कठमाडौं । नेपालमा आज वुधबार एकै दिन एक सय १४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले देशभर संक्रमितको सख्या बढेर ८ सय ८६ पुगेको जनाएको छ ।
बुधबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको स्वाव परिक्षणबाट सप्तरीको बोदेबर्साइनका ८ जनामा, बलान विहुलमा २ जनामा, सुरुङ्गामा १ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ ।
यस्तै, कोशी अस्पताल विराटनगरमा भएको परिक्षणबाट झापाको गौरादह नगरपालिकामा २६ र ४१ वर्षका २ जना पुरुषमा र कचनकवल गाउँपालिकाका १९ देखि ५७ वर्षसम्मका १५ जना पुरुषमा कोरोना भाइरसको संक्रमण भएको पुष्टी भएको छ ।
हेटौंडाको किटजन्य प्रयोगशालामा गरिएको परिक्षणबाट मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिकाका २५ वर्षे महिलामा र रौतहटको गढीमाईका १७ देखि २९ वर्ष उमेरका ७ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ ।
पोखरा अस्पतालमा गरिएको परिक्षणबाट बागलुङको तमानखोलाका २१ वर्षे २ जना र २७ वर्षे २ जनामा, बडीगाउँ गाविसमा १९ र २० वर्षका २ जना पुरुषमा संक्रमण देखिएको छ ।
दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठनामा गरिएको परिक्षणबाट रुकुम पूर्वको पृथा उत्तरगंगा गाउँपालिकामा ३ जना, दाङको घोराही उपमहानगरपालिकामा ७ जना, लमहीमा ८ जना जनामा संक्रमण पुष्टी भएको छ ।
भेरी अस्पताल नेपालगञ्जमा गरिएको परिक्षणबाट वाँकेको दुध्वामा २ जना, राप्ती सोनारीमा ७ जना, बैजनाथपुरमा ६ जना र खजुरामा १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणबाट सिरहाको सिद्धिचरणमा १, सिरहा बस्ने सप्तरी रुपनीका १, बारा प्रसौटा नगरपालिकाका ७ र रौतटह घर भइ वाराको प्रसौटा बस्ने १ जनामा संक्रमण देखिएको छ ।
टेकुमा गरिएको परिक्षणबाट रौतहटमा भने २८ जनामा संक्रमण पुष्टी भएको छ । जसअनुसार गौरका १ महिला र ७ पुरुषसहित ८ जनामा, देवाही गोनाहीमा २ जनामा, कटरिया नगरपालिकामा २ जनामा, जनता माध्यमिक विद्यालय क्वारेन्टाइनमा रहेका १४ जनामा मदरसामा २ जना कोरोना पुष्टी भएको छ ।
नेपालमा कोरोना संक्रमित देखिएको ४ महिनामा आज सबैभन्दा बढी संक्रमित देखिएका हुन् । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमित ८ सय ८६ मध्ये ७ सय ९६ जना पुरुष र ९० जना महिला छन् ।
कोरोना संक्रमण देशका ४७ जिल्लामा फैलिएको भन्दै स्वास्थ्य मन्त्रालयले प्रदेश ५ मा ३ सय ६५ जना, प्रदेश २ मा ३ सय २५ जना, प्रदेश १ मा १ सय ३ जना, वागमती प्रदेशमा ३९ जना, कर्णाली प्रदेशमा २५ जना, सुदूरपश्चिममा १७ र गण्डकी प्रदेशमा १३ जनामा संक्रमण पुष्टी भएको छ ।
संक्रमितमध्ये हालसम्म १ सय ८३ जना डिष्चार्ज भएका छन् । डिष्चार्ज हुनेमा ४१ ज्ना महिला र १ सय ४२ जना पुरुष रहेका छन् । आज नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा रहेका पर्षाका २१ ज्ना, कोशी अस्पतालको आइसोलेसनमा रहेका उदयपुरका ४ जना, शुशील कोइराला प्रखर अस्पतालमा रहेका वाँकेका २ जना र बर्दियाका १ जना डिष्चार्ज भएका हुन् ।
हल देशभर ७० हजार ३ सय ५ जना क्वारेन्टाइनमा रहेका छन् भने ६ सय ९९ जना आइसोलेसनमा रहेका छन् । हालसम्म पिसिआर प्रविधिबाट ५८ हजार २ सय ७७ जनाको परिक्षण भइसकेको छ ।
नयाँ बिकल्प,काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सत्तारुढ नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) ओली समूहले सन्ध्या तिवारी अध्यक्ष रहेको...
नयाँ बिकल्प, काठमाडौं – चन्द्रागिरी नगरपालिकास्थित विष्णुदेवी माध्यमिक विद्यालयको पुनर्निर्माण हुने भएको छ । भारत सरकारको ६करोड ४९ लाख रुपैयाँ...
नयाँ बिकल्प, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको स्थायी कमिटी सदस्य पम्फा भुसालले नेपाली सेना, सशस्त्र प्रहरी र...