February 28, 2021, Sunday

अध्यादेश फिर्ता हुंदैमा यसले प्रेरित गरेको अपराधलाई कानुनी उन्मुक्ति हुनुहुन्न: कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाशश शर्माले चौतर्फी विरोधपछि दुबै अध्यादेश फिर्ता लिन सरकार बाध्य भएको जनाएका छन् । शुक्रबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो ।

प्रवक्ता शर्माले विविध ढंगले स्वदेश र विदेशमा विरोध प्रकट गर्ने युवा विद्यार्थी, पार्टीका साथीहरू, अन्य दल तथा संचार माध्यमलाई बधाई ज्ञापन गर्दै सरकारको नियोजित नियत प्रष्ट भै सकेको परिस्थतिमा निरन्तर सतर्कता र एकताका लागि अपील गरेका छन् ।

शर्माले अध्यादेश फिर्ता भएपनि यो प्रकरण संग गांसिएको अपहरणको शैलीमा समाजवादी पार्टीका एक सांसदलाई काठमाडौं ल्याइएको घटनाका दोषिलाई भने कारबाही गर्नु पर्ने माग गरेका छन् । शर्माले आफ्नो वक्तव्यमा ‘बालुवाटारको जग्गा फिर्ता गर्दा माफी दिइएको’ शैलिमा झैं विवादास्पद ढंगले अपहरणका अभियुक्तलाई उन्मुक्ति दिन नमिल्ने जनाएका छन् । यस्तो गम्भीर प्रश्नमा हस्तक्षेपमुक्त गहिरो अनुसन्धान र जो कोहिको संलग्नता रहेपनि ईमानदार कानूनी कार्वाहीका लागि कांग्रेसले अपिल गरेको छ ।

संघीय समाजवादी पार्टीका एक सांसदलाई अपहरण गरी महोत्तरीबाट काठमाडौंमा बैशाख १० गते पूर्वआईजीपी सर्वेन्द्र खनाल, सांसदहरु महेश बस्नेत र किसान श्रेष्ठमाथि आरोप लागेको छ । समाजवादीका सांसद होटल मेरियटबाट हिजो बैशाख ११ गते उम्केका हुन् ।

सम्बन्धित समाचार

राष्ट्रिय सभाका पूर्वसांसद डाक्टर शंकर उप्रेतिको निधन
राष्ट्रिय सभाका पूर्वसांसद डाक्टर शंकर उप्रेतिको निधन
  • २०७७ बैशाख १२, १७: २२: १६

नयाँ बिकल्प, काठमाडौं – नेपाली कांग्रेसका पुराना नेता तथा राष्ट्रिय सभाका पूर्वसदस्य सांसद डा. शंकरप्रसाद उप्रेतीको शनिबार राती काठमाडौमा निधन...

अदालतले संविधान व्याख्याा गर्ने हो, त्यो जुलुस, नारा र भाषणको व्याख्या गर्ने होइन  –प्रचण्ड
अदालतले संविधान व्याख्याा गर्ने हो, त्यो जुलुस, नारा र भाषणको व्याख्या गर्ने होइन –प्रचण्ड
  • २०७७ बैशाख १२, १७: २२: १६

नयाँ बिकल्प, काठमाडौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अदालत र न्यायाधीशमाथी...

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
  • २०७७ बैशाख १२, १७: २२: १६

नयाँ विकल्प तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–२ बुल्दी पुल नजिक गए राति भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको...

भर्खरै

TOP