May 14, 2021, Friday

एमसीसी टार्ने दाउमा प्रचण्ड र नेपाल, ओलीलाई सकस

काठमाडौं । अन्तराष्ट्रिय सम्वन्ध, विकास योजनाको मोडालिटि, प्रक्रिया र पद्धतिका विषयमा स्पस्ट दृष्टिकोण राख्न नसक्दा केपी ओली नेतृत्वको सरकारले सत्ता सम्हालेको साडे २ वर्षमा एउटा पनि नयाँ योजना ल्याउन सकेको छैन ।

सँधैनयाँ नयाँ फण्डा र इस्यु ल्याएर नेपाली जनताको भावनालाई उद्धेलित गराउने र भड्काउने कार्यमा क्रियाशिल ओली सरकारले तत्काल असम्भव र प्राथमिकतामा नभएका विषयलाई अघि सारेर बिबाद र चर्चा बटुल्ने मात्र काम गरेको छ ।

प्रधानमन्त्री ओलीले मुलुकको आवश्वयकतालाई भन्दा आत्मकेन्द्रीत भएर आफूले सफलतापूर्वक शाषन गर्न नसकेको सत्यलाई ढाकछोप गर्न पछिल्लो समय राष्ट्रवादी कार्ड नेपाली सामू फालेका छन् ।

पानी जहाज नेपालका नदि नाला र समुन्द्रमा चलाउने घोषणा गरेका ओलीले पछिल्लो समय कोरोना भाइरस संक्रमणबाट बच्न विशेषज्ञ चिकित्सकलाई माथ गर्ने गरी दिएको टिप्सले आम सर्वसाधरणमा हाँसो वाहेक केही दिएको छैन ।

मेलम्ची खानेपानी आयोजनको १० प्रतिशत काम सम्पन्न गर्न साडे २ वर्षमा समेत नसकेको, बुढी गण्डकी जलविद्युत आयोजनाको मोडालिटी बनाउन नसकेको, दोश्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणको मोडालिटी र डीपीआर नै स्वीकृत गर्न सकेको छैन । तामाकोशी जलविद्युत आयोजनाको २ प्रतिशत काम गर्न १ वर्षसम्म नसकेका थुप्रै उदाहारण छन् ।

यस्तै संयुक्त राज्य अमेरिकाले उपलब्ध गराउने मिलेनियम च्यालेनज कम्प्याक्ट (एमसीसी) परियोजनालाई स्वीकृत गर्ने वा नगर्ने भन्ने विषयमा नेकपाले आफ्नो दलको तर्फबाट स्पस्ट जवाफ दिन सकेको छैन । हरेक राष्ट्रिय मुद्धामा पार्टीको स्पस्ट दृष्टिकोण राख्न नसक्ने सत्तारुढ नेकपाका कारण मुलुकले दुख पाइरहेको छ ।

त्यसको पछिल्लो उदाहरण हेर्ने हो भने एमसीसी संसदबाट पारित गराउने विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विनासर्त समर्थन गर्ने निर्णय गर्दा समेत नेकपाकै अनिर्णयको कारण विदेशी दातृ राष्ट्रसँग समेत नेपालको सम्वन्ध सुमधुर हुन सकेको छैन ।

गत बर्षदेखि संसद सचिवालयमा रहेको एमसीसी परियोजनाको विषयमा निर्णय गर्न नसक्दा देशलाई त्यसमै रुमल्याउने काम भएको छ । एमसीसी परियोजना संसदमा प्रवेश नगराएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालिन सभामुख कृष्णबहादुर महाराको सार्वजनिक समारोहमै आलोचना गरे । त्यसको दुई साता नवित्दै सभामुख महरा संसद सचिवालयको एक महिलामाथि दुव्यवहार गरेको अभियोगमा पक्राउ परेका थिए ।

संसदको बैठकमा दलको तर्फबाट धारणा राख्दा नेकपाका प्रमुख सचेतक देब गुरुङले एमसीसी राष्ट्रहितको पक्षमा छैन भन्दै वकालत गर्दै आएका छन भने दलका नेता केपी शर्मा ओली भने देशको पक्षमा रहेको दाबी गरिरहँदा सत्तारुढ नेकपाका सांसदहरु नै विलखबन्दमा परेका छन् ।

प्रमुख सचेतक गुरुङले एमसीसी अमेरीकाका सैन्य गठबन्धनसँग सम्वन्धित रहेको भन्दै नेपालको बिदेश नीतिबमोजिम नेपाल कुनै पनि सैन्य गठबन्धनमा रहन नहुने बताउँदै आएका छन् ।

संसद सचिवालयमा दर्ता भए पनि संसदको फुल आउसमा निर्णयार्थ पेश नभएको एमससीसीको विषयमा सत्तारुढ दल भित्रै किचलो भए पछि पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा स्थायी समिति सदस्य भिम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवली सदस्य भएको अध्ययन समिति गठन गरेको थियो ।

समितिले प्रतिवेदन माघमै बुझाई सकेको छ । तर, समितिले बुझाएको प्रतिवेदनको विषयमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति वा सचिवालयमा छलफल समेत गराएका छैनन् ।

एमसीसी पारित गराउनु हुन्न भन्ने पक्षमा सचिवालयका ६ जना सदस्यहरु नै उभिएपछि ओली संकटमा परेका छन् । उनले आफ्ना पक्षमा गत जेठ महिनामा थालेको हस्ताक्षर अभियानमा ६५ जना मात्र सांसदले हस्ताक्षर गरेका थिए ।

