November 26, 2020, Thursday

आरडीटी खरिद र परिक्षणमा सरकारको व्यापार, नागरिक भयमा

लिला राज खनालबाट

विश्व स्वाथ्य संगठन (डब्लुएचओ) ले कोभिड १९ को भाईरस संक्रमण भए÷नभएको नमुना परिक्षण गर्दा आरडीटी (¥यापीड डिटेल्स टेष्ट) विश्वश्निय नभएको निष्कर्ष निकाल्दै पिसिआर प्रविधिबाटै परिक्षण गर्न आव्हान गरेको छ ।
नेपाल सरकारले भने नेपालमा दुई महिना अघि ७५ हजारलाई परिक्षण गर्ने गरी आरडीटी किट खरिद गरेको थियो ।
डब्लुएचओ र नेपालका विशेषज्ञ चिकित्सकको सुझावलाई वेवास्था गर्दै बिवादित, अक्षम र दुर्नाम कमाएको ओम्नि इन्टरनेसनललाई आरडीटी किट लगायतका स्वास्थ्य सामग्री खरिदको ठेक्का सार्वजनिक खरिद ऐनको छिद्रलाई प्रयोग गर्दै दिइयो ।
यतिवेला मुलुकलाई यही आरडीटीले धोका दिँदैछ । आरडीटी परिक्षण विश्वस्नीय र भरपर्दो परिक्षण विधि नभएको र धेरैभन्दा धेरै पिसिआर प्रविधिबाट नमुना परिक्षण गरेमा कोरोना संक्रमणको चुनौतिलाई सामना गर्न सकिने भन्दै सार्वजनिक अभिव्यक्ति दिएका इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका विशेषज्ञ चिकित्सक शेरबहादुर पुनलाई सरकारबाट हतोत्साहित समेत गरियो ।
स्वास्थ्य मन्त्री भानुभक्त ढकालको निर्देशनमा पुनलाई कारबाही गरेर मन्त्रालय समेत तानियो । तर मन्त्री ढकाल र उनको समूहले नेपालमा कोराना नियन्त्रणको लागि हालसम्म गरेको सबै प्रयास, योजना र कार्यान्वयन पक्ष यति धेरै कमजोर र लथालिङ्ग रहेछ कि अहिले परिक्षण नै गर्न नपाई नागरिकको निधन हुन थालेको छ ।
४८ प्रतिशत बढी महंगो मुल्य र कमिसनमा कानुनको सुविधालाई दुरुपयोग गर्दै ओम्नी समूहलाई आरडीटीको किटसहित खरिदको ठेक्का दिए पनि उसले सवै स्वास्थ्य सामग्री आपूर्ती गर्न सकेन ।
कोरोना संक्रमणको भरपर्दो र विश्वाशिलो विधि पिसिआर प्रविधिको उपयोग नै नगरी नेपाललाई कोरोनामुक्त घोषणा गर्ने पर्यटन मन्त्री योगेश भट्टराई, नेपालमा कोरोनाले कसैको निधन हुँदैन भन्ने स्वास्थ्य मन्त्री ढकाल र संक्रमण हुन नदिन सरकारले सबै तयारी गरेको छ भन्ने प्रधानमन्त्री ओलीको छातिमा यतिवेला कोभिड १९ को बढ्दो संक्रमणले ढ्यांग्रो ठोकेको छ ।
तयारी र योजना बिना लकडाउनको घोषणा गरेर स्वास्थ्य सामग्री खरिद गर्ने, लकडाउनको एक महिनापछि खुल्ला सीमामा अबाञ्छित आवत जावतलाई नियन्त्रण गर्न भन्दै शसस्त्र प्रहरी खटाउने र कोरोना संक्रमण नियन्त्रण तथा राहत कोषको एक रुपैयाँ पनि खर्च नगरी बस्ने सरकारको क्रियाकलापले जनता यतिवेला त्रासमा भूमिरीमा वाँच्न बाध्य छन् ।
नेपाली नागरिकलाई केही हप्तामा भारतीय सीमामा प्रहरी लगाएर रोक्ने र उनीहरुलाई नेपाल आउँदा क्वारेन्टाईनको उचित व्यवस्था गर्न नसक्ने र क्वारेन्टाइनमा बसेकाको समेत कोरोना संक्रमणको परिक्षण नगर्ने प्रबृत्तिले यतिवेला देश कोरोनाको त्रासदीमा अडिएको छ ।
कोरोना संक्रमण विश्वव्यापी भएको एक महिनासम्म नेपालमा त्यसको ठूलो प्रभाव थिएन र दुई महिनासम्म संक्रमितको सख्या एक सय पनि नाघेन । तर, सीमामा केही दिन नेपाली नागरिकलाई रोक्ने र पछि क्वारेन्टाइनमा नराखी र परिक्षण नगरी बस्ने सरकारको व्यवहारले देशका नागरिक असुरक्षीत भएका हुन् ।
