May 14, 2021, Friday

प्रधानमन्त्रीको संवोधन ‘भारतले परिक्षणबिनै नेपाल पठाउँदा कोरोनाको महामारी फैलियो’

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुरुप घर फर्किनेहरुको सीमा पार गर्नुअघि अनिवार्य परीक्षण नगराई नेपालीलाई नेपाल पठाउँदा मुलुकमा कोरोना भाइरसको संक्रमण फैलिएको घोषणा गरेका छन् ।
सरकारको नीति तथा कार्यक्रम संसदको संयुक्त सदनमा राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत सार्वजनिक गरेको १० दिनपछि सोमबार राष्ट्रको नाममा सन्देश दिँदै प्रधानमन्त्री ओलीले कोरानाको महामारीलाई समुदाय स्तरमा फैलिनबाट धेरै हदसम्म जोगाउन भारतकै कारणले नसकेको बताए ।
‘तर छिमेकी मित्र राष्ट्र भारतबाट अधिकांश घर फर्किनेहरु नियमको पालना र परीक्षणबिना नै, अनेक कष्ट झेल्दै ठूलो संख्यामा सीमा पार गरिरहनु भएको छ । परीक्षणको अभावमा महामारी तीब्र गतिमा फैलिनमा यसले पनि योगदान गरिरहेको छ’, ओलीले भनेका छन् ।
उनले आसन्न जोखिमले सरकारलाई थप सजग हुन, अझ उच्च योजनाका साथ संक्रमणलाई नियन्त्रण गर्न र राज्यका सबै अंगहरुलाई महसुस हुनेगरी अझ चुस्त र प्रभावकारी बनाउन माग गरेको बताए ।
ओलीले महामारीलाई नियन्त्रण गर्न प्रारम्भिक दिनका तयारीमा केही अलमलजस्तो देखिएतापनि हालसम्म आइपुग्दा सरकारले लिएका कदमहरु सफल भएको दाबी गरेका छन् । उनले २ महिनाका शिशुदेखि ८१ बर्षीया बृद्धासम्मलाई निको पार्न सकिनुलाई सरकारेको उपलब्धि भएको दाबी गरेका छन् ।
विज्ञहरुले दिएको सल्लाहबमोजिम कम्तिमा जनसंख्याको २ प्रतिशतसम्म परीक्षण विस्तार गर्ने योजनामा सरकार रहेको वताए । सरकारले देशमा लकडाउन लगाएको दुई महिना वितिसक्दा समेत कार्यान्वयन भन्दा योजना तर्जुमामा लागेको बताए ।
मुलुक बाहिर रहेका नेपालीहरुको घर फर्किने क्रम बढेको अवस्थामा आफूले नेपालीहरू ठूलो संख्यामा कार्यरत रहेका मुलुकका सरकार तथा राष्ट्र प्रमुखसँग म्भीर संवाद गरेको र उनीहरुले अप्ठ्यारोमा सहयोग गरेको भन्दै धन्यवाद दिएका छन् ।
प्रधानमन्त्री ओलीले नेपाली रहेका देशले सहयोग गरेको दाबी गरे पनि अझै पनि खाडी मुलुकका लाखौं श्रमिक खान र बस्न समस्या भएको तथा विदेशस्थित दुतावासले सहजीकरण नगरेको भन्दै सामाजिक सञ्जाल र संचार माध्यममा समस्या र बेदनाका घटना सार्वजनिक भइरहेका छन् ।
विश्वका जुनसुकै कुनामा अप्ठ्यारोमा परेका आफ्ना देशबासीहरुलाई सरकारले समयमै उद्दार गर्ने प्रधानमन्त्रीले आश्वासन दिएका छन् । विश्वभर कोरोनाको संक्रमणबाट रोजीरोटी गुमाउनेको सख्या लाखौं र संक्रमितको सख्या हजारौं भए पनि सरकारले भारतवाहेक कुनै पनि देशबाट नेपालीलाई लकडाउनको २ महिनासम्म पनि उद्धार गरेको छैन ।
प्रधानमन्त्री ओलीले एसइइका परीक्षार्थी विद्यार्थीहरुको सिङ्गो शैक्षिक बर्ष खेर जान नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छिट्टै आवश्यक प्रबन्ध मिलाउने योजना सुनाए । उनले आवश्यक नीतिगत व्यवस्थासहित मन्त्रालयले ‘भर्चुयल कक्षा’को समेत प्रयोग गरी सबै विद्यालयहरुमा नयाँ शैक्षिक बर्ष अन्तर्गतको पठन÷पाठन सञ्चालनको काम अघि बढाउने बताए ।
मेहनत तथा लगानी गर्ने उत्पादक र मूल्य तिरेर खरीद गर्ने उपभोक्ताको अहित हुने तर किसान र उपभोक्ताको बीचमा रहने बिचौलियाले भने अनुचित फाइदा उठाउनेजस्ता समस्या कृषि क्षेत्रमा रहेको आजको गंभीर समस्या भएको स्वीकारे ।
प्रधानमन्त्री ओलीले कृषक र उपभोक्तालाई बिचौलियाले ठगेको घोषणा गरे पनि त्यसलाई नियन्त्रण गर्ने बिषयमा भने कुनै योजना सुनाएनन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रमलाई निरन्तरता दिन उनले रोजगार सेवा केन्द्रलाई श्रम बैंकको रुपमा अघि बढाई सूचीकृत श्रमिकलाई उपलब्ध रोजगारीमा परिचालन गरिने घोषणा गरे ।

सम्बन्धित समाचार

संसदको सबैभन्दा ठूलो दलको हैसियतमा ओली प्रधानमन्त्रीमा नियुक्त, शुक्रबार २ बजे सपथ
संसदको सबैभन्दा ठूलो दलको हैसियतमा ओली प्रधानमन्त्रीमा नियुक्त, शुक्रबार २ बजे सपथ
  • २०७७ जेष्ठ १२, २०: १६: ४५

नयाँ बिकल्प,काठमाडौं । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेकपा एमालेको संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।...

राष्ट्रपति कार्यालयले भन्यो -बहुमतको सरकार बनाउन कसैको दाबी आएन
राष्ट्रपति कार्यालयले भन्यो -बहुमतको सरकार बनाउन कसैको दाबी आएन
  • २०७७ जेष्ठ १२, २०: १६: ४५

नयाँ बिकल्प,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदबाट विश्वासको मत पाउन नसकि अल्पमतमा परेपछि संसदका दुई वा दुईभन्दा बढी...

सत्ता जोगाउने ओलीको काईदाः एमाले नेताको कारबाही फिर्तादेखि कार्यदल गठनसम्म
सत्ता जोगाउने ओलीको काईदाः एमाले नेताको कारबाही फिर्तादेखि कार्यदल गठनसम्म
  • २०७७ जेष्ठ १२, २०: १६: ४५

नयाँ बिकल्प,काठमाडौं । पार्टीको आन्तरिक कलह बढ्दै जाँदा संघीय ससद सदस्यबाट राजिनामा दिनेसम्मको योजना बनाएका माधवकुमार नेपाल र झलनाथ खनाललाई...

भर्खरै

TOP