February 27, 2021, Saturday

कोरोना भाइरस, देश विकास अनि नयाँ वर्ष २०७७

राम पण्डित
विषयको उठान नयाँ वर्षको शुभकामनाबाट नै गरौं । वि सं २०७७ ले समस्त नेपाली एवं यस मिडियाका पाठकवृन्दहरुमा सुस्वास्थ्यको कामना गर्दछु । समयक्रमले यतिवेला विश्वलाई नै नागरिकहरुको स्वास्थ्य रक्षाको लडाइमा होमिदिएको छ, जसको एकल प्रतिद्धन्दीको रुपमा कोरोना भाइरस युद्ध मैदानमा छ । चीनको हुवान शहरबाट २०१९ साल डिसेम्बरबाट आफ्नो परिचय स्थापित गरेको कोरोना आज संसार भरिका मानिसहरको मन, मस्तिष्क र बोलीमा प्रभुत्व जमाउन सफल भएको छ । अहिलेसम्मको तथ्यांकलाई आधार मान्दा करिब २२ लाख मानिसलाई यसले संक्रमित गरेको छ र १ लाख ४५ हजारबढी मानिसको ज्यान नै लिइसकेको छ । मानिसहरु संक्रमित हुने र मर्नेक्रम केहि घट्न थालेको आंकलन गरिए पनि कोरोनाको कहरबाट उन्मुक्ति पाउन मानव जातिले अझै लामो अनिश्चित यात्रा जारी राख्नु पर्ने देखिन्छ ।

कोरोना भाइरसको उत्पत्ति यकिन रुपमा कहाँ र कहिले भयो भन्ने विषयको अध्ययन अझै अपुरो देखिन्छ र यसका पछाडि विभिन्न कन्सपीरेसी थेउरी ‘Conspiracy Theory’ हरु छन् भन्ने पनि तर्क सुनिन्छ । तथापि चीनको हुवान शहरलाई नै यसको उद्दगम स्थान र पहिलो प्रभाव क्षेत्र मानेर विश्लेषण गरेको कुरा यथास्थितिको नजिक देखिन्छ । खासै भनौ भने यसको उद्दगम स्थल कहाँ थियो भन्ने कुरा हाललाई गौण भएको छ वरु यसको उत्पत्ति कसरी भयो र यसले पारेको आर्थिक तथा जनस्वास्थ्य सम्बन्धि प्रभावहरु भयावह रुपका र बढी महत्वका छन् ।कोरोना भाइरसले पारेको आर्थिक प्रभावको लेखाजोखा एक दिन अवश्य हुन्छ र गर्नुपर्छ, तर अहिले नै त्यसको लेखा जोखा र विश्लेषण गर्नु अपरिपक्क हुने हुँदा लेखमा केबल दुई कुरा समेट्ने कोशिश गरिएको छ ।

१. के कोरोना भाइरस मानव समुदायले प्रकृतिमाथि गरेको दोहनको परिणाम हो ?

२. कोरोना भाइरसले यथार्थतामा ल्याइदिएका देश विकासका केहि सन्दर्भहरु

पहिलो सन्दर्भमा कुरा गर्दा कोरोना भाइरस चमेरा जातिबाट अथवा सालकबाट मानिसमा सरेको तर्कहरु वैज्ञानिक तथ्यहरुका नजिक छन् । तर पनि ठोस रुपमा यहि वन्यजन्तु अथवा अन्य कुनै माधयमबाट मानिसमा सरेको हो भन्न सकिएको छैन । हालसम्मका तथ्यहरुलाई आधारमान्दा वन्यजन्तुको अवैध व्यापार र तिनीहरुको खानपान र अन्य प्रयोगले नै कोरोनो भाइरसले मानिसको विनास गरेको कुरा सत्य छ । जसको पछिल्लो उदाहरण चीन तथा भियतनाम जस्ता देशहरुले वन्यजन्तुको अवैध कारोबारमा लगाएका नयाँ प्रतिबन्धहरुलाई मान्न सकिन्छ । सरसरती हेर्दा मानव समूदायले लुकिचोरी प्रशय दिएको वन्यजन्तुको अवैध व्यापार र तिनका उपयोग नै कोरोनाको मध्यमबाट मानव समुदायलाई दुख दिने मुलबाटो बनेको देखिन्छ । यसको अर्थ आगामी दिनमा वन्यजन्तुको ओसार पसार एवं अवैध व्यापार पूर्ण रुपमा बन्देज हुनुपर्नेछ । जसले गर्दा मानव र प्रकृतिको उपज वन्यजन्तुहरुबीचको सम्बन्ध फरक ढंगले व्याख्या गर्नु पर्ने देखिन्छ । यही व्याख्याका क्रममा मानवको प्रकृति माथिको दोहन र यसका नकारात्मक परिणामहरुलाई पुन मध्यनजर राखी मानव र प्रकृतिबीचको सम्बन्ध सुधारमा विश्व समुदाय लाग्नुपर्ने बाध्यात्मक यथार्थता रहेको देखिन्छ ।

