May 14, 2021, Friday

रामचन्द्रलाई चुनौति दिँदै जोशी

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको गृह जिल्ला तनहुँमा असन्तुष्ट नेता तथा पार्टीका पूर्वसहमहामन्त्री गोविन्द्रराज जोशीले चुनौति दिएका छन् ।

एक साता अघि पार्टीको केन्द्रीय अनुशासन समितिले जोशीलाई कारबाही गर्नको लागि दोश्रो पटक पत्राचार गरेपछि जोशी निकटका जिल्ला नेताहरुको भएको भेलाले पार्टीभित्रको असमझदारीको समाधान नगरि क्रियाशिल सदस्यता नविकरण र वितरण सुरु भएको भन्दै पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

नेपाली काँगे्रस तनहुँका केही  महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, क्षेत्रीय प्रतिनिधिहरु र वडा सभापतिहरुको दमौलीमा बुधबार भएको विशेष भेलाले अहिले तनहुँमा नेपाली काँगे्रस पार्टी गम्भिर रुपमा समस्याग्रस्त भएको र पार्टीभित्र भएको असमझदारी र असहमतिको समाधान नगरि क्रियाशिल सदस्यता नविकरण र नयाँ वितरण गर्ने कार्य सुरु हुन लागेकोमा आफूहरुको ध्यान आकर्षण भएको बताएका छन् ।  

तनहुँमा महासमिति सदस्य, शहीद पत्नी बालकुमारी लोहनी, र माओवादी द्धन्दकालमा अपांग बनाइएका चिक्त बहादुर थापा, लगायतका धेरै नेपाली काँगे्रसका नेताहरुमा विभाजन ल्याई वितरण गर्न लागिएको नेपाली काँग्रेसको क्रियाशिल सदस्यता वितरण कार्यक्रम षडयन्त्रपूर्ण हो भन्ने उनीहरुले ठहर गरेका छन् ।

त्यसैले तनहुँ जिल्लाका सबै वडा  सदस्यहरुलाई तनहुँ जिल्लाको समस्या, राजनीतिक समस्या भएको र, राजनीतिक समस्याको समाधान राजनीतिक किसिमबाट गर्न सम्बन्धित निकायको ध्यानआकृष्ट गदै सो नहुँदासम्म सदस्य नविकरण र वितरण कार्यक्रम स्थगन गर्नका लागि अनुरोध गर्ने निर्णय गरेका हुन् ।

तनहुँ काँगे्रसका पुराना नेता डिल्लीराम अधिकारीको सभापतित्वमा भएको विशेष भेलामा जिल्लाका वरिष्ठ नेता एवं कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको बुझिएको छ । अधिकारी जोशी नेतृत्वको पार्टीको जिल्लाको समानान्तर समितिको सभापति भएक व्यक्ति हुन् ।

सम्बन्धित समाचार

संसदको सबैभन्दा ठूलो दलको हैसियतमा ओली प्रधानमन्त्रीमा नियुक्त, शुक्रबार २ बजे सपथ
संसदको सबैभन्दा ठूलो दलको हैसियतमा ओली प्रधानमन्त्रीमा नियुक्त, शुक्रबार २ बजे सपथ
  • २०७६ चैत्र १०, ०८: १७: ५०

नयाँ बिकल्प,काठमाडौं । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेकपा एमालेको संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।...

राष्ट्रपति कार्यालयले भन्यो -बहुमतको सरकार बनाउन कसैको दाबी आएन
राष्ट्रपति कार्यालयले भन्यो -बहुमतको सरकार बनाउन कसैको दाबी आएन
  • २०७६ चैत्र १०, ०८: १७: ५०

नयाँ बिकल्प,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदबाट विश्वासको मत पाउन नसकि अल्पमतमा परेपछि संसदका दुई वा दुईभन्दा बढी...

सत्ता जोगाउने ओलीको काईदाः एमाले नेताको कारबाही फिर्तादेखि कार्यदल गठनसम्म
सत्ता जोगाउने ओलीको काईदाः एमाले नेताको कारबाही फिर्तादेखि कार्यदल गठनसम्म
  • २०७६ चैत्र १०, ०८: १७: ५०

नयाँ बिकल्प,काठमाडौं । पार्टीको आन्तरिक कलह बढ्दै जाँदा संघीय ससद सदस्यबाट राजिनामा दिनेसम्मको योजना बनाएका माधवकुमार नेपाल र झलनाथ खनाललाई...

भर्खरै

TOP