कोरोना संक्रमणका कारण दुई जना नागरिकको निधन, चार सय बढी संक्रमित र संक्रमण फैलिएको तीन महिनामा समेत सरकारले पिसिआर प्रविधिबाट ३० हजार बढीको परिक्षण गर्न सकेन ।
जनता कोरोनको त्रासमा वाँचिरहेको बेला सरकारलाई भने ८० हजार मौजदात आरडीटी किट हुँदा हुँदै फेरि एक लाख ७२ हजारलाई परिक्षण गर्ने किट खरिद गर्ने रहर जागेको छ ।
सरकारले हालसम्म ५० हजारको परिक्षण आरडीटी प्रविधिबाट गरिसकेको छ । यो परिक्षणको नतिजाले चिकित्कस र संक्रमणको आशंका भएका व्यक्ति, परिवार समाजलाई भय र त्रास वाहेक केही दिन सकेन ।
एक महिलाअघि झापाको बाह्रदशी गाउँपालिकाका कोरोना संक्रमितले आफ्नो परिक्षण गर्न आग्रह गर्दा राज्यले दुई, दुई पटक आरडीटी प्रविधिबाट परिक्षण गर्दा कोभिड १९ नेगेटिभ देखियो ।
तर, उनले आफूलाई संक्रमणको आशंका भएको जनाएपछि तेश्रो पटक पिसिआर प्रविधिबाट नमुना परिक्षण गरेपछि मात्र कोभिड १९ पोजेटिभ आयो र उनलाई आइसोलेसनको लागि कोशी अस्पताल विराटनगर लगिएको थियो ।
इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले शुक्रबारदेखि सोमबारसम्म यसै हप्ता कालिमाटी तरकारी तथा फलफुल बजार क्षेत्र, सरसफाई मजदुर, गंगवु क्षेत्र र भृकुटी मण्डप क्षेत्रमा गरिएको परिक्षणले समुदायमा यस्तै त्रासदी निम्त्याएको छ ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जेठ ६ गते नियमित प्रेस व्रिफिङमा दिएको जानकारी र तथ्यलाई हेर्ने हो भने आरडीटी परिक्षण विधिले कोरोना आशंकित व्यक्ति, परिवार र समुदायमा भय मात्र होइन हुर्मत लिने काम गरेको छ ।
मन्त्रलयका अनुसार सरसफाई क्षेत्रमा काम गर्ने श्रमिकहरु ६ सय ६४ जनामा आरडीटी विधिबाट परिक्षण गर्दा ३१ जनामा कोभिड १९ पोजेटिभ अर्थात कोरोना भाइरसको संक्रमण देखियो ।
तर संक्रमित भएका भनिएका र वाँकी आशंकित गरी २सय ६७ जनाको पिसिआर प्रविधिबाट नमुना परिक्षण गर्दा नेगेटिभ अर्थात कोरोना भाइरस संक्रमित नभएको देखियो । चिकित्सकले पनि यही पिसिआर प्रविधिबाट गरिएको परिक्षणको निष्कर्षलाई मात्र विश्वास गर्ने गर्छन् ।
आरडीटीबाट नमुना परिक्षणपछि कोरोना संक्रमणको लक्षण देखिएको भनिएका ३१ सरसफाई मजदुर, उनका परिवारका सदस्य र समूदायमा नै त्रासदी फैलियो । तर जव पिसिआरको रिपोर्ट नेगेटिभ आयो तव मात्र उनीहरु ढुक्कले काम गर्न थाले ।
सरकारले परिक्षणको दायर बढाउने भन्दै कालिमाटी तरकारी वजार क्षेत्रका सात सय जनामा आरडीटी परिक्षण गर्दा ३ जनामा कोभिड १९ पोजेटिभ देखयो तर पिसिआर प्रविधिले नेगेटिभ रिजल्ट देखाएको छ ।
भृकुटीमण्डप क्षेत्रका ४ सय ५२को आरडीटीबाट परिक्षण गर्दा ३२ जनामा कोभिड १९ पोजेटिभ देखिएको छ । ति ३२सहित दुई सय ४६ को पिसिआर परिक्षण गरिए पनि रिजल्ट आएको छैन । सम्भवत ति सबैको रिपोर्ट नेगेटिभ नै आउने होला ।
गंगवु नयाँ वसपार्क क्षेत्रका चार सय ३० को आरडीटी परिक्षण गर्दा १५ जनामा पोजेटिभ देखिएको छ । १५ सहित १ सय ७२ को पिसिआर प्रविधिबाट नमुना परिक्षण गरिएको छ तर रिजल्ट आएको छैन । यस्ता घटना त प्रतिनिधिमूलक घटना मात्र हुन् ।
