April 19, 2021, Monday

कोरोना संक्रमण: लाग्दैमा आत्तिनु पर्दैन, डा. आशिष

विश्व महामारी कोरोना भाइरस -कोभिड १९ को अहिलेको अवस्थाबारे मेरो बुझाई र दृष्टिकोण अलि भिन्न छ । कोरोना संक्रमण पुष्टी भएकाहरुको मृत्यु दर करिब ६.४% छ । विश्व तथ्यांक अनुसार कुनै लक्षण नै नभएका अप्रमाणित केसहरु समुदायमा झन्डै १० गुणा बढी छन् । यस अनुसार यो रोगबाट ज्यान नै गुमाउने संभावना जम्मा ०.६४% मात्र छ, त्यो भनेको १००० जनामा करिब ६ जना हो । यो तथ्यांकलाई हेर्ने हो भने हामीले भोगिरहेका अरु रोगहरुको तथ्यांक उस्तै हुन आएपनि यो रोगको परिणाम छोटो समयमा देखिने भएकोले यसले भयाभह अवस्था ल्याएको छ ।

हामी आतिनु नपर्ने किन देखिन्छ भने धेरै जनामा सामान्य लक्षण देखिन्छ र निको पनि हुन्छ । त्यसैले हाम्रो व्यक्तिगत लक्ष्य भनेको आफ्नो प्रतिरोधात्मक क्षमता वृद्धि गर्न सक्नु हो जसले गर्दा यो रोगसंग लड्ने क्षमता बढाऊछ । आफ्नो प्रतिरोधात्मक क्षमता वृद्धि गर्नको लागि चाहिने भनेको स्वस्थ खानपिन, समयमा निन्द्रा, ब्यायामको साथ् साथै स्वस्थ मानसिक अवस्था हो । अरुलाई संक्रमणबाट बचाउन चाही समय समयमा साबुन पानीले हात धुने, सामाजिक दुरी कायम गर्ने र मास्कको प्रयोग गर्ने हो । समाजमा रहेका ज्येष्ठ नागरिक बृद्ध-बृद्धा, बालबालिका र अन्य रॊग लागेका व्यक्तिहरुको हेरचाहमा थप सतर्कता र ध्यान पुर्याउनु चाही जरुरी छ।


यो रोग यस्तो खालको रोग हो जुन आफैमा सिमित छ र यसले गम्भीर परिणाम निम्त्याउने सम्भावना माथि उल्लेख भएझै निकै कम छ। यो महामारीको अवस्था विश्लेषण गर्दा मेरो बिचारमा समस्या कोभिड १९ रोगको रुपमा भन्दा पनि यसको व्यवस्थापन पक्ष हो। अझ बिस्तृत रुपमा भन्नु पर्दा संक्रमित व्यक्तिलाई व्यवस्थित रुपमा आइसोलेसनमा राख्ने हो भने उसको रोग प्रतिरोधक क्षमता बढ्छ र उ छिटो निको हुन सक्छ। व्यवस्थित आइसोलेसन भनेको, पर्याप्त हावा छिर्ने कोठा, समय समयमा स्वस्थ खानेकुरा, ब्यायाम गर्ने ठाउं र सुत्ने उचित स्थानको व्यवस्थापन हो। यो रोगले निकै कम बिरामीमा गहन हेरचाहको माग गर्छ। तसर्थ आफ्नो रोग प्रतिरोधक क्षमता बृद्धि गर्ने उपायहरु अपनाउन सके कोरोनाबाट आत्तिनु पर्ने स्थिति हुंदैन।

हाम्रो देश नेपाल जस्तो बिकाशोंमुख मुलुकमा, जहाँ सिमित स्रोत र साधनको आधारमा रहेर काम गर्नुपर्छ, सहि व्यवस्थापन अझ धेरै महत्त्वपूर्ण छ।नेपालमा सम्बन्धित निकायले उचित व्यवस्थापनतिर ध्यान दिनुपर्ने अहिलेको आवस्यकता हो। अस्पतालहरुमा (प्राइभेट सहित) कोरोना संक्रमितहरुको लागि क्वारेनटिन, आइसोलेसन र आइसीयु गरि वर्गीकरण गरेर शैयाको संख्या बढाउने र पर्याप्त मात्रामा स्वास्थकर्मी नियुक्त गर्नुपर्छ। संक्रमण फैलिदा स्वास्थकर्मीहरु फ्रन्टलाइनमा रहेर काम गर्ने हुदा उनीहरु आफै संक्रमित हुने सम्भावना धेरै रहेको र त्यस अवस्थामा स्वास्थकर्मीहरु स्वास्थ संस्थामा अभाव हुने देखिन्छ । बेड र स्वास्थकर्मीको संख्या पर्याप्त पुर्याउदा देशका अस्पतालहरुमा भएका शैया, अस्पतालहरुको क्षमता यकिन गर्न सरकारलाई सहज हुन्छ। कतिसम्म संक्रमितको उपचार गर्न सकिन्छ भन्ने कुराको यकिन सरकारलाई भयो भने सरकारले जनतालाई त्यहि अनुरुप आश्वस्त पार्न सक्छ। उता सरकारको तयारीबारे जनतालाई जानकारी भयो भने जनता सुरक्षित महसुस गर्छन् र समाजमा भय कम हुन्छ।

