April 19, 2021, Monday

हाजिर गर्दै टाप कस्ने सांसदहरुले भत्ता कसरी पचाऊलान् ?

काठमाडौ । कानुन बनाएर देशको सेवा गर्ने दायित्व बोकेका जनप्रतिनिधिहरुको भूमिका कारण सरकारले ल्याएका विधेयकहरु अलपत्र पर्न थालेका छन् । विगत एक महिनादेखि सांसद संसदमा गएर हाँजिर गर्ने अनि टाप कस्ने प्रवृतिका कारण प्रतिनिधिसभाको बैठक यो अवधिमा ४ पटक स्थगीत हुन पुग्यो भने चार बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ ।

प्रतिनिधिसभा संचलनको लागि संविधानमै सजिलो हुने गरी एक तिहाई सदस्यको उपस्थितिमा मात्र कुनै प्रस्ताव वा प्रस्न निर्णयार्थ पेश गर्न पाउने व्यवस्थालाई परिवर्तन गरी एक चौथाई सदस्यको उपस्थितिमै पनि विधेयक वा कुनै प्रस्ताव पारित गर्न पाइन्छ तर संघीय संसदको प्रतिनिधिसभाका २ सय ७५ सांसदमध्ये ६९ जना पनि उपस्थित नभएपछि सभामुख अग्निप्रसाद सापकोटा समेत सकसमा परेका छन् ।

सभामुख निर्वाचित भएको एक महिना वितिसक्दा पनि सापकोटाले सदनको कारबाही नियमित संचालन गर्न सकेका छैनन । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको पाचौँ अधिवेशन बोलाएको एक महिना ८ दिनपछि माघ १२ गते सभामुख भएका सापकोटाले जिम्मेवारी सम्हालेपछि कहिले प्रमुख विपक्षी दलको अबरोध र कहिले कोरम नपुग्ने समस्याले आजित भएका छन् ।

माघ १७ गतेदेखि प्रतिनिधि सभाको सभामुखको हैसियतले सभाको अध्यक्षता गर्दै आएका सापकोटाले एक महिनामा प्रमुख प्रतिपक्षी दलको अबरोधका कारण ४ वटा बैठक स्थगित गरे भने ४ बैठक गणपुरक संख्या नपुगेर स्थगित गर्नु प¥यो । संविधानको धारा ९४ अनुसार संसदमा कुनै प्रश्न वा प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा संसदमा कायम रहेको सदस्य सख्याको एक चौथायी अर्थात ६९ जना सांसद अनिवार्य उपस्थित भएको हुनुपर्नेछ ।

प्रतिनिधिसभाको बैठकमा गत सोमबार गृहमन्त्री रामबहादुर थापा बादलले कारागार विधेयक २०७६ सदनमा विचार गरियोस भनी पेश गरेको प्रस्तावलाई सदनमा निर्णयार्थ पेश गर्न लाग्दा कांग्रेस सांसद पार्वती डीसी चौधरीले गणपुरक संख्या नपुगेको भनी आपत्ति जनाएपछि बैठकको अध्यक्षता गरिरहेकी रेखा शर्माले गणपुरक संख्या पुगे नपुगेको विषयमा सदनमा उपस्थित सदस्यको गणना गर्न संसद सचिवालयका कर्मचारीलाई भनिन तर ६५ जना सदस्य मात्र उपस्थित भएपछि बुधबारसम्मको लागि बैठक स्थगित भएको थियो ।

सोमबारको बैठकमा आफ्नो मन्त्रालयसँग सम्वन्धित विधेयक प्रस्तुत गर्न सदनमा अर्थमन्त्री युवराज खतिवडा, शिक्षामन्त्री गिरिराजमणी पोखरेल, शहरीविकास मन्त्री बसन्तकुमार नेम्वाङ ४ बजेसम्म बसे पनि सदनको बैठक स्थगित भएपछि फर्किन बाध्य भएका थिए । कार्यव्यस्तताका कारण समय छुट्याएर आएका अर्थ, संचार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडा सोमबार मात्र होइन, आइतबार पनि साडे तीन घण्टा बसेर फर्किएका थिए ।

अघिल्लो साता नेपाल राष्ट्र बैंक (तेश्रो संशोधन) विधेयक २०७६ लाई विचार गरियोस भनी अर्थमन्त्री डा.खतिवडाले प्रस्ताव पेश गरी सांसदले उठाएको प्रश्नको जवाफ दिए । तर, उनको सो प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन पाएन । कांग्रेस सांसद प्रकाश स्नेही भने ‘सभामुख महोदय, गणपुरक संख्या नपुगी विधेयक निर्णयार्थ प्रस्तुत नगरियोस ।’ त्यसपछि सभामुख सापकोटाले गणपुरक संख्या गणना गर्न लगाउँदा ५४ जना मात्र सांसदको उपस्थिति थियो ।

