काठमाडौं – नेपाल प्रहरीका २७ औ प्रहरी महानिरिक्ष (आईजीपी) ठाकुर प्रसाद ज्ञवाली आगामी असार २५ गते अनिवार्य अवकाश पाउदै छन् ।
ज्ञवालीको अवकाश संगै नेपाल प्रहरीको २८ औ आईजीपी नियुक्तबारे चासो र चर्चा पनि सुरू भएको छ । नेपाल प्रहरीको भावी नेतृत्वका लागि एआईजीपीद्वय हरि बहादुर पाल तथा शैलेश थापा बीच प्रतिस्पर्धा हुने देखिन्छ । नेपाल प्रहरीमा प्राविधिक तर्फ एक तथा प्रशासन तर्फ तीन गरी चार एआईजीपी दरबन्दी कायम छ ।
प्राविधिक तर्फका एआईजी आईजीपीको प्रतिस्पर्धामा रहने छैनन् । ऐनले प्राविधिक तर्फका प्रहरी अधिकृत आइजीपी बन्ने प्रावधान गरेको छैन । इन्फेन्ट्री तर्फमा प्रहरी अधिकृतहरुमा प्रशासन तर्फका पहिलो नम्बरका वरिष्ठ एआईजी तारिणी प्रसाद लम्साल हालका आईजीपी ठाकुरका ब्याची भएकाले आगामी असार २५ गते सेवा अवधिका कारण अनिवार्य अवकाश पाउँदैछन् ।
त्यसैले दुई एआईजीपी हरि बहादुर पाल तथा शैलेश थापाबीच २८ औ आईजीपीको लागि कडा प्रतिस्पर्धा हुने देखिन्छ । नेपाल सरकारले विश्वास गरेको दुई एआईजी मध्येबाटै आगामी असार २५ गते आईजीपी नियुक्त हुनेछन् ।
यस्ता छन भावी आईजीपीका बिषेशता
२८ औ आईजीपीका प्रतिस्पर्धी एआईजीद्वय हरि बहादुर पाल र शैलेश थापा दुवै नेपाल प्रहरीमा ब्यावसायीक तथा अव्वल प्रहरी अधिकारीको रूपमा चिनिन्छन् । पालसंग नेपाल प्रहरी सेवाको अधिकांस समय फिल्डमा खटिएर चुनौतीपुर्ण काम गरेको अनुभव छ ।
उनले रूपन्देही, धनुषा कास्की तथा डडेलधुरा, नुवाकोट लगायत जिल्ला प्रहरी कार्यालयको कमाण्ड कुसलतापुर्वक निर्वाह गरेका थिए । सुरक्षाको दृष्टिकोणले सबैभन्दा बढि चुनौतीपुर्ण जिम्मेवारी मानिने प्रदेश दुई प्रहरी प्रमुख रहदा अपराध ,चोरी तस्करी तथा गुण्डागर्दी नियन्त्रणमा सफल भएसंगै पाललाई सरकारले विषेश ब्यूरो प्रमुखको जिम्मेवारी दिएको थियो ।
आतंकवाद तथा प्रति(आतंकवाद विरूद्दको विशेष रणनीति तथा कारवाहीगर्ने प्रहरीको विशेष ब्यूरोमा कुशलतापुर्वक नेतृत्व र जिम्मेवार सम्हालेसंगै पाललाई प्रहरीको भावी नेतृत्वको रूपमा हेरिएको छ ।
पालले नेतृत्व सम्हालेसंगै विशेष ब्यूरोले विप्लव समुहमाथि गोप्य निगरानी बढाएसंगै पछिल्लो १ बर्षमा विप्लव समुहका झन्डै १५ सय बढी उच्च तहका नेता कार्यकता पक्राउ परेका छन् ।
एनसेल टावरमा तथा ब्यापारी र पूर्वकर्मचारीको घरमा श्रृङखलाबद्ध विस्फोट गराएर काठमाडौं उपत्यका नै असुरक्षित बनेका बेला पालले विशेष ब्यूरोमा आएर विप्लव समुहमाथि अपरेसन सुरु गरेका थिए ।
ब्युरोले ठुलो संख्यामा बिप्लव समहुबाट ठुलो संख्यामा हात–हतियार र विस्फोटक पदार्थ नियन्त्रणमा लिएपछि उक्त समुह प्रभावबिहिन बनिसकेको छ । एआईजी पाल अपराध अनुसन्धान विभाग र कार्य विभागको नेतृत्व सम्हालिरहेका छन् ।
प्रहरीमा निडर,आक्रमक तथा अवस्था अनुसार तत्काल सुरक्षा रणनीति बनाउन सक्ने क्षमता भएका पाल कडा तर मिजास प्रहरी अधिकारीका रूपमा चिनिन्छन् ।
