May 17, 2021, Monday

कोरोना कहरका बिच शहिद गंगालालमा चार घण्टा

दामोदर प्रसाद दवाडी

२७ वर्ष देखि निरन्तर रुपमा प्रकाशित नयाँ विकल्प साप्ताहिक पत्रिका लकडाउनका कारण प्रकाशनमा अवरोध आउँदा अनलाईनबाटै समाचार प्रकाशन भइरहेको छ । करिब दुई महिनादेखि स्वरोजगारमूलक अखबार बन्द भएको अवस्थाका कारण सोही समाचारहरु आ–आफ्नै अनलाईहरुमा प्रकाशनले निरन्तरता पाइरहदाँ पनि छापा पत्रिकाको प्रकाशनलाई निरन्तरता दिने प्रतिबद्धता पुरा भैराखेको छ । त्यसैले पनि छापा पत्रिकाका सम्पादकहरुको जमघट हुने स्थान बनेको छ नयाँ विकल्प साप्ताहिकको कार्यालय । तर विडम्बना ५०औं दिनदेखि कोरोना कहरको महामारीका कारण मुलुक लकडाउनमा भएका कारण सिमित स्रोत र साधनका बाबजुद साना तथा स्वरोजगारमूलक अखबारहरु बन्द हुनु स्वभाविक हो तर स्वघोषित ठूला मिडियाहरुको अखबार पनि जेनतेन प्रकाशित भएता पनि निकै दुब्ला हुँदै गएका छन् । त्यसैले होला ठूला मिडियामा काम गर्ने सञ्चारकर्मीहरुको रोजीरोटी समेत खोसिएको हल्ला चलिरहेको छ । कोरोना कहरका बीच पनि साना तथा स्वरोजगारमूलक अनलाईनहरुले नियमित समाचार सम्प्रेषण गरिरहेका छन् । हामी पनि विस्तारै विस्तारै पाईला सार्दै छौं ।

०७७ बैशाखको अन्तिम दिन, धेरै समय भेटघाट नभएको कारण सञ्चारकर्मी साथीहरुको आगमन पश्चात् हामी कार्यालय भित्र नबसेर बाहिरै सामाजिक दुरी कायम गर्दै कोरोना महामारीबाट मुलुकको अवस्थाका बारेमा छलफल गरिराखेका थियौं । मुलुकको आर्थिक अवस्थादेखि सञ्चारकर्मीको दुरदशासम्मका विषयले प्रवेश पायो ।  छलफलको बिचमै चिया विस्कुट खाईयो । यत्तिकैमा चार बजेछ । साथीहरु पनि आ–आफ्नो बाटो लाग्नुभयो म पनि भित्र छिरे ! कार्यालय भित्र एकाएक अनौठो भयो । पत्रिकाको स्थापना कालदेखि व्यवस्थापकिय गहन जिम्मेवारी सम्हाली आउनुभएकी रीता दवाडी एकाएक छटपटाई रहेको देखेर म आश्चर्य चकित भए । मैले सोधे के भयो ? उनले भनिन मुटुको धड्कन बढेर आयो सास फेन गारो भयो । मैले तुरुन्त सहिद गंगालाल ह्दयरोग अस्पताल लाने निधो गरेर गाडीमा लिएर गएँ तर बिच बाटोमा पुगेपछि म अल्मलिए कता जाउ कता जाउ भन्ने लागेर एउटा फोन गरे तर त्यो फोन नउठे पछि पुन सहिद गंगालाल ह्दयरोग अस्पतालको आकस्मिक कक्षमा लगेर सुताए । तर केही समय अगाडि त्यहा पनि कोरोनको संकास्पद एक व्यक्तिको प्रवेश  भएको हल्लाले आकम्कि कक्ष निकै तनावपूर्ण भएको पाए तर संकास्पद व्यक्तिलाई स्वास्थ्यकर्मीहरुले छुट्टै स्थानमा राखिसकेका रहेछन् । मूलगेट बाटै व्यवस्थापन गरिएको हुँदा आकस्मिक कक्ष सुरक्षित नै रहेछ तर आकस्मिक कक्षमा विरामीहरुको सेवा गरिरहेका डाक्टर, नर्स र स्टाफहरुको तनावपूर्ण अवस्था भने कम भएको थिएन । उनीहरु असुरक्षित महसुस गरिरहेका थिए । उनीहरुको एउटै आवाज थियो सरकारी अस्पतालमा समेत अत्यावश्यक स्वास्थ्य सामग्री छैन हामीले कसरी सेवा दिने ? कोरोना कहरका बिच अत्यावश्यक सामग्री नहुदा जुनसकै विरामी अस्पताल पुग्दा सबै स्वास्थ्यकर्मीहरु अत्तालिने रहेछन् । उनीहरु भनिरहेका थिए – “सांसददेखि प्रधानमन्त्रीसम्मको कोरोना परिक्षण तुरुन्त हुने हामी स्वास्थ्य क्षेत्रमा काम गर्ने व्यक्तिहरुको परिक्षण गरिदेउ भन्दा पनि कहिबाट सुनुवाई नहुने ?” मेरो केही जिज्ञासाको जवाफ दिदै उनीहरुका वेदना सुन्दै रीताजीको रोग पत्ता लगाउन मुटुको जाँच, इसिजि, एक्सरे, रगतको जाँच, इको गर्न करिब चार घण्टा लाग्यो । रगतमा आइरनको कमी भएको देखियो अरु रिपोर्ट सामान्य आयो ।

