July 29, 2021, Thursday

राहत खोई त सरकार ?

कोरोना भाईरसको महामारीका कारण मुलुक लकडाउन भएको आज ७० औं दिन भएको छ । जसले गर्दा दैनिक ज्यालादारी गरेर खाने र सानो तिनो व्यापार गरेर जिविकोपार्जन गरिरहेका मध्यम वर्गको यति लामो लकडाउनले गर्दा दैनिकी कष्टकर बन्दै गैराखेको छ । आम नागरिक र उद्योगी व्यवसायीहरुले एउटै स्वरमा लकडाउनको विकल्प मागी रहदा सरकार भने सुनेको नसुनेझै गरी बिना कुनै योजना लकडाउन बढाई रहेको छ । लकडाउन सुरु भएको १५ दिन नपुग्दै स्थानीय सरकाले वितरण गरेको १५/२० किलो चामल पनि सकिएको महिनौ दिन वितिसकेको छ । अन्य मुलुकहरुका आम नागरिकहरुलाई दैनिक खर्च भनेर हजारैं डलर सम्बन्धीत व्यक्तिको खातामा पठाएको समाचार हामीले सुनिरहेका छौं तर हाम्रो देशमा भने क्वारेन्टाइनमा बसेकाको समेत उचित हेरविचार हुन सकेको छैन न त अस्पतालमा विरामीलाई राम्रोसंग उपचार भएको छ। कोरोना संक्रमित भएर अस्पताल भर्ना भएकाहरुको समेत हेरचाहमा हेलचेक्याइ गरिएको कारण मृत्यु हुन पुगेको छ ।


क्वारेन्टाईनमा बसेका व्यक्तिहरुको स्वाथ्य अवस्थाबारे चेक-जांच त परै जाओस विहान बेलुकीको खानपिनको समेत राम्रो व्यवस्था सरकाले नगरेको गुनासो जता ततैबाट आइराखेको छ। कोरोना महामारीको राष्ट्रिय कोषमा अढाई अरब भन्दा माथि संकलित रकम चरम महामारी फैलिदा पनि खर्च नगर्ने भए सो रकम किन चाहियो ?
सरकारले ०७७/०७८ को बजेट भाषण मार्फत केही राहत प्याकेज घोषणा गर्ला भनेर बसेका मध्यमवर्गीय व्यापार व्यवसाय गर्ने व्यक्तिहरु यतिबेला ठूलो मारमा परेका छन् । उता सरकाले भने खर्च घटाउने भन्दै सांसद विकास कोषको रकममा २ करोड बढाएर ४ करोडमा झारेको छ । आम नागरिक र प्रतिपक्षी दलले समेत सांसद विकास कोष खारेज गर्न दिएको सुझाव पनि सरकाले लत्याएको छ । सांसद कोषको रकम यस भन्दा अगाडि व्यापक दरुपयोग भएको देख्दा देख्दै यो पटक पनि पुन आफ्नालाई वार्षिक ४ करोड प्रति व्यक्तिका दरले खर्च गर्न दिईने कार्य आपक्तिजनक भएता पनि बहुमत सरकारले आफ्ना सांसद भड्केलान भन्ने डरले राज्यकोषको दोहन गर्ने प्रयास पुन गरेको छ ।


यस भन्दा अगाडि सांसदरुले आफ्ना आफ्ना क्षेत्रमा ६ करोड खर्च गर्दा आ–आफ्ना मान्छेलाई ठेक्का दिएर मनग्ग्य लाभ लिएका थिए । तर वर्तमान सरकाले न त प्रतिपक्षी दलको कुरा सुन्छ न त नागरिकको आवाजलाई वास्ता गर्छ । यसरी मन लाग्दी गर्नका लागि जनताले मत दिएका होइनन यो सरकारलाई । ५ वर्ष सम्म आफुलाई ‘कस्ले के गर्छ भन्ने’ दम्भ कहिलेसम्म सरकार ?

सम्बन्धित समाचार

मन्त्री पाएपछि माओबादी छाडेका ४ पूर्वसांसदको पदबहालीको मागकाे रिट सर्वोच्चद्वारा हेर्न नभ्याइने सूचीमा
मन्त्री पाएपछि माओबादी छाडेका ४ पूर्वसांसदको पदबहालीको मागकाे रिट सर्वोच्चद्वारा हेर्न नभ्याइने सूचीमा
  • २०७७ जेष्ठ १९, १३: २९: ३०

नयाँ बिकल्प, काठमाडौं । तत्कालिन माओबादी केन्द्रबाट चुनाव लडेर प्रतिनिधिसभा सदस्य भएका ४ सांसदहरु एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको...

लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
  • २०७७ जेष्ठ १९, १३: २९: ३०

नयाँ बिकल्प, बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री बनाएका जनता समाजवादी पार्टी (जसपा)का तीन प्रदेश सभा सदस्यलाई पार्टीबाट...

माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
  • २०७७ जेष्ठ १९, १३: २९: ३०

नयाँ बिकल्प, काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्।...

भर्खरै

TOP