April 18, 2021, Sunday

अन्नपूर्ण पोष्ट प्रधान सम्पादक थापाको राजिनामापछि सुवेदीको संभावना


काठमाडौं । अन्नपूर्ण पोष्ट दैनिकका प्रधानसम्पादक हरिवहादुर थापाले व्यवस्थापन पक्षले आफ्नो माग सुनुवाई नभएको भन्दै राजिनामा दिएपछि प्रधानसम्पादकको लागि तीन पत्रकार मैदानमा उत्रिएका छन् ।
दैनिकमा कार्यकार पत्रकार र कर्मचारीहरुको तलब तीन महिनादेखि व्यवसथापनले रोकेको भन्दै थापाले लकडाउनको समस्यामा परेका पत्रकार कर्मचारीलाई तलव दिन माग गरेका थिए । तर, आफ्नो माग सुनुवाई नभए पछि थापाले बुधबार प्रधान सम्पादकबाट राजिनामा दिएका थिए ।
अन्नपूर्ण मिडिया गु्रप अन्तर्गत हाल अन्नपूर्ण पोष्ट दैनिक, एपी वान टेलिभिजन, अन्नपूर्ण पोष्ट अनलाईन र अन्नपूर्ण रेडियो जस्ता संचार संस्थामा कार्यरत कर्मचारीले तीन महिनादेखि तलव नपाएर छटपटिएका छन् ।
प्रधान सम्पादक थापाले राजिनामा दिएपछि अनलाइनका सम्पादक विष्णु सुवेदी, दैनिकमा कार्यरत विकास थापा र अखण्ड भण्डारीमध्ये एक जना प्रधान सम्पादक हुने सम्भावना छ । तीन जनामध्ये अन्नपूर्ण मिडिया प्रालिका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले सुवेदी र भण्डारीमध्ये एकलाई जिम्मेवारी दिने सम्भावना छ ।
सुवेदी अन्नपूर्ण पोष्टमा स्थापना कालदेखि कार्यरत अनुभवी पत्रकार हुन भने बिकास थापा र अखण्ड भण्डारी कान्तिपुर राष्ट्रिय दैनिक छाडेर अन्नपूर्ण जोडिएका हुन । अन्नपूर्ण पोष्ट अनलाइन सम्पादक विष्णु सुवेदी यसअघि नेपाल समय डट कमको सम्पादक भएर क्षमता प्रदर्शन गरिसकेका अनुभवी पत्रकार हुन ।
नेपालमा पत्रकारितामा एम फिल गर्ने पहिलो समुहका सुवेदी पत्रकारीतामा रिपोर्टिङदेखि काम गरेको अनुभव छ । अन्यदैनिक मिडियामा जस्तो अन्नपूर्ण पोष्टले आफ्नै मिडिया हाउसमा कार्यरत पत्रकारलाई प्रधान सम्पादक बनाएको ईतिहास छैन । तर, यस पटक अनुभवका हिसावले पनि सुवेदीलाई सम्पादक बनाउने योजना अध्यक्ष रामेश्वर थापाले बनाएका छन् । भण्डारीले सम्पादकिय भूमिका निर्वाह गरेको अनुभव लामो छैन भने विकास थापा अर्थ बिटमा मात्र अनुभव छ ।

सम्बन्धित समाचार

विश्वास प्रस्ताव छल्न प्रदेश १ मुख्यमन्त्री राईले मध्येरातमै अधिवेशन अन्त्य गराए
विश्वास प्रस्ताव छल्न प्रदेश १ मुख्यमन्त्री राईले मध्येरातमै अधिवेशन अन्त्य गराए
  • २०७७ जेष्ठ २९, १३: ०१: ३७

नयाँ विकल्प, काठमाडाैं- आफूविरुद्धको अविश्वास प्रस्ताव छल्न प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले हिउँदे अधिवेशन अन्त्य गराएका छन्। सरकार आफैंले...

सरकारकाे नेतृत्वगर्ने अवस्था आए तयार छौं: देउवा
सरकारकाे नेतृत्वगर्ने अवस्था आए तयार छौं: देउवा
  • २०७७ जेष्ठ २९, १३: ०१: ३७

नयाँ विकल्प, काठमाडाैं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री हुने अवस्था आए आफू तयार रहेको बताएका छन्। श्रीराम श्रेष्ठले लेखेको...

संसद पद गुमाएका गृहमन्त्री बादल पुनः शपथ खाँदै
संसद पद गुमाएका गृहमन्त्री बादल पुनः शपथ खाँदै
  • २०७७ जेष्ठ २९, १३: ०१: ३७

नयाँ विकल्पकाठमाडाैं- राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै गृहमन्त्रीबाट पद पदमुक्त भएका रामबहादुर थापा ‘बादल’ले पुनः गृहमन्त्रीको शपथ लिदै छन्...

भर्खरै

TOP