दोस्रो विषय झन महत्वपूर्ण छ किनभने कोरोना भाइरसको महामारीले आज विश्वका सबै मुलुकलाई आफ्नो यथार्थता लुकाउन चहँदा चाहँदै पनि लुकाउन नपाउने बनाएको छ । यसर्थ देश विकासको यथार्थता सबैको सामु छर्लङ्गिन पाएको छ । हुन त देश विकासका आ–आफ्नै सिद्धान्त छन् जुन राजनैतिक हिसावले परस्पर विरोधी पनि छन् । तथापी यो महामारीले प्रत्येक देशलाई एक पटक आफ्नो सक्कली अनुहार सबैले थाहा पाउने गरी देखाउने अवसर दिएको छ । या भनौं देशको आर्थिक अवस्था, देश भित्रका प्रशासनिक एवं स्वास्थ्य सम्बन्धि संस्थाहरुको क्षमता र सरकारको संकट व्यवस्थापन कौशलता पनि राम्रोसंग देखिने भएको छ ।एक हिसाबले भन्दा कोरोनाको कारण संसारको गति रोकिएको छ । देश र समाज स्व–वन्देजमा छ । कल्पना बाहिरका प्रावधानहरु लगाएर मानव आवात जावतमा रोक लगाइएको छ भने अन्य काम कुराहरुमा समेत बन्देज लगाउन मुलुकहरु बाध्य भएका छन् । कसैलाई पनि आफ्नो बाहेक अरुको अवस्थामा ध्यान दिने फुर्सदसम्म पनि नपाएको अवस्था छ ।

एक अर्थमा भन्नु पर्दा देशले आफ्नो बुताले के गर्न सक्छ या सक्दैन भन्ने कुराको पहिचान गर्ने अवस्थाको सिर्जना भएको छ ।यसरी देशहरुलाई आफ्नै बुतामा काम गर्न बाध्य बनाउँदा कोरोनाले ती देशहरुका आर्थिक, भौतिक एवं सांगठानिक संरचनाहरको परिचय पनि दिइरहेको छ । सधै नेताका सस्ता भाषणहरुबाट देशको अवस्थाको आंकलन गर्ने जनमानसले वास्तविकताको बोध पाएका छन् । जुन स्वयंमा एउटा ठूलो पाठ हो तर य पाठले कोरोना स्वयं संगको लडाइलाई खास सहयोग गर्दैन। यसको लडाईमा सहयोग गर्ने यथार्थता भनेको १. देशको ढुकुटी, साधन र श्रोत, २. देशमा भएका स्वास्थ्य संस्थाहरु र उनीहरुसँग रहेको अत्याधुनिक उपकरणहरुको मात्रा र अवस्था, ३. वर्षौदेखि देशले लिएको विकास नीतिले बनाएको भौतिक एवं मानवीय श्रोत साधन र तिनीहरुको उपयोग गर्ने परिपाटी र ४. सेवामुखी भावको सरकारी व्यवहार नै हुन् ।अब यी विषयहरुलाई नेपालको सन्दर्भमा हेर्यौं भने हामी आफ्नो यथार्थतासँग सात्क्षात्कार हुनेनै छौं। क्रमश।।।

लेखक सांगे -तनहुँका निबासी हुन्। (हाल : पर्थ, अष्ट्रेलिया )

सम्बन्धित समाचार

फागुन २२ वा २३ गते संसद अधिवेशन बेलाउन सिफारिस गर्ने तयारीमा ओली सरकार
फागुन २२ वा २३ गते संसद अधिवेशन बेलाउन सिफारिस गर्ने तयारीमा ओली सरकार
  • २०७७ बैशाख ५, १७: ०२: ३१

नयाँ बिकल्प, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन २२ वा २३ गतेभित्रै संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने...

चिनियाँ र भारतीय राजदूतले भेटे कांग्रेस सभापति देउवालाई
चिनियाँ र भारतीय राजदूतले भेटे कांग्रेस सभापति देउवालाई
  • २०७७ बैशाख ५, १७: ०२: ३१

नयाँ बिकल्पकाठमाडौँ – प्रतिनिधि सभा पुनःस्थापना भएपछि नयाँ सरकार गठनको चर्चा चलिरहेका बेला नेपालको उत्तरी छिमेकी देश चीन र दक्षिणी...

मस्तिष्क पक्षघात भएका जोशीको शल्यक्रिया गरी एमआइसीयूमा उपचार हुँदै, अवस्था गम्भीर
मस्तिष्क पक्षघात भएका जोशीको शल्यक्रिया गरी एमआइसीयूमा उपचार हुँदै, अवस्था गम्भीर
  • २०७७ बैशाख ५, १७: ०२: ३१

नयाँ बिकल्प,काठमाडौं – शुक्रबार राति नै अस्वस्थ भई बीर अस्पताल लगिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री नविन्द्रराज जोशीलाई...

भर्खरै

TOP