May 19, 2021, Wednesday

राजनीतिक दल र संवैधानिक परिषद सम्वन्धी अध्यादेश फिर्ता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्र र वाहिरबाट समेत आलोचना भएपछि तीन दिनअघि बैशाख ८ गते मन्त्रिपरिषद् बैठकबाट पारित गरेको दुई वटा अध्यादेश आज शुक्रबारको बैठकबाट फिर्ता लिएका छन् ।
संवैधानिक परिषद्ममा विपक्षी दलको नेताको उपस्थिति र भूमिकालाई निष्कृय गर्ने उदेश्यले ओलीले पार्टी भित्रकै शीर्ष नेताको असहमतिका बावजुद र प्रमुख प्रतिपक्षीको बिरोधका बीच संबैधानिक परिषद्को काम , कर्तब्य, अधिकार र कार्यविधि सम्वन्धी दोश्रो संशोधन अध्यादेश जारी गर्ने निर्णय गरेको थियो । त्यस्तै, राजनीतिक दलहरुमा एकता र स्थिरता भन्दा दल बदल र अस्थिरता ल्याउने उदेश्यले राजनीतिक दल सम्वन्धी दोश्रो संशोधन अध्यादेश सरकारले पारित गरी जारी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसक्ष सिफारिस गरेको थियो ।


प्रधानमन्त्रीले मन्त्रिपरिषद्ममा समेत पर्याप्त छलफल नै नगरी २ अध्यादेश ल्याउने निर्णय पारित गरी राष्ट्रपति समक्ष सिफारिस गररेपछि पार्टी सचिवालयको बैठक बोलाएका थिए ।
तीन दिनअघिको निर्णयलाई उल्टाउँदै ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को शुक्रबारको बैठकले ति दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को ति दुवै अध्यादेश फिर्ता लिने निर्णय सिफारिसको लागि राष्ट्रपति समक्ष पेश गरेपछि शुक्रबार नै खारेज भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक प्रावधान र संविधानको मर्म एबम् भावना विपरित सरकारबाट सिफारिस भएका २ अध्यादेश प्राप्त भएको १ घण्टामा आँखा चिम्लेर जारी गरेकोमा बिरोध हुन थालेको छ । संवैधानिक भूमिका राष्ट्रपति भण्डारीले खेल्न नसकेको भन्दै उनको आलोचना भइरहँदा भण्डारीले आज दुवै अध्यादेश पुनः खारेज गरेकी छन् ।

सम्बन्धित समाचार

देश भित्रै हवाई उडान ठप्प हुँदा नेपाली बिचल्ली तर विदेशीलाई तेस्रो देश उडाउँदै सरकार
देश भित्रै हवाई उडान ठप्प हुँदा नेपाली बिचल्ली तर विदेशीलाई तेस्रो देश उडाउँदै सरकार
  • २०७७ बैशाख १२, १४: ०८: ००

नयाँ बिकल्प,काठमाडौं । कामकुरो एकातिर कुम्लो बोकी ठिमी तिर भने झैं देशमा कोरोना संक्रमणको महामारीबाट दैनिक दुई सयको हाराहारीमा नेपाली...

उपेन्द्रको असहमति हुँदाहुँदै ठाकुरले जसपा दलको नेतामा महतो नियुक्त गरे
उपेन्द्रको असहमति हुँदाहुँदै ठाकुरले जसपा दलको नेतामा महतो नियुक्त गरे
  • २०७७ बैशाख १२, १४: ०८: ००

नयाँ बिकल्प,काठमाडौं । सत्तारुढ केपी शर्मा ओली नेतृत्वको सरकारलाई बिस्वासको मत दिने र नदिने विषयमा चर्किएको विपक्षी जनता समाजबादी पार्टी...

जसपा नेतृत्व नपाए सरकारमा नजानेः ओली सरकारले बहुमत नपाउने निश्चित
जसपा नेतृत्व नपाए सरकारमा नजानेः ओली सरकारले बहुमत नपाउने निश्चित
  • २०७७ बैशाख १२, १४: ०८: ००

नयाँ बिकल्प,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाख २७ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने प्रस्तावको विपक्ष र तठस्थमा...

भर्खरै

TOP