May 18, 2021, Tuesday

राजपा र समाजवादीबीच एकता

काठमाडौं । मधेशकेन्द्रीत दुई दल समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (नेपाल) बीच बुधबार राति पार्टी एकता भएको छ । राजपा नेपाल संसदीय दलका नेता महन्थ ठाकुर, अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारी, सदस्य राजेन्द्र महतो, महिन्द्र राय यादव र समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई, उपेन्द्र यादव, बरिष्ठ नेता असोक राई, सहअध्यक्ष राजेन्द्र श्रेष्ठले पार्टी एकताको सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।


संघीय संसदको प्रतिनिधिसभामा राजपा र समाजवादी पार्टीका तर्फबाट १७, १७ जना सांसद छन् । राष्ट्रिय सभामा भने राजपाका २ र समाजवादीका १ सासद छन् । सहमति पत्रमा राजपाका अध्यक्षद्धय राजकिशोर यादव र अनिल झाको भने हस्ताक्षर छैन । समाजवादीका असन्तुष्ट नेता मोहम्मद इस्तियाक राईन र रेणु यादवले पार्टी फुटाएर बेग्लै राजनीतिक दल गठन गर्ने निर्णयमा पुगेसँगै दुई राजनीतिक दलबीच रातारात एकता घोषणा भएको हो ।


दुवै पार्टीबीच कात्तिक मसान्तमा पार्टी एकता गर्ने मौखिक सहमति भएको थियो । तर, समाजवादीको राष्ट्रिय सम्मेलनले सरकार तत्काल नछाड्ने निर्णय गरेपछि दुवै पार्टीबीचको एकताको प्रयास पर सरेको थियो । मंसिर ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री समेत रहेका समाजवादीका अध्यक्ष उपेन्द्र यादवले लगेको संविधान संशोधनको प्रस्तावलाई अश्विकार गरेपछि सरकारबाट अलग हुने निर्णयमा पुगेको थियो । त्यसअघि यादवलाई प्रधानमन्त्री ओलीले स्वास्थ्य मन्त्रालयबाट कानून मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।


दुवै पार्टीबीच भएको एकता अनुसार चुनाव चिन्ह राजपा नेपालले प्रयोग गरेको छाता राख्ने सहमति भएको थियो भने पार्टीको झण्डा भने समाजवादी पार्टीको आयातकारभित्र तारा राख्ने सहमति भएको छ । पार्टीमा क कसलाई के के जिम्मेवारी दिने भन्ने विषयमा केही खुलाइएको छैन ।

सम्बन्धित समाचार

बुटवलमा थप चारजना कोरोना संक्रमितको मत्यु
बुटवलमा थप चारजना कोरोना संक्रमितको मत्यु
  • २०७७ बैशाख ११, ०५: २१: ५२

नयाँ विकल्पबुटबल- लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । चार जनामध्ये तीनजना रुपन्देहीका र एकजना अर्घाखांचीका...

भारतले बनाएको कोरोना विरूद्धकाे औषधि के हाे ?
भारतले बनाएको कोरोना विरूद्धकाे औषधि के हाे ?
  • २०७७ बैशाख ११, ०५: २१: ५२

नयाँ विकल्प, काठमाडाैं- भारतका रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्य मन्त्री हर्ष वर्द्धनले सोमबार भारतमा उत्पादित कोभिड विरुद्धको औषधि टु–डिजी अर्थात्...

कोरोना संक्रमणबाट सप्तकोशी नगरपालिकाकी उपमेयर चाैधरीको निधन
कोरोना संक्रमणबाट सप्तकोशी नगरपालिकाकी उपमेयर चाैधरीको निधन
  • २०७७ बैशाख ११, ०५: २१: ५२

नयाँ विकल्प, काठमाडाैं-सप्तरीको सप्तकोशी नगरपालिकाकी उपप्रमुख आशा चौधरीको कोरोना संक्रमणले मृत्यु भएको छ। विराटनगरस्थित विराट नर्सिङहोममा उपचाररत उनको अस्पतालमै आज...

भर्खरै

TOP