डाक्टर नर्स सबैले आफनो आफ्नो तर्फाबाट विरामीको सेवा गरिरहेको अवस्था र वेदना साटासाट गर्ने, स्वास्थ्यकर्मी र संचारकर्मीको एक आपतमा चिनजान हुने मौका मिल्यो । तर सिमित स्रोत र साधनका बिच वर्तमान अवस्थामा स्वास्थ्यकर्मीहरुले विरामीहरुको सेवा गरिरहनु भएकोमा उहाँहरुलाई सम्मान र सलाम । उहाँहरुको प्रश्नको जवाफ दिन सक्ने मेरो हैसियत थिएन किनकी उहाँहरुको एउटै प्रश्नले म नाजवाफ भइसकेको थिएँ । राजनेताहरुको तुरुन्त कोरोना परिक्षण हुने हामी स्वास्थ्यकर्मीहरुको चाहि किन नहुने ? फेरि अत्यावश्यक सामग्री पनि हामीले नपाउने ?

बिनाहतियार लडाई लडिरहेका छौं । भाग्यले यस्तै लेखेको रहेछ विनाहतियार युद्धमा लड्दा मर्नु परेमा पनि मर्नु पर्ला । ति शब्दहरुले मलाई निकै लज्जित बनायो । म लज्जित भएर, भावुक भएर, अथवा आवेशमा आएर पनि के नै गर्न सक्ने थिए र ? स्वास्थ्यकर्मीको पिडा, सुरक्षाकर्मीको पिडा र सञ्चारकर्मीको पिडा उस्तै उस्तै लागेको भएता पनि चुप लागेर बस्नु बोहक यहाँ कलम चलाउने एउटै मात्र उपाय बाँकी रहेको छ त्यो पनि कुन बेलासम्म हो, सरकारका पछिल्ला कदमहरुले नै देखाइरहेको छ ।

उपायको खोजी गर्ने नेपाली जनताको अभिभावकत्व ग्रहण गरेको सरकारको नेतृत्वकर्ता आफ्नै पार्टीको आन्तरिक कलहमा रुमलिएको छ । सत्ता हत्याउने र सत्ताबाट बहिर्गमन गराउने कुटिल चालमा नेताहरुको दौड्हा चलिरहेको छ । सत्ताधारी गुटले जनुसकै हतकण्डा प्रयोग गरेर भए पनि सत्तामा टिकिरहने रणनीति गरेको छ भने सत्ता बाहिर बस्ने गुटले जसरी भए पनि सत्ताबाट बहिर्गमन गराई छाड्ने रणनीति अख्तियार गरेको देखिन्छ । बालुवाटार गुट बलियो बनाएर सत्ता टिकाउन लम्पासर भएर लागि परिरहेको छ । वर्तमान प्रधानमन्त्री के।पी। शर्मा ओली नेपाल कम्युनिष्ट पार्टीको र त्यसमा पनि एउटा गुटको मात्र नेतृत्व गरिरहनु भएको छ कि भन्ने भानले जनतामा निरासा छाएको छ । अडाई वर्ष अगाडि सत्तासिन हुने रणनिति अख्तियार गर्दै तत्कालिन एमाले र एकिकृत माओवादी पार्टी एकिकरण भएको भएता पनि सत्तामा पुगेपछि बालुवाटार गुटले राज्य सञ्चालन आफुखुसी गर्न थालेका कारण दुई अध्यक्ष बिच कटुता बढ्दै गएको छ । कुनै पनि दिन पार्टी भित्र विस्फोटन नहोला भन्न सकिदैन ।

मुलुककै अभिभावक प्रधानमन्त्री के।पी। शर्मा ओली शारिरीक अशक्ताता हुदा हुदै पनि प्रधानमन्त्रीको कुर्सी बचाउन निकै कसरत गरिरहनुभएको छ । त्यसैले पनि विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना न्यूनिकरणका बारेमा खोजी गर्ने फुर्सत छैन उहालाई। अझ सिमा मिचिएको त न देख्नु हुन्छ न त्यसबारे सुन्नु हुन्छ। नेपाली संचार क्षेत्रले उठाएका तमाम सवालहरुलाई त आफ्नो विरोधीको रुपमा चित्रण गर्नुहुन्छ प्रधानमन्त्रीले । प्रतिपक्षी दललाई दलको रुपमा मान्न र कुनै सरसल्लाह गर्नुहुन्न । समकक्षीहरुसँग उहाँको बोलचाल बन्द जस्तै छ । उता प्रतिपक्षी दलहरु कुहिरो भित्र काग हराए जस्तै भएका छन् । कतै सार्वजनिक सूचना निकाल्नु पर्ने त होइन भन्ने भान पर्न थालेको छ । प्रतिपक्षीका तर्फबाट कहिले काही च्वास्स चुस्स कविता पाठ गरेको सुनिन्छ । त्यो पनि पहिले मिडियालाई जानकारी दिएर संसदमा बोल्न जान्छन् । आफ्नो भाषण पहिले मिडियाले प्रचार गरिदिने बानी लागेको छ प्रमुख प्रतिपक्षीलाई। राजनीतिलाई सेवा भन्दा आफ्ना लागि पेशा जस्तो बनाइएको छ ।

