कठमाडौं । प्रदेश नं २ को रौतहटमा १० जनामा कोरोना संक्रमण भएको पुष्टी भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणबाट रौतहटका मात्रै १० जनामा कोरोना संक्रमण पुष्टी भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको सख्या दुई सय ९१ पुगेको छ ।
३६ जना निको भएर घर गएका छन् भने एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीका अनुसार रौतहट जिल्लाको राजपुर नगरपालिका वडा नं ९ फरहदवा निवासी १८, ३२, ३६, ३९, ३९, ४२ र ४८ वर्षे युवामा कोरोना संक्रमण भएको पुष्टी भएको हो ।
त्यस्तै, रौतहट जिल्लाकै इशनाथ नगरपालिका वडा नं ३ र ५ का २८, ३० र ३३ वर्षे युवामा पनि कोरोना पुष्टी भएको छ । मन्त्रालयले आइतबार विहान सवा सात वजे जारी गरेको विज्ञप्तीअनुसार सबै संक्रमितको स्वास्थ्य सामान्य रहेको उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् ।
नयाँ विकल्प, काठमाडाैं- आफूविरुद्धको अविश्वास प्रस्ताव छल्न प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले हिउँदे अधिवेशन अन्त्य गराएका छन्। सरकार आफैंले...
नयाँ विकल्प, काठमाडाैं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री हुने अवस्था आए आफू तयार रहेको बताएका छन्। श्रीराम श्रेष्ठले लेखेको...
नयाँ विकल्पकाठमाडाैं- राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै गृहमन्त्रीबाट पद पदमुक्त भएका रामबहादुर थापा ‘बादल’ले पुनः गृहमन्त्रीको शपथ लिदै छन्...