दलको नेतामा महतो नियुक्त गरे
उपेन्द्रको असहमति हुँदाहुँदै ठाकुरले जसपा दलको नेतामा महतो नियुक्त गरे
  • २०७६ फाल्गुन २७, ०६: ५५: १६

नयाँ बिकल्प,काठमाडौं । सत्तारुढ केपी शर्मा ओली नेतृत्वको सरकारलाई बिस्वासको मत दिने र नदिने विषयमा चर्किएको विपक्षी जनता समाजबादी पार्टी...

जसपा नेतृत्व नपाए सरकारमा नजानेः ओली सरकारले बहुमत नपाउने निश्चित
जसपा नेतृत्व नपाए सरकारमा नजानेः ओली सरकारले बहुमत नपाउने निश्चित
  • २०७६ फाल्गुन २७, ०६: ५५: १६

नयाँ बिकल्प,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाख २७ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने प्रस्तावको विपक्ष र तठस्थमा...

भर्खरै

TOP