यस्तो तयारीको सुरुवात बिदेशमा रहेका नेपाली कामदारहरु जो आफ्नो देश फर्किन चाहन्छन्, उनीहरुबाट गर्न सकिन्छ। जस्तै की: यदि एक दिनमा १०० जना प्रवासी नेपालीलाई भित्र्याउदा एक महिनामा क्वारेनटिनको लागि ३००० शैयाको आवश्यकता पर्छ। कोरोना भाइरस संक्रमण भए या नभए दुवै प्रकारका बिरामीको परिणाम ३० दिन भित्र आइसकेर क्वारेनटिनबाट बाहिर निस्किन्छन्। त्यसपछि अरु १०० लाई ल्याउन सकिन्छ। यसरी व्यवस्थापन गर्न सकियो भने हरेक दिन १०० जना क्वारेनटिनबाट बाहिर निस्किन्छन् भने हरेक दिन १०० थप्न सकिन्छ। यो क्रममा प्रत्यक महिना ३००० सम्म प्रवासीलाई भित्र्याउन र उपचार गर्न सकिन्छ ।


यसरी सरकार घर फर्किन खोजेका आफ्ना नागरिकहरुलाई बोर्डरमा अथवा विदेशमा अलपत्र पारेको भन्ने आरोपबाट पनि मुक्त हुन सक्छ। कोरोना संक्रमणबाट निको भएका उनीहरु सक्रिय जनशक्तिको रुपमा फ्रन्टलाइनमा बसेर अन्य संक्रमितको र सार्वजनिक स्थलहरुको व्यवस्थापन जस्तो कामको लागि योग्य हुन सक्छन्।

अहिले कोरोना भाइरसविरुद्धको खोप अथवा औषधि हाम्रो चाहनामा मात्र सिमित हुनसक्छ। मानिसहरुको आवतजावतमा रोकले दिर्घकालमा प्रतिकुल असर गर्न सक्ने हुनाले हरेक राष्ट्रहरुले अब आफ्नो क्षमताको आधारमा यस रोगलाई नियन्त्रणमा राखेर पूर्णरुपले लकडाउन गर्नु भन्दा पनि बीच- बीचमा लकडाउन खोल्दै आफ्नो देश चलायमान बनाउन जरुरी देखिन्छ । यसो गर्दा धेरै जोखिममा रहेका आफ्ना नागरिकहरुको ख्याल राखी थप सावधानी र हेरचाहमा ध्यान दिनु पर्दछ।
यतिखेर सरकारको प्रमुख दायित्व भनेको जनमानसमा फैलिएको त्रासलाई कम गराउने हो।कोरोना संक्रमित भैहाले पनि आवश्यक स्वास्थ सेवा प्रदान गर्न सरकार सक्षम छ भन्ने कुरामा उनीहरुलाई आस्वस्त पार्न सक्नु पर्दछ। सरकारले स्रोत र साधनको उचित व्यवस्थापन र जनताले नियमको उचित पालना गर्ने हो भने नेपालमा संक्रमण नियन्त्रण गर्न सकिन्छ।

सम्बन्धित समाचार

विश्वास प्रस्ताव छल्न प्रदेश १ मुख्यमन्त्री राईले मध्येरातमै अधिवेशन अन्त्य गराए
विश्वास प्रस्ताव छल्न प्रदेश १ मुख्यमन्त्री राईले मध्येरातमै अधिवेशन अन्त्य गराए
  • २०७७ जेष्ठ १२, १२: ००: ००

नयाँ विकल्प, काठमाडाैं- आफूविरुद्धको अविश्वास प्रस्ताव छल्न प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले हिउँदे अधिवेशन अन्त्य गराएका छन्। सरकार आफैंले...

सरकारकाे नेतृत्वगर्ने अवस्था आए तयार छौं: देउवा
सरकारकाे नेतृत्वगर्ने अवस्था आए तयार छौं: देउवा
  • २०७७ जेष्ठ १२, १२: ००: ००

नयाँ विकल्प, काठमाडाैं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री हुने अवस्था आए आफू तयार रहेको बताएका छन्। श्रीराम श्रेष्ठले लेखेको...

संसद पद गुमाएका गृहमन्त्री बादल पुनः शपथ खाँदै
संसद पद गुमाएका गृहमन्त्री बादल पुनः शपथ खाँदै
  • २०७७ जेष्ठ १२, १२: ००: ००

नयाँ विकल्पकाठमाडाैं- राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै गृहमन्त्रीबाट पद पदमुक्त भएका रामबहादुर थापा ‘बादल’ले पुनः गृहमन्त्रीको शपथ लिदै छन्...

भर्खरै

TOP