काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाकाली नदि पूर्वको लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूमि भएकाले यसमाथिको अतिक्रमण आफूहरुलाई ठाडै अस्वीकार्य हुने बताएका छन् ।
बुधबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा पार्टीको तर्फबाट धारणा राख्दै देउवाले यस विषयमा नेपाल सरकारले भारत र चीन दुवै राष्ट्रसँग संवाद गर्नु पर्ने भन्दै नेपालको भूमिमाथिको अतिक्रमण आफूहरुलाई सह्य नहुने वताएका हुन् । प्रधानमन्त्री ओलीले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बेलुकी ५ बजे बोलाएको सर्वदलिय बैठकमा
सन् १८१६ को सुगौली सन्धीले नेपालको पश्चिमी सिमाना महाकाली नदी कायम गरेको ऐतिहासिक तथ्य नै विद्यमान सीमा बिबादको समाधानको मुल आधार भएको बताए । देउवाले बैठकमा महाकाली नदी पूर्वको लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका भू–भाग नेपालकै भएको धारण राख्दै नेपाली भूमिबाट भारतीय सैनिक फिर्ता हुनुपर्ने र नेपालको अविच्छिन्न अधिकार निर्वाध रहनु पर्ने बताएका थिए ।
देउवाले सन् २०१५ मे मा भारत र चीनका प्रधानमन्त्रीले लिपुलेक बारे बेइजिङमा सहमति गरेपछि कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा रहेकोे सरकारले दुबै देशका सरकारलाई ‘प्रोटेस्ट नोट’ पठाएर नेपालका तर्फबाट प्रष्ट धारणा र गम्भीर असहमति प्रकट गरेको स्मरण गराएका थिए देउवाले सन् २०१९ नोभेम्बरमा भारत सरकारले आफ्नो देशको नक्सामा लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका नेपाली भू–भाग समाविष्ट गरेर प्रकाशित गरेपछि नेपाली भूमिबाट भारतीय सैनिक फिर्ता हुनुपर्दछ र सिमानाको नदी महाकाली पूर्वका हाम्रा सबै भू–भाग फिर्ता गर्न सरकारले उच्च स्तरीय कुटनैतिक र राजनैतिक पहल गर्न पूर्ण साथ सरकारलाई रहने बताएको जनाएका थिए ।
लिपुलेक बारेको पछिल्लो प्रकरण सार्वजनिक भए लगत्तै “चीनको मानसरोवर जोड्न भारत सरकारले लिपुलेक हुँदै सडक उद्घाटन गरेको समाचार बारे नेपाल सरकारको धारणा” माग गर्दै “उच्च स्तरीय कुटनैतिक पहल मार्फत दीर्घकालीन समाधान खोज्न” देउवाले प्रधानमन्त्रीलाई सुझाव दिएका थिए । देउवाले सरकारलाई केवल वक्तव्य वाजीमा मात्र नअल्मलिएर कुटनैतिक र राजनैतिक रूपमा उच्च स्तरमा सार्थक एवं परिणाममुखी पहल कदमी गर्न आग्रह गरेका थिए ।
प्रमुख प्रतिपक्षी दलको नेता समेत रहेका देउवाले नेपालका लागि अहिले सम्ममै सबै भन्दा ठूलो सहयोग राशी सम्बन्धी अमेरिकी सरकारसँग अघिल्लो सरकारले गरेको सम्झौता, एमसीसीलाई सरकारले अगाडि बढाउनु पर्नेमा जोड दिएको बैठकपछि कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।
नयाँ विकल्प, काठमाडाैं- देशभर पछिल्लो २४ घण्टामा थप २५५९ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । ८७९८ पीसीआर...
नयाँ विकल्प, काठमाडाैं- बर्दिया कार्यसमितिका ४४ जनाले राजीनामा दिएका छन्। बर्दिया क्षेत्र नम्बर १ का पार्टी क्षेत्रीय सभापति मुक्तिनाथ यादवले...
नयाँ विकल्प, काठमाडाैं- एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय स्थायी समिति गठन गरेका छन् । पार्टी विवाद समाधानकालागि शिर्ष नेताहरूसंग...