May 18, 2021, Tuesday

कोरोनाबाट दिल्लीमा मृत्यु भएका नेपालीको आमन्त्रित केन्द्रीय सदस्य पाण्डेद्धारा दाहसंस्कार

काठमाडौं । दिल्लीमा कोरोनाले निधन भएका नेपालीको १३ दिनपछि नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डेले आफैले जिम्मा लिएर अन्त्येष्टी गरिदिएका छन् ।

भारतको दिल्लीमा कोरोना संक्रमणका कारण ज्यान गुमाएका एक नेपालीको दिल्लीमा शव बुझ्ने कोही नभएपछि दिल्लीस्थित सामाजिक संगठन ग्रीन तारा सोसाईटीका कार्यकारी सदस्य कृष्ण गुरुङको पहल र नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले शवलाई जिम्मा लिएपछि अन्तेयष्टि गरेका छन् ।

नेजस भारतका अध्यक्ष यबम नेपाली काङ्ग्रेस आमन्त्रित केन्द्रिय सदस्य बालकृष्ण पाण्डेका अनुसार शवको अन्तिम संस्कार गर्न नेपालमा रहेका पारिवारिक सदस्यले आफुलाई पत्राचार गरेको तर कोरोना संक्रमण र परिवारिक सदस्य नेपालमा भएकाले शव लिन समस्या भएका कारण आफैले जिम्मेवारी लिएको वताएका छन् ।

शव लिने प्रक्रियाका लागि दिल्लीस्थित नेपाली राजदूतावासको सहयोग माग गरिएपनि चार दिनसम्म कुनै सहयोग प्राप्त नभएपछि भारतको गृह मन्त्रालयको सहयोगमा शव प्राप्त भएको पाण्डेले वताए ।

भारतको लागि नेपाली राजदूत निलाम्वर आचार्यसँग सहयोगको याचना गर्दा पनि सहयोग नगरेपनि दिल्लीको पहाडगंज क्षेत्रमा कुरियर सेवा प्रदान गर्दै आएका झापाको शिव सताक्षी ९ का स्थायी वासिन्दा ज्ञानबहादुर बस्नेतको ४९ वर्षको उमेर जेठ २५ गते अर्थात ७ जुनका दिन निधन भएको थियो ।

जेठ २१ गतेदेखि स्वाथ्यमा समस्या देखिएका उनलाई उनका छोराले छेउँमै रहेको लेडीहार्डीङ अस्पताल लगेका थिए । तर सोहीदिन उनको अस्पतालमै मृत्यु भएको थियो । मृत्युपछि गरिएको परीक्षणमा उनलाई कोरोना भएको पुष्टी भएको पाण्डेले जनाए ।

सम्बन्धित समाचार

बुटवलमा थप चारजना कोरोना संक्रमितको मत्यु
बुटवलमा थप चारजना कोरोना संक्रमितको मत्यु
  • २०७७ असार ७, १८: १५: ०७

नयाँ विकल्पबुटबल- लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । चार जनामध्ये तीनजना रुपन्देहीका र एकजना अर्घाखांचीका...

भारतले बनाएको कोरोना विरूद्धकाे औषधि के हाे ?
भारतले बनाएको कोरोना विरूद्धकाे औषधि के हाे ?
  • २०७७ असार ७, १८: १५: ०७

नयाँ विकल्प, काठमाडाैं- भारतका रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्य मन्त्री हर्ष वर्द्धनले सोमबार भारतमा उत्पादित कोभिड विरुद्धको औषधि टु–डिजी अर्थात्...

कोरोना संक्रमणबाट सप्तकोशी नगरपालिकाकी उपमेयर चाैधरीको निधन
कोरोना संक्रमणबाट सप्तकोशी नगरपालिकाकी उपमेयर चाैधरीको निधन
  • २०७७ असार ७, १८: १५: ०७

नयाँ विकल्प, काठमाडाैं-सप्तरीको सप्तकोशी नगरपालिकाकी उपप्रमुख आशा चौधरीको कोरोना संक्रमणले मृत्यु भएको छ। विराटनगरस्थित विराट नर्सिङहोममा उपचाररत उनको अस्पतालमै आज...

भर्खरै

TOP