आईजीपीका अर्का प्रतिस्पर्धी शैलेश थापा प्रहरीको तालिम तथा नीति निर्माणको तहमा लामो समय काम गरेको अनुभवी प्रहरी अधिकारी हुन । प्रहरी सेवाको लामो समय प्रहरी प्रधान कार्यालय र प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) मा काम गरेका थापा नरम मिजासका प्रहरी अधिकारीका रूपमा चिनिन्छन् ।
नीतिगत निर्णय गर्न रूचाउने थापाले शालिन प्रहरी अधिकारीको पहिचान बनाएका छन । एआईजी बढुवा हुनुपूर्व थापा महानगरीय प्रहरी कार्यालयको प्रमुखको रूपमा कार्यरत थिए । एआईजी बढुवामा दोस्रो नम्बरमा रहेका थापासंग फिल्डमा काम कम गरेको, युनिटको कमाण्ड सम्हालेको अनुभव कम भएको र कमाण्ड कन्ट्रोलमा प्रभाव छाड्न नसक्ने कमजोरी औंल्याउने गरिन्छ ।
हाल मानव स्रोत एवम् प्रशासन विभागको नेतृत्व सम्हालेका शैलेश क्षेत्रीमाथि पछिल्लो समय प्रहरी बढुवामा न्याय गर्न नसकेको आरोप समेत लाग्ने गरेको छ । प्रहरीका पछिल्लो बढुवामा रोलक्रम मिचेर कनिष्ठ तथा विवादास्पद प्रहरी अधिकारीको बढुवा निस्केसंगै आईजीपी ज्ञवाली र क्षेत्रीमाथि संगठनमा न्याय गर्न नसकेको आरोप पनि लाग्ने गरेको छ ।
क्षेत्री र पाल दुवै जना २०७६ फागुन १५ गते क्रमश दोस्रो र तेस्रो नम्बरमा एआईजीमा बढुवा भएका थिए ।
विवाद रहित प्रतिस्पर्धा
नेपाल प्रहरीमा २०४६ साल देखिको अस्वस्थ प्रतिस्पर्धा यो पटक सतहमा देखिएको छैन । आ आफ्ना क्षेत्रमा अव्वल तथा ब्यावसायीक पहिचान बनाएका दुवै प्रहरी अधिकारी जो सुकै आईजीपी बने पनि सहयोग गर्ने, आपसमा प्रतिबद्धता र मित्रता देखाएका छन् ।
९८ औ व्याचमा नेपाल प्रहरीमा भर्ना भएका पाल र क्षेत्री मध्ये एकजना आईजीपी नियुक्त हुनेछन् । तारिणी लम्साल आईजीपी ज्ञवालीसंगै अनिवार्य अवकाशमा गएपछि रिक्त हुने दुई एआईजी पदमा रोलक्रम अनुसार अगाडि रहेका डिआईजीद्वय प्रधुम्न कार्की तथा निरज बहादुर शाही बढुवा हुनेछन् ।
यी चार जनावीच जोसुकै आईजीपी नियुक्त भएपनि एक अर्कालाई सहयोग गर्ने सहमती समेत बनेको थियो । कोरोना भाइरस संक्रमण(कोभिड(१९)महामारी फैलिएसंगै मुलुक आर्थिक रुपमा संकट आउन सक्ने अनुमान गरिएको छ । संक्रमणका कारण रोजगारी गुमाएका युवा स्वदेश फर्कने र वढ्दो महंगी तथा वेरोजगारीका कारण बढ्नसक्ने सुरक्षा चुनौतीको सामनागर्न अनुभवी प्रहरी नेतृत्व आवस्यक पर्छ ।
जसका लागि विगतमा फिल्डमा खटिएर नेतृत्व गरेको र जोखिमपुर्ण जिम्मेवारी कुसलतापूर्वक निर्वाह गरेका एआईजी पाल र थापा राजनीतिक हस्तक्षेप नभएमा २८ औ आईजीपी नियुक्त हुनसक्ने प्रवल संभावना छ ।
नयाँ विकल्प, काठमाडाैं- आफूविरुद्धको अविश्वास प्रस्ताव छल्न प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले हिउँदे अधिवेशन अन्त्य गराएका छन्। सरकार आफैंले...
नयाँ विकल्प, काठमाडाैं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री हुने अवस्था आए आफू तयार रहेको बताएका छन्। श्रीराम श्रेष्ठले लेखेको...
नयाँ विकल्पकाठमाडाैं- राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै गृहमन्त्रीबाट पद पदमुक्त भएका रामबहादुर थापा ‘बादल’ले पुनः गृहमन्त्रीको शपथ लिदै छन्...