यो प्रवृत्ति हेर्दा सरकारले परिणाम जस्तो आओस तर परिक्षणको दायरा बढाउने नाममा आरडीटी किटको खपत बढाउने उदेश्य मात्र राखेको देखिनछ । आरडीटी परिक्षणले पोजेटिभ देखाए पनि पिसिआर प्रविधिबाट नमुनाको परिक्षण गरेर पोजेटिभ नआएसम्म चिकित्सकले संक्रमण भएको पुष्टी गर्ने गरेका छैनन् ।
आखिर किन चाहन्छ सरकार आरडीटी परिक्षणसँगै खरिद गर्न ? भन्ने प्रश्न अहिले गम्भिर रुपमा देखिएको छ । सरकारले भारत सरकारको नियन्त्रणमा रहेको विवादस्पद भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी भएको बेला आररडीटी खरिद भित्र लुकेको रहस्य कमिसन नै नहोला भन्न सकिन्न ।
जेठ ६ गते मात्र स्वास्थ्य तथा जनसख्या मन्त्रालयले कोभिड १९ को परिक्षण गर्न चाहने नेपाली वा विदेशी नागरिकले नेपाल भित्र तोकिएका स्वास्थ्य संस्थाबाट आरडीटी परिक्षण शसुल्क गर्न पाउने भन्दै कोरोना संक्रमणको मौकामा व्यापारलाई प्राथमिकता दिएको छ ।
मुलुक लकडाउनमा परेको बेला रुघा, खोकी ज्वरो आएकाको त परै जाओस प्रेसर वा सुगर जाँच गर्नबाट भाग्ने नीजि क्षेत्रका स्वास्थ्य संस्थालाई व्यापार गर्न दिने उदेश्यले कोरोना भाइरस संक्रमणको परिक्षण आरडीटी विधिबाट गर्न दिने सरकारको निर्णयबाट आमनागरिक पीडामा पर्ने निश्चित छ ।
देशको कानूनलाई खुलम खुल्ला नमान्ने र धज्जी उडाउँदै स्वास्थ्य बिमा लागू हुँदैन भनेर गेटमा सूचना टाँस्ने नीजि स्वास्थ्य संस्थाको व्यापारमा सरकारको चिन्ता देख्दा नागरिकलाई बेवास्था गरेको हो कि भन्ने प्रष्ट हुन्छ ।
कोरोना संक्रमणको महामारी विश्वका कैयुँ देशले आफ्ना नागरिकलाई निशुल्क परिक्षण गर्ने गरेका छन् । तर सरकारले विश्वका केही न्युन देशले मात्र प्रयोगमा ल्याएको, जहाँ महामारीको रुपमा कोरोना फैलिएपछि पिसिआर प्रविधिबाट एकै पटक परिक्षण गर्न सकिँदैन, आरडीटी किटबाट व्यापार थालेको छ ।
मन्त्रालयले खरिद मुल्यको २० प्रतिशतसम्म थप मुल्य लिएर परिक्षण गर्न सक्ने अनुपति दिएको छ । सीमा सुरक्षाको जिम्म थ्रिनट थ्रि र पेस्तोल बोकेका जनपद प्रहरीलाई दिएर स्वास्थ्य सामग्री खरिदको जिम्मा लिएको नेपाली सेना पनि स्वास्थ्य सामग्री खरिदको प्रकोपमा बिबादमा तानिएको छ ।
ओम्नि समूहले कवोल गरे बमोजिमको स्वास्थ्य सामग्री खरिद गर्न नसकेको भन्दै सम्झौता रद्ध गरेको सरकारले नेपाली सेनालाई प्रभावमा पार्न स्वास्थ्य सामग्री खरिदको जिम्मेवारी दिएको छ । तर सेनाले समेत हालसम्म सामग्री आपूर्ती गर्न सकेको छैन् ।
रोजगारी गुमाएका लाखौं नेपाली कोरोना भाइरसको संक्रमणको त्रासदीमा जीवन यापन गर्न वाध्य भइरहेको बेला प्रति व्यक्ति १५ हजार नगद बुझाएर परिक्षण सम्भव छैन । सरकारको जुन निर्णय अप्रिय मात्र होइन, आहातमा परेका नागरिकको दुखमा नुनचुक हो भन्दा फरक छैन ।
अविश्वस्नीय र भरपर्दो परिणाम नदिने आरडीटीबाट परिक्षण गरेर नेपाली जनताले कारोनासँग न प्रतिरक्षा गर्न सक्छन न त सुरक्षीत नै महसुस गर्न सक्छन् ।

