November 25, 2020, Wednesday

ढिलो निर्णयका कारण पाँच लाखलाई सास्ती

काठमाडौं । छिमिकी देश चीनमा कोरोना भाइरहले फैलाएको आतंकबाट त्राण पाइसकेको अवस्थामा नेपाल सरकारले भने बुधबार अकस्मात निर्णय गरी आवागमन र जनजीवन नै प्रभावित पारेको छ ।

कोरोना भाईरसको प्रकोप विश्वब्यापी भए पनि यसको रोकथाम, नियन्त्रण र तयारी नहुँदा सरकारले एक्कसी जनजीवन नै ठप्प हुने गरी निर्णय गरेको छ । नेपाली सेनाले कोरोना भाइरसका संक्रमित भेटिए आईसोलेसनमा राख्नको लागि शिविर तयार गरिसकेपछि बुधार मन्त्री र सरकारका जिम्मेवार पदाधिकारीहरुको मनलाग्दी निर्णय र आदेशबाट नेपाली जनताले पाउनु दुख पाएका छन् ।

कोरोना भाइरसका कारण नेपालमा एक जना पनि संक्रमित नभेटिए पनि सतर्कता र जनचेतनामा राज्य लाग्नु स्वभाविक हो । तर, राज्यले कोरोना भाइरसको प्रकोप र यसले निम्त्याउन सक्ने खतरालाई सतर्कतापूर्वक सामना गर्ने भन्दा राज्यको सम्पति दोहोन गर्नमा लागेको जस्तो देखिन्छ ।

कोरोनाको प्रकोपका कारण छिमेकी देश चीन तवाहमा परेको बेला नेपालका होटलहरुमा भिजिट नेपाल ट्वान्टी ट्वान्टी भन्दै कुद्ने नेकपाका आशालाग्दा युवा तथा पर्यटन मन्त्री योगेस भट्टराईको भूमिकाले पनि सरकार कति संवेदनशिल छ भन्ने देखाउँछ ।

भिजिट नेपाल रोक्ने सरकारले औपचारिक निर्णय गरेको भोलीपल्ट एक हुला संचारकर्मीसहित कोरोना भाइरसले प्रभावित मुलुक जापान जाने मन्त्रीको क्रियाकलप र उदेश्यलाई देखेर नै सरकारका मन्त्रीको ध्यान राज्यको राजश्व दोहन गर्ने क्रियाकलापमै केन्द्रीत छ कि जस्तै देखिन्छ ।

शिक्षा मन्त्री गिरिराजमणी पोख्रेल एसइइ संचालन हुने अघिल्लो दिनसम्म अन्य शैक्षिक संस्था बन्द भए पनि एसइइ भने नरोकिने भन्दै संचारकर्मीलाई बताउँदै हिड्ने र बेलुकी सरकारका संचार मन्त्री चुप बसेर उपप्रधानमन्त्री इश्वर पोखरेलले क्याविनेटको निर्णय भन्दै एसईइ स्थगित भएको जानकारी गराउने घटनाबाट सरकार कति अलमल र अन्योलमा संचालित भएको रहेछ भन्ने प्रस्ट हुन्छ ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) संचालन हुनु एक दिन अघि साँझमा स्थगित गरिदिएपछि लाखौं विद्यार्थीले दुख पाएका छन् । कोविड १९ को प्रकोप नेपालमा फैलिन नदिन भन्दै सरकारले सरोकारवालासँग समेत छलफल नगरी हठातमा स्थगनको निर्णय गरेको थियो ।

सरकारका मन्त्रीले कतै एसइइ स्थगित त कतै संचालन हुने छ भन्दै दाबी गरेर बुधबार नेपाली नागरिकलाई अन्योलमा पारेका थिए । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मृगौलाको दोश्रो पटक प्रत्यारोपण गरेपछि यतिवेला प्रधानमन्त्री निवास बालुवाटारमा आराम गरिरहेका छन् । तर, उपप्रधानमन्त्री इश्वर पोखरेलले क्याविनेट मन्त्रीलाई नियन्त्रणमा राख्न नसक्दा र पटक्कै समन्वय गर्न नसक्दा आम नेपालीलाइ अन्योलनमा पार्ने काम भएको थियो ।

परिक्षा नियन्त्रण कार्यालयलाई समेत थाहा नदिइ एसईईको सम्पूर्ण तयारी पूरा भएपछि स्थगित गर्ने निर्णय गरेर सरकारले नेपाली नागरिकको राज्यकोष, राजश्व र समय खेर फाल्न भूमिका खेलेका छन् । देशभरका १ हजार ९ सय ९५ परीक्षा केन्द्रबाट विहीबार ४ लाख ८२ हजार ७ सय ७ विद्यार्थी एसइइको लागि मानसिक रूपमा तयार भएर बसेका थिए । तर, अन्तिम समयमा आएर परीक्षा रोकिँदा विद्यार्थी, अभिभावक, शिक्षक–शिक्षाका, विद्यालय सबै अन्योलमा परेका छन् । सरोकारवालाले सरकारको यो निर्णयलाई अपरिपक्व भनेका छन् ।

