November 23, 2020, Monday

कैलाली र डोल्पामा २ को मृत्यु कोरोनाबाट, ३ सय २३ संक्रमित थपिए

काठमाडौं । नेपालमा कोरोना भाइरसका कारण थप २ जनाको मृत्यु भएको छ । कैलाली र डोल्पामा २ जनाको मृत्युसँगै कोरोना संक्रमणको कारण मृत्यु हुनेको सख्या १३ पुगेको छ ।
शनिबार तीन सय २३ जना कोरोना संक्रमितको सख्या थप भएसँगै कोरोना संक्रमितको कुल सखया नेपालमा तीन हजार दुई सय ३५ पुगेको छ । कोरोना संक्रमण मुलुकका ७७ मध्ये ७० जिल्लामा फैलिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाए ।
कोरोना संक्रमणको कारण डोल्पाको जगदुल्ला गाउँपालिकाका ५८ वर्षे पुरुषको निधन भएको छ । उनको मृत्यु जेठ २१ गते राति २ वजे भएको थियो । जेठ १६ गते सुर्खेतबाट डोल्पा पुगेका ति पुरुषलाई क्वारेन्टाईनमा राखिएको थियो । उनको निधनको विषयमा बुझ्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञ टोली डोल्पा जाने भएको छ ।
त्यस्तै, धनगढी उपमहानगरपालिका वडा नंम्वर ७ निवासी ५५ वर्षे महिलाको २३ गते अर्थात शुक्रबार निधन भएको छ । मृगौलाले काम गर्न छाडेपछि डायलसिस गराउन धनगढीस्थित अस्पताल भर्ना भएकी ति महिलाको दिउँसो १२ बजे डायलसिस गर्दा गर्दै निधन भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना संक्रमणको कारण निधन भएकाहरुले उपचार नपाई ज्यान गुमाएका छन् । मृत्यु भएको १३ मध्ये ११ जनाको ज्यान नजाँदै कोरोना संक्रमण पुष्टी भएको थिएन् । कोरोनाबाट निधन भएका ११ जनामध्ये केहीको क्वारेन्टाइनमा र केहीको अस्पताल लैजाने वित्तिकै निधन हुने गरेको छ ।
शनिबार थपिएका तीन सय २३ जना संक्रमितमध्ये सबैभन्दा बढी कपिलबस्तुमा देखिएको छ । जहाँ ५० जना संक्रमित शनिबार मात्र थपिएका हुन् । यसअघि कपिलबस्तुमा कोरोना संक्रमितको सख्या ४ सय ६७ थियो । योसँगै कपिलबस्तुमा संक्रमितको सख्या ५ सय बढी भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार दैलेख जिल्लाको महावुमा ५ महिने वालकसहित ४७ जना, काठमाडौंमा ६, सर्लाहीमा २७, रौतहटमा ६, महोत्तरीमा ३५, , धनुषामा ८ र भक्तपुरमा १ जना ३१ वर्षे महिलामा संक्रमण पुष्टी भएको छ । रुपन्देहीमा ३, नवलपरासीमा २, अर्घाखाँचीमा १, सल्यानमा ३८, सुर्खेतमा १० र जाजरकोटमा ४जनमा ंउंक्रमण पुष्टी भएको छ । काठमाडौंका २ जना भने कञ्चनपुरमा संक्रमित भेटिएका हुन् ।
मोरङमा ६, सुनसरीमा ५, सप्तरीमा ८, नवलपरासीमा ३, वाँकेमा १२, बर्दियामा २८, काश्कीमा ३, स्याङ्जामा १०, बझाङमा ६, कञ्चनपुरमा १ अछाममा १, डडेलधुरामा १, कैलालीमा २ र वागलुङमा १ जना कोरोना संक्रमित शनिबार थपिएका छन् ।
शनिबार थपिएका ३ सय २३ जनामध्ये २ सय ८६ जना पुरुष र ३७ जना महिला संक्रमित भएका हुन् । त्यस्तै, संक्रमित ३ हजार २ सय ३५ मध्ये पुरुष ३ हजार ३ जना र महिला २ सय ३२ रहेका छन् । संक्रमितको सख्या बढेसँगै निको भएर शनिबार ३२ जना घर फर्किएका छन् ।
संक्रमण फैलिँदै जाँदा क्वारेन्टाइनमा बस्नेको सख्या भने एक लाख ६८ हजार ३१ पुगेको छ । क्वारेन्टाइनमा बस्नेमध्ये सबैभन्दा धेरै प्रदेश ७ मा ६० हजार २ सय ४३ रहेका छन् । प्रदेश ५ मा ४१ हजार १ सय १७ जना, कर्णाली प्रदेशमा ३२ हजार २ सय ६५ र प्रदेश २ मा २१ ह्जार ९२ जना क्वारेन्टाइनमा रहेका छन् ।
त्यस्तै हालसम्म प्रदेश १ मा १ सय ७० जना, प्रदेश २ मा ९७३ जना, वागमती प्रदेशमा ५ सय १३ जना, गण्डकी प्रदेशमा ७० जना, प्रदेश ५ मा ९ सय ६१ जना, कर्णाली प्रदेशमा ५ सय ६७ जना र सूदुरपश्चिममा ९१ ज्ना आइसोलेसनमा बसेका छन् ।

सम्बन्धित समाचार

किन चन्द्रमाकाे ढुङ्गा पृथ्वीमा ल्याउन चाहन्छ चीन ?
किन चन्द्रमाकाे ढुङ्गा पृथ्वीमा ल्याउन चाहन्छ चीन ?
  • २०७७ जेष्ठ २४, १८: ३२: २२

नयाँ विकल्प,एजेन्सी -चीनले सन् १९७० को दशकयता चन्द्रमाबाट ढुङ्गाका नमुना ल्याउन पहिलो पटक प्रयास गर्ने भएको छ। मङ्गलवार प्रक्षेपण गरिने...

वीरका कर्मचारीले ८ महिनादेखि जाेखिम भत्ता नपाउँदा सवै स्थानीय तहमा अस्पताल खाेल्न उर्दी
वीरका कर्मचारीले ८ महिनादेखि जाेखिम भत्ता नपाउँदा सवै स्थानीय तहमा अस्पताल खाेल्न उर्दी
  • २०७७ जेष्ठ २४, १८: ३२: २२

नयाँ विकल्प काठमाडाैं – सरकारले काेराेना संक्रमण नियन्त्रणकालागि प्रत्यक्ष रूपमा खटिने स्वास्थ्यकर्मीलाइ तलबकाे शतप्रतिशत भत्ता उपलब्ध गराउने घाेषणा गरेकाे थियाे...

सरकारकाे लोकप्रियता देखेर साथीहरू अत्तालिए : प्रधानमन्त्री ओली
सरकारकाे लोकप्रियता देखेर साथीहरू अत्तालिए : प्रधानमन्त्री ओली
  • २०७७ जेष्ठ २४, १८: ३२: २२

नयाँ विकल्पकाठमाडाैं-प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरूद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैमा आग्रह गरेका छन्। वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएका...

भर्खरै

TOP