विश्वव्यापी रुपमा फैलिदै गइरहेको कोरोना भाइरसका कारण आम जनताको सुरक्षाको लागि सरकारले चैत्र ९ गतेबाट १८ गतेसम्म बाह्य हवाई उडानमा रोक लगाएको छ । यस्तै चैत्त १० गतेदेखि लामो दुरीका सवारी साधन आवातजावत समेत बन्द गर्ने सरकारले निर्णय गरेको छ ।
अहिलेसम्म नेपालमा महामारी नफैलिएको हुँदा सरकारले यस्तो निर्णय लिएको हो । सरकारको नेतृत्व गरी रहेका प्रधानमन्त्री के.पी शर्मा ओलीले शुक्रबार ६ बजे राष्ट्रको नाममा सम्बोधन गर्दै जनतालाई विशेष आग्रह गरेका हुन् ।
जटिल परिस्थितिमा राजनीतिक दल, नेपाली जनता र सबै तह र तप्काबाट सहयोग र सद्भाव रहने विश्वास समेत प्रधानमन्त्री के.पी शर्मा ओलीले गरेका छन् ।
विश्वव्यापी रुपमा फैलिदै गएको महामारीका कारण नेपाल–भारत खुल्ला सिमानामा समेत निकै कडाईका साथ चेकजाँच भएको छ । त्यसैगरी बिहिबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा भारतीय जनतालाई सम्बोधन गर्दै केही समय सतर्क र धैर्यधारणा गर्नसमेत अनुरोध गरेका थिए ।
मोदीले उक्त सम्बोधनमा दोस्रो विश्वयुद्धभन्दा पनि अहिलेको महामारीले विश्वलाईनै त्रसित बनाएको उल्लेख गरेका थिए । भारतीय जनतालाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदी निकै भावुक बनेका थिए । उनले केही समय भारतमा जनतालाई अत्यावश्यक कामबाहे बाहिर ननिस्कन समेत अनुरोध गरेका छन् ।
यसै सन्दर्भमा हाम्रो देश नेपालमा पनि सबै तह र तप्का पनि सर्तक हुनुपर्ने अवस्था सिर्जना भएको हुँदा सञ्चारमाध्यममा काम गर्ने सम्पादन समूहको समेत दृष्टिगत गरी देशरभरबाट प्रकाशित भइरहेको पत्रपत्रिकाहरु समेत केही समयका लागि बन्द गर्ने साप्ताहिक पत्रपत्रिकाका सम्पादकहरुले निर्णय गरेका छन् ।
नयाँ विकल्प, काठमाडाैं- देशभर पछिल्लो २४ घण्टामा थप २५५९ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । ८७९८ पीसीआर...
नयाँ विकल्प, काठमाडाैं- बर्दिया कार्यसमितिका ४४ जनाले राजीनामा दिएका छन्। बर्दिया क्षेत्र नम्बर १ का पार्टी क्षेत्रीय सभापति मुक्तिनाथ यादवले...
नयाँ विकल्प, काठमाडाैं- एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय स्थायी समिति गठन गरेका छन् । पार्टी विवाद समाधानकालागि शिर्ष नेताहरूसंग...