सिमापारी आफ्ना नागरिक भोकभोकै सडकमा सुतिरहेको छन् । नेपाल भारत सिमा विवादका कारण सडकमा देखाएको जात्राले छिमेकी भारत आक्रोशित भएको देखिन्छ । कुटनैतिक पहलबाट समाधान गरिने विषय अवसरबादीहरुको खेल्ने स्थान बनिरहेको छ । नेताहरुलाई भाषण गर्ने मसला बनिरहेको छ । अन्तर्राष्ट्रिय सम्बन्धको स्पष्ट राष्ट्रिय खाका कायम नभएका कारण कहिले छिमेकी चीन त कहिले भारत रिसाउने कार्य भईरहेको छन् । यहि कारण कोरोना कहरको कहालि लाग्दो अवस्थामा पनि छिमेकी राष्ट्र भारतले लाखौ नेपालीहरुलाई नेपाल फकाई दिने अख्तियार गरेको देखिन्छ । खाडी मुलुक लगायत अन्य मुलकुमा रोजगारीका लागि गएका नेपाली दाजुभाई दिदीबहिनीहरु खान नपाएर आत्महत्या समेत गर्न थालेका छन । देश र देशबाहिर नेपालीहरुका बीच भोकमरी बढ्दो छ । नेपालीले तिरेको करबाट हजारैं डलर मासिक खाएर बसेका राजदुतहरुको भूमिका शुन्य छ । दुतावास अगाडि आएका नेपाली दाजुभाईहरुलाई कुनै राहत दिन सकेका छैनन् विदेशमा रहेका हाम्रा दुताबासहरुले । चिल्ला गाडीमा झण्डा हालेर भिआईपी रिझाउने काम बाहेक उनीहरुको कुनै दायित्व नै छैन भन्ने जस्तो देखिन्छ।

राज्य सञ्चालनमा पदासिन व्यक्तिहरुको जवाफदेहिता शुन्य हुँदै गएको छ । दुईमहिनादेखि कोरोना परीक्षण किट ल्याउने दुर्त मार्गको खोजी कार्य हुन सकेको छैन।किट कहाँ आई पुग्यो आमनागरिकलाई जानकारी छैन । नेपाली सेनालाई कोरोनाको औषधी तथा उपकरण खरिद गर्न दिएको जिम्मेवारी पनि अलमलमा परेको देखिन्छ । लाग्छ मुलुक गतिहिन अवस्थाबाट गुर्जिरहेको छ । करोडौं जनता घरभित्रै बस्न बाध्य छन् । सबै क्षेत्रको संकटपूर्ण अवस्था नजिकिएको अनुमान भईरहेको छ । तर सरकार प्रमुख तथा नेपाली जनताको अभिभावक न त कोरोनाको कहर नै देख्नु हुन्छ, न त लिपुलेकको बाटो बनाएको देख्नु हुन्छ, न त सिमानामा अलपत्र रहेका नागरिकहरुलाई देख्नु हुन्छ, न त रोजगारीका क्रममा विदेश गएका नेपाली नागरिकको चित्कार नै सुन्नुहुन्छ !

सम्बन्धित समाचार

समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
  • २०७७ जेष्ठ २, १७: ४९: ३२

नयाँ बिकल्पकाठमाडौं — बरिष्ठ समालोचक राजेन्द्र प्रसाद सुवेदीको कोरोना भाइरसको संक्रमणबाट सोमबार बिहान शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निधन भएको...

काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
  • २०७७ जेष्ठ २, १७: ४९: ३२

नयाँ विकल्पकाठमाडाैं- कोरोना भाइरस संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो...

मदन-आश्रितकाे रहस्यमय मृत्युः   गुपचुपमै विते २८ बर्ष
मदन-आश्रितकाे रहस्यमय मृत्युः गुपचुपमै विते २८ बर्ष
  • २०७७ जेष्ठ २, १७: ४९: ३२

नयाँ विकल्प काठमाडाैं- नेपाल कम्युनिष्ट आन्दाेलनका शिखर पुरूष मदन भण्डारी तथा जिवन आश्रितकाे चितवन स्थित दासढुङ्गामा कार दुर्घटनामा मत्यु भएकाे...

भर्खरै

TOP