त्यसैले, एमसीसी पारित सदनबाट गराउन वाध्यकारी बनाउनको लागि ओलीले सरकारको नीति तथा कार्यक्रम र बजेटको अनुसूचिमा समेत एमसीसी परियोजना उल्लेख गरिसकेका छन् । दुवै प्रस्ताव संसदबाट पारित भइसकेका छन् ।

संसदबाट लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेत समेट्ने गरी नेपालको नक्सा सार्वजनिक गर्ने र निसानछापमा रहेको नेपालको नक्सालाई संशोधन गर्ने प्रस्ताव संविधान संशोधन विधेयक पारित भएपछि ओलीले एमसीसी परियोजना संसदबाट पारित गराउने सुर गरेका छन् ।

खनाल नेतृत्वले दिएको प्रतिवेदनमा एमसीसीको सम्झौतामा उल्लेख भएका ४ वटा वुँदा संशोधन गरेर मात्र सदनमा पेश गर्नु पर्ने सुझाव दिइएको छ ।

तर, मन्त्री ज्ञवलीले भने त्यसमा फरक मत राख्दै कुनै वहाना वा सत्र्तमा दातृ राष्ट्रसँग गरिएको सम्झौतालाई कार्यान्वयन गराउन एमसीसी पारित हुनै पर्ने सुझाव दिएका छन् । तर, अध्यक्ष ओलीले सो प्रतिवेदनमाथि छलफल गराउनु भन्दा एमसीसीको विरोधी मोर्चाका सचिवालय सदस्यलाई एक, एक गर्दै फकाउने रणनीति लिएका छन् ।

त्यसका लागि ओलीले विवादस्पद नेता बामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्य समेत मनोनीत गर्न नसकेको अवस्थाममा प्रधानमन्त्री बनाउने खोक्रो आश्वासन दिएका छन् । ओलीले माथिल्लो सदनको सदस्य पनि प्रधानमन्त्री बन्न पाउने प्रस्तावको विषयमा विपक्षी दल र आफ्नै दल भित्र पनि छलफल चलाएका थिए ।

तर पछिल्ला दिनमा आएर ओलीले प्रतिनिधिसभाकै सदस्य बनाएर गौतमलाई प्रधानमन्त्र िबनाउने वा तत्काललाई माथिल्लो सदनको सदस्य बनाएर उपप्रधानमन्त्री सहित रोजेर मन्त्रालय लिन अफर गरेका छन् ।

ओलीले सचिवालयका अर्का सदस्य नारायणकाजी श्रेष्ठलाई पनि रोजेको मन्त्रालयसहित उपप्रधानमन्त्री बनउने आश्वासन दिएका छन् । गौतम र श्रेष्ठमाथि पासा फालेर पनि अल्झाउन नसकेका ओलीले अहिले पूर्वमाओवादीका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादललाई फकाउन थालेका छन् ।

उनले प्रचण्डको दबाबाका बाबजुद पनि गृहमन्त्रीबाट नहटाइ राखेको भन्दै राष्ट्रपति निवासमा लगेर विद्या भण्डारीसँग भेट गराएका थिए । केही दिनअघि मात्र राष्ट्रपति भण्डारीले प्रचण्डलाई निवासमा बोलाएर एमसीसी पारित गर्न सघाउन आग्रह गरेकी थिइन् । ओलीले उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टलाई समेत प्रचण्डको गुटबाट खोसेर आफ्नो गुटमा ल्याइसकेका छन् ।

आगामी असार १६ गतेसम्म एमसीसी संसदबाट पारित गराइसक्नु पर्ने हुन्छ । तर, पार्टी भित्रैबाट गठन भएको समितिको प्रतिवेदनलाई वास्तै नगर िओलीले एमसीसी संसदको पोपर्टी भएको भन्दै सांसदहरुले नै निर्णय गर्नु पर्ने बताउँदै आएका छन् ।

ओलीले एमसीसी सदनबाट पारित नगराउनको लागि पूर्वप्रधानमन्त्री खनाल, नेता रावलसहित अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, माधवकुमार नेपाल खुलेर लागेका छन् । उनीहरु एमसीसीलाई जसरी पनि सदनबाट पारित हुन नदिन अनेकौं उपाय देखाउँदै असार १६ गते टार्न चाहन्छन् ।

एमसीसी सदनको १६ गतेसम्मको बैठकले पारित गर्नु पर्ने हुन्छ । एमसीसी सम्झौता सदनबाट पारित भएमा एमसीसीले नेपालदेखि भारतसम्मको ट्रान्समिसन लाईन निर्माण र तीन सय किलोमिटर सडक निर्माण गर्ने उल्लेख छ ।

सम्बन्धित समाचार

शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
  • २०७७ असार ८, १२: ५८: ५०

नयाँ विकल्प, काठमाडाैं- शुक्रबार थप ८ हजार ५२० जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...

जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
  • २०७७ असार ८, १२: ५८: ५०

नयाँ विकल्प, काठमाडाैं- जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको छ । बिहीबार...

देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
  • २०७७ असार ८, १२: ५८: ५०

नयाँ बिकल्प,काठमाडौं । पार्टीको आन्तरिक जीवन र बहुदलिय प्रतिष्पर्धात्मक राजनीतिमा समेत आफ्ना सहयात्री र कार्यकर्तालाई भन्दा अन्य दलका नेतासँग सम्वन्ध...

भर्खरै

TOP