सम्बन्धित समाचार

प्रहरीको गोलीबाट घाइते न्यौपानेको मृत्युपछि बर्दिबास झन तनावग्रस्त
प्रहरीको गोलीबाट घाइते न्यौपानेको मृत्युपछि बर्दिबास झन तनावग्रस्त
  • २०७७ जेष्ठ ७, १५: ०७: ४५

नयाँ विकल्प,काठमाडौं – महोत्तरी जिल्लाको ब्यापरिक केन्द्र बर्दिवासमा प्रहरीको असावधानी र अत्यधिक बल प्रयोगका कारण झन तनावग्रस्त बनेको छ ।...

आगामी निर्वाचनमा कांग्रेसलाई जिताउनू: देउवा
आगामी निर्वाचनमा कांग्रेसलाई जिताउनू: देउवा
  • २०७७ जेष्ठ ७, १५: ०७: ४५

नयाँ बिकल्प,काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा हाल देखिएको समस्या र चुनौतिको सामना गर्न पार्टी संगठनलाई एक ढिक्का...

शेयर बजार इन्डेक्स नयाँ इतिहास  रच्ने तरखरमा
शेयर बजार इन्डेक्स नयाँ इतिहास रच्ने तरखरमा
  • २०७७ जेष्ठ ७, १५: ०७: ४५

नयाँ विकल्पकाठमाडाैं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) इन्डेक्स विहिबार ८ अंकले बढ्याे भने हालसम्मकै उच्च विन्दुमा पुग्ने छ । अल टाइम...

भर्खरै

TOP