फागुन १५ गते कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमायाँ तुम्वाहाम्फेले संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्वन्ध व्यवस्थापन) विधेयक विचार गरियोस भनी पेश गरेको प्रस्ताव निर्णयार्थ पेश गर्दा कांग्रेस सांसद देवप्रसाद तिम्सिनाले गणपुरक संख्या नरहेको भन्दै ध्यानाकर्षण गराएपछि सांसदको सख्या गणना गर्दा ५८ मात्र पुगेपछि सभामुख सापकोटा बैठक स्थगित गर्न बाध्य भएका थिए । पछिल्लो एक महिना यता प्रतिनिधि सभाको ४ बैठक प्रमुख प्रतिपक्षी कांग्रेसले फरक फरक माग राख्दै अबरोध ग¥यो ।

कांग्रेसले फागुन ८ र १३ गते संघीय संसदको दुवै सदनको बैठकमा ७० करोड रुपैयाँ कमिसन माग्ने तत्कालिन संचार मन्त्री गोकुल वाँस्कोटाको राजिनामा र उनलाई कारबाहीको माग गर्दै अबरोध ग¥यो । अख्तियारबाट कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई सरकारको दबाबमा अख्तियारले विशेष अदालतमा मुद्धा दर्ता गरेको भन्दै माघ २४ र २६ गते कांग्रेस सांसदले प्रतिनिधिसभाको बैठक अवरोध गरे ।

सभामुख सापकोटाले प्रतिनिधिसभाको बैठक प्रमुख प्रतिपक्षी दलले अवरोध गर्ने देखेर माघ २४ गते र गणपुरक संख्या नुपग्ने देखेपछि फागुन १३ गते सूचना टाँसेर स्थगित गरेका थिए । सदनमा रहेका विधेयकलाई निर्णयार्थ पेश गरी स्वीकृत गर्ने काम फागनु ६, १३, १४ र माघ २८ गतेको बैठकले मात्र गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको २ वर्षे प्रतिवेदन फागुन ३ गते पेश गरेका थिए भने फागुन २ गते र माघ २१ गतेको बैठक सांसद दुर्गाप्रसाद उपाध्याय र पूर्व सांसद श्रीराम श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित सकिएको थियो । सापकोटा सभामुख भएपछि बसेको प्रतिनिधिसभाको माघ १७ गतेको बैठकमा सबै राजनीति दलका नेताले सभामुखलाई शुभकामना मन्तव्य दिने र मन्त्री तथा समिति सभापतिले प्रस्ताव र प्रतिवेदन टेबुल गर्ने काम भएको थियो ।

प्रतिनिधि सभाको २ सय ७५ सांसदमध्ये ४ सांसद मात्र सदनमा उपस्थित हुन पाउँदैनन् । कांग्रेस उपसभापति तथा संसदीय दका उपनेता विजकुमार गच्छदार निलम्वनमा छन भने कांग्रेसका मोहम्मद अफताव आलम पुर्पक्षमा थुनामा छन भने राजपाका रेशम चौधरी हत्या अभियोग प्रमाणीत भएपछि जेलमा सजाय काटिरहेका छन् ।

जेलमा सजाय भोगिरहेका चौधरी र पुर्पक्षका लागि थुनामा रहेका आलम दुवैले सांसदको हैसियतले काम कारबाहीमा भाग लिन पाउँदैनन् । समाजवादी पार्टीका सांसद हरिनारायण रौनियार पनि निलम्वनमा छन् ।

सम्बन्धित समाचार

विश्वास प्रस्ताव छल्न प्रदेश १ मुख्यमन्त्री राईले मध्येरातमै अधिवेशन अन्त्य गराए
विश्वास प्रस्ताव छल्न प्रदेश १ मुख्यमन्त्री राईले मध्येरातमै अधिवेशन अन्त्य गराए
  • २०७६ फाल्गुन २७, ०७: २१: १९

नयाँ विकल्प, काठमाडाैं- आफूविरुद्धको अविश्वास प्रस्ताव छल्न प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले हिउँदे अधिवेशन अन्त्य गराएका छन्। सरकार आफैंले...

सरकारकाे नेतृत्वगर्ने अवस्था आए तयार छौं: देउवा
सरकारकाे नेतृत्वगर्ने अवस्था आए तयार छौं: देउवा
  • २०७६ फाल्गुन २७, ०७: २१: १९

नयाँ विकल्प, काठमाडाैं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री हुने अवस्था आए आफू तयार रहेको बताएका छन्। श्रीराम श्रेष्ठले लेखेको...

संसद पद गुमाएका गृहमन्त्री बादल पुनः शपथ खाँदै
संसद पद गुमाएका गृहमन्त्री बादल पुनः शपथ खाँदै
  • २०७६ फाल्गुन २७, ०७: २१: १९

नयाँ विकल्पकाठमाडाैं- राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै गृहमन्त्रीबाट पद पदमुक्त भएका रामबहादुर थापा ‘बादल’ले पुनः गृहमन्त्रीको शपथ लिदै छन्...

भर्खरै

TOP