केही महिना अघिबाटै कोरोना भाइरसको त्रास फैलिए पनि सरकारले बुधबार साँझ मात्रै कोरोना फैलिएजस्तो गरी परीक्षा स्थगित गरेपछि अभिभावक र विद्यार्थी चिन्तित र आक्रोसित बनेका छन् । कोरोना भाइरसले विश्वमा आतंक मच्याउन थालेपछि शिक्षासँग सरोकार राख्ने निकाय र व्यक्तिहरूले परीक्षा स्थगित गर्नुपर्ने बताउँदै आएका थिए । उनीहरूले सरकारको ध्यानाकर्षण पनि गराएका थिए । तर समय छँदै वास्ता नगर्ने सरकारले एक दिन अगाडि परीक्षा स्थगित गरेपछि विद्यार्थी समेत निरास भएका छन् ।

कोरोना भाइरसको प्रक्रोप विश्वव्यापी हुँदै गएको र नेपालमा एसइइ चैत ६ गतेदेखि संचालन हुने थाहा हुँदा हुँदै अघिल्लो दिनमा आएर मात्र परिक्षा स्थगित गरेर विद्यार्थीलाई सास्ती र दुख दिएको धेरैले बताएका छन् । प्रश्नपत्र र उत्तर पुस्तिकासहित केन्द्राध्यक्ष, निरीक्षक, सुरक्षाकर्मी सबै परीक्षा केन्द्रमा पुगिसकेको र दुर्गम क्षेत्रमा हप्तौ अगाडि विद्यार्थी डेरा खोजेर भौंतारिएका थिए ।

दुर्गम क्षेत्रका विद्यार्थी केही दिन अगाडि नै परीक्षा केन्द्र नजिक कोठा भाडामा लिएर बसेका थिए । सरकारको अपरिपक्व निर्णयबाट कतिपय विद्यार्थीमा मनोवैज्ञानिक असर पनि परेको छ ।
कोरोना भाइरसको त्रासमा विद्यार्थीले परीक्षा दिन सक्दैनन् भनेर धेरै अगाडिनै शिक्षा मन्त्रालयलाई परीक्षा रोक्न पटक–पटक अनुरोध गरेका थिए ।

मौसम परिवर्तनको समय भएकाले धेरै रोगले आक्रमण गर्न सक्ने भन्दै उनीहरुले स्थगनको माग गरेका थिए । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको अस्वस्थताका कारण मन्त्रीपरिषद् बैठक बस्न नसक्दा समयमै निर्णय हुन नसकेको सरकारका मन्त्रीहरुले दाबी गरेका छन् ।

बुधबार दिउँसो एसइइ कुनै हालतमा सर्दैन भन्ने शिक्षा मन्त्रीको दाबी बेलुकी रक्षा मन्त्री इश्वर पोखरेलले काटेका थिए । सरकारका दुई मन्त्रीबीच पनि समन्वय रहेनछ भन्ने पुष्टी बुधबारको घटनाले गरेको छ । सरकारले परीक्षा स्थगित भएलगत्तै परीक्षा नियन्त्रण कार्यालयले मातहतका निकायमार्फत परीक्षा स्थगित गर्न र परीक्षा सामग्री सुरक्षित राख्न सर्कुलर गरेको छ ।

परिक्षाको तयारी स्वरुप करोडौं रुपैयाँ खर्च भएपछि सरकारले अन्तिममा आएर परिक्षा स्थगित गरेको हो । नागरिकका दैनिक जीवनमा असर पर्ने गरी भिँडभाँडमा नजान आग्रह गर्ने सरकारले कोरोना संक्रमणको परिक्षणको लागि पर्याप्त जनशक्ति नहुँदा शुक्रबारदेखि ट्पिकल अस्पतालमा हजारौ नागरिक परिक्षणको लागि लाम लाग्ने गरेका छन् ।

सम्बन्धित समाचार

काेराेना भाइरसबाट प्रभावित अर्थतन्त्र पुनरुत्थानका लागि चीन र जापानबीच सहकार्य
काेराेना भाइरसबाट प्रभावित अर्थतन्त्र पुनरुत्थानका लागि चीन र जापानबीच सहकार्य
  • २०७६ चैत्र १०, ०८: ३२: १५

एजेन्सी, टोकियो- जापान र चीनका विदेश मन्त्रीहरुबीच महामारीका रुपमा फैलिएको कोरोनाभाइरस विरुद्धको लडाइँमा सहकार्य गर्ने सहमति भएको छ । साथै...

भारतले ४३ वटा चिनियाँ मोबाइल एप्समाथि प्रतिबन्ध लगायाे
भारतले ४३ वटा चिनियाँ मोबाइल एप्समाथि प्रतिबन्ध लगायाे
  • २०७६ चैत्र १०, ०८: ३२: १५

नयाँ विकल्प नयाँदिल्ली – भारतले मंगलबार अरु ४३ वटा मोबाइल एप्सलाई प्रतिबन्धित गरेको छ । प्रतिबन्धित एप्सहरुमा सीमा विवाद जारी...

भोटेकोशी लिस्तीका किसानलाई चौँरी वितरण गरिने
भोटेकोशी लिस्तीका किसानलाई चौँरी वितरण गरिने
  • २०७६ चैत्र १०, ०८: ३२: १५

नयाँ विकल्प चाैतारा-सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ लिस्तीका चौँरीपालक किसानलाई उन्नत नश्लका चौँरी वितरण गरिने भएको छ । एशिया इन नामक अन्तर्राष्ट्रिय...